भर्खरै :

दैलेखको चामुण्डामा जनसभा

दैलेख, २ वैशाख । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीको आयोजनामा समसामयिक राजनीतिक परिस्थितिको विषयमा जनसभा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले दुईतिहाइ बहुमत प्राप्त वर्तमान सरकारले व्यापक नेपाली कामदार जनताको पक्षमा कुनै नीति ल्याउन नसकेको बताउनुभयो ।
कामदार जनताले सही राजनीतिक सिद्धान्तमा आधारित आन्दोलनलाई अझ बलियो बनाउनुपर्ने विचार राख्दै उहाँले समाजवादउन्मुख संविधानअनुसार नेपाली जनतालाई निःशुल्क र अनिवार्य शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला र व्यक्तित्व विकासमा समान अवसर दिन नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले नेपाललाई साम्राज्यवाद र विस्तारवादले आफ्नो क्रिडास्थल बनाइरहेको हुँदा नेपाली जनताले त्यसको विरोधमा सजगता अपनाउनुपर्ने धारणा राख्नुभयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले स्थानीय तहमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न शासक दल असफल भएको बताउनुभयो ।
सभामा नेमकिपा दैलेख जिल्ला समितिका सुरेन्द्रबहादुर शाही, विष्णु रेग्मी, दीपकबहादुर शाही, हर्कबहादुर विक, धनबहादुर सिजापति, लालबहादुर पौडेल, गगनबहादुर केसी, गोरखबहादुर केसीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *