नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २ वैशाख । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भन्ने नेपाली कहावत छ । यहाँ उल्लेख गर्न खोजिएको ‘खुर्पाको बिँड’ भने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ९ को ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको चट्टान अभिलेखको हो ।
२०६७ मा चट्टान अभिलेख पत्ता लागेको बारे आमसञ्चारमार्फत सार्वजनिक भएर पनि सम्बन्धित निकायले चट्टान अभिलेखको यथोचित संरक्षणको पहल थालेको छैन । चट्टान अभिलेखमा रञ्जना लिपिमा अक्षर कुँदिएका छन् । अभिलेखको माथिल्लो भागमा घोडा, सिंह, हात्ती र जुधिरहेका साँढेको आकृति कुँदिएको छ ।
भक्तपुर च्याह्मासिंहबाट ५ किलोमिटर पूर्व गएपछि छाप पुगिन्छ । पीच सडक छोडी करिब १५ मिनेटको कच्चि बाटो हिंडेपछि चट्टान अभिलेख रहेको ‘ठूलोढुङ्गा’ पुगिन्छ । स्थानीय र चानपा वडा ९ कार्यालयको पहलमा गत वर्ष ठूलो ढुङ्गाको चट्टान अभिलेख सुरक्षित गर्न सामान्य तारबार लगाइएको छ तर पुरातत्व विभाग तथा संस्कृति मन्त्रालयको ध्यान नगएको स्थानीयको गुनासो छ ।
उचित संरक्षण नहुँदा चट्टान अभिलेखमा केरमेट हुने र घामपानीले नष्ट हुने सम्भावना छ । दक्षिण एसियामै दुर्लभ मानिएको भक्तपुरको चट्टान अभिलेख नष्ट भएमा प्रस्तर कला र देशको इतिहासको प्रमाण समाप्त हुनेछ ।
चानपा वडा नं ९ का अध्यक्ष गणेश त्यातले आफू निर्वाचित भएपछि १ लाख रुपियाँ बराबरको रकम खर्च गरी चट्टान अभिलेख सुरक्षित गर्ने प्रयास गरेको बताउनुभयो । पुरातत्व विभागलाई यसबारे समयसमयमा घच्घच्याउँदा पनि कुनै ठोस योजना नबनेको स्थानीयको भनाइ छ । ऐतिहासिक एवम् पुरातात्विक स्थानको व्यवस्थित योजना अगाडि बढाउन सकिए यो क्षेत्रमा पर्यटन उद्योगको राम्रो विकास गर्न सकिनेमा दुईमत छैन ।
ठूलो ढुङ्गा, हलाल गाउँ र बासुकीस्थान गरी विभिन्न स्थानमा छरिएर रहेका चट्टानमा विभिन्न महत्वपूर्ण १५ वटा अभिलेखहरू सुरक्षित रहेको पाइन्छ । भक्तपुरका विभिन्न कलात्मक मन्दिर, पाटी, ढुङ्गेधारा, मूर्तिहरू बनाउन ताथलीबाटै ढुङ्गा लग्ने गरिएको प्रमाण छ ।
भक्तपुरका तीन वत्सला मन्दिरहरूमध्ये श्री वत्सला मन्दिर बनाउन ताथलीको ढुङ्गाको प्रयोग भएको संस्कृति तथा इतिहासको अध्येता ओमप्रसाद धौभडेल बताउनुहुन्छ । भूपतीन्द्र मल्लले आजभन्दा अढाइसय वर्ष अगाडि नेसं ८३५ मा र काठमाडौँका राजा प्रताप मल्लले नेसं ७७८ मा चाँगुनारायण मन्दिरका गरुड, सिंह, हात्ती बनाउन ताथलीकै ढुङ्गा लगिएको चट्टान अभिलेखमा उल्लेख छ ।
Leave a Reply