भर्खरै :

सरकार ! कार्यालय जाने र फर्कने समयमा ट्रिपर रोक

केही महिलाअगाडि धेरै दुर्घटना निम्त्याएको भनी बिहान ७ बजेदेखि बेलुकी ८ः०० बजेसम्म काठमाडौं उपत्यकामा ट्रिपर प्रवेशमा रोक लगाइयो । तर, जनताको खास माग त्यो थिएन बरु ट्रिपर र ट्रकहरूको असीमित गतिमाथि रोक लगाउनुपर्ने भन्ने थियो । ट्राफिक प्रहरीले केही दिनसम्म टाइम कार्ड लागू गरेको समाचार पनि आएको थियो । सडकमा स–सानो सवारी र दुईपाङ्गे्रमा हिंड्नेहरूले केही राहत पनि अनुभूति गरे । तर, अहिले आएर समस्या जहाँको तहीँ छ । ट्रिपर, ट्रक र मिनी ट्रकहरू दिनमा मात्र होइन कार्यालय जाने र फर्कने समयमा पनि उत्तिकै उच्च गतिका साथ हुँइकिरहेको पाउँछाँै । त्यसबाट सडक दुर्घटना बढ्ने र जनधनको क्षति बढ्ने सम्भावना निकै बढेको छ । ती ट्रिपर, ट्रक र मिनि ट्रकहरूको उच्च गति देखेरै दुईपाङ्ग्रेका चालकहरू तर्सने र धुलो उधुमै उडेर सडक छेउ र फुटपाथमा हिंडिरहेका बटुवा सकसमा पर्ने गरेको देखिएको छ ।
दिनभरि नै ट्रिपर चलाउन रोक्नुपर्छ भन्ने होइन तर सामान ढुवानी गर्ने ट्रिपरमात्र नभई ठूला ट्रक र मिनि ट्रकहरूलाई कर्मचारी, कामदार, शिक्षक, विद्यार्थीलगायत हरकोही गन्तव्यमा जाने बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म विश्राम गराउन र मुख्य सडकमा टाइम कार्ड लागू गर्न जरुरी छ । सम्बन्धित निकायको समयमै ध्यान जावस् । मानिस मरिसकेपछि प्राण फर्काउन सकिंदैन ।
–बोधबहादुर नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *