नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाशिङ्टन, १५ अप्रिल । संरा अमेरिकी बौद्धिक नोम चोम्स्कीले शुक्रबार डेमोक्रेसी नाउँलाई दिएको अन्तर्वार्तामा विकिलिक्सका संस्थापक जुलियान असान्जको गिरफ्तारीप्रति खेद व्यक्त गर्दै सो घटनालाई ‘धेरै कोणबाट षड्यन्त्रमूलक’ भएको बताउनुभएको छ ।
विश्व प्रसिद्ध भाषाशास्त्री र प्राज्ञ चोम्स्कीले सो घटना आफ्ना विरोधी विचारलाई ‘जबरजस्ती चुप बनाउने’ नयाँ घटनाको संज्ञा दिनुभयो ।
उहाँले असान्जको गिरफ्तारीलाई ब्राजिलका पूर्वराष्ट्रपति लुलाको राजनीतिक गिरफ्तारीसँग तुलना गर्नुभयो । ‘सत्तामा भएका व्यक्तिलाई मन नपरेको हुनाले उनीहरू दुवैलाई बोल्न रोक लगाएको’ बताउनुभयो ।
“गएको सेप्टेम्बर महिनामा ब्राजिलमा भएको चुनावमा लुला सबभन्दा लोकप्रिय उम्मेदवार हुनुहुन्थ्यो । तर उहाँलाई जेलमा एक्लै कैद बनाइयो । त्यो वास्तवमा एक प्रकारले मृत्युदण्ड नै हो । २५ वर्षको लागि एक्लो कैदी जीवन । उहाँलाई किताब र पत्रपत्रिका पढ्न दिइएको छैन । सबै प्रकारका सार्वजनिक सम्पर्कमाथि निषेध गरिएको छ । मानौं, लुला कोही हत्यारा हुुनुहुन्छ ।”, चोम्स्कीले भन्नुभयो,“लुला वास्तवमा संसारकै सबभन्दा महत्वपूर्ण राजनीतिक बन्दी हुनुहुन्छ । के तपाईले उहाँको बारेमा अहिले कहीं कतै सुन्नुभएको छ ? असान्ज पनि त्यस्तै मुद्दा हो । आवाजमाथि दमन गरिएको छ ।”
गएको अप्रिल ११ मा लन्डनस्थित इक्वेडरको दूतावासबाट विकिलिक्सका संस्थापक जुलियान असान्जलाई सात वर्षको शरणार्थी जीवनपछि निकालिएको थियो । लगत्तै बेलायती प्रहरीले असान्जलाई गिरफ्तार गरिएको थियो । त्यसपछि संरा अमेरिकाले ‘कम्प्युटर ह्याकिङ’ को आरोपमा सुपुर्दगीको माग गरेको थियो । असान्जका वकिलहरूले यतिबेला उहाँलाई संरा अमेरिका सुपुर्दगी गर्न नहुने माग गरिरहेका छन् ।
Leave a Reply