भर्खरै :

बास्केटबलमा सेनालाई स्वर्ण

इटहरी, १३ पुस । धरानको डिपो माध्यमिक विद्यालयको खेल मैदानमा आज सम्पन्न भएको बास्केटबल खेलमा नेपाली सेनाको टोलीले मध्यमाञ्चल टिमलाई ७० अङ्कविरुद्ध ८३ अङ्कको विशाल स्कोर तयार पार्दै स्वर्णमाथि कब्जा जमाएको छ ।
प्रतिस्पर्धात्मक खेलमा बास्केटबल खेलका राष्ट्रिय टोलीका कप्तान सतिश श्रेष्ठसहित चार जना उत्कृष्ठ राष्ट्रिय टिमका खेलाडीहरू सम्मिलित नेपाली सेनाको टोलीले मध्यमाञ्चल टिमलाई खेलमा निकै कठोर प्रतिद्वन्द्वी बन्दै जित निकालेको थियो ।
नेपाली सेनाको विभागीय टिम सहित पाँच विकास क्षेत्रको टोलीसहित छवटा टोलीको सहभागिता रहेको सातौ राष्ट्रिय बास्केटबल खेलमा पश्चिमाञ्चल टिमले पूर्वाञ्चल टिमलाई ७० स्कोरको विरुद्ध ८२ अङ्कको फराकिलो स्कोरको मद्दतले तेस्रो बन्दै कास्य पदक जित्न सफल भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *