अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– मधुकर ढुङ्गेल
सरकारले विद्यालयमा भर्ना अभियान सुरु भएको फुक्यो । भर्ना अभियानमा ९० हजार बालबालिका भर्ना हुने सरकारको दाबी थियो । दुईचार ठाउँमा भर्नाबारे कार्यक्रममा बोलेपछि मन्त्रीहरु भर्ना अभियान सुरु भएको बखान गर्छन् । गएको वर्षमा पनि मन्त्रीले कार्यक्रममै दुईचार जना बच्चालाई भर्ना गरेपछि त्यसैलाई भर्ना अभियान ठान्यो र एक लाखभन्दा बढी बालबालिकाहरु भर्ना भएको ढ्वाङ फुक्यो । कार्यक्रमको थालनीलाई नै सरकार अभियान सुरु भएको ठान्छ । विद्यालयमा बालबालिकाहरु मन्त्रीले फुकेर भर्ना भएका होइनन् । सरकारले अभियान चलाए पनि या नचलाए पनि अभिभावकहरु बच्चाको उमेर पुगेपछि आफ्ना सन्तानलाई भर्ना गर्छन् । सरकारको सूचना सुनेर अभिभावकले आफ्ना सन्तानलाई भर्ना गरेका होइनन् । भर्ना भएका सबै बालबालिकाहरुलाई सरकारको भर्ना अभियानको सफलता ठान्नु गलत हो । आजभोलिका अभिभावकहरु भर्ना गर्न र गराउन सरकारको सूचनालाई पर्खेर बस्दैनन् ।
सरकारले भर्ना थालनी नगर्दै हजारौँ विद्यार्थीहरु विद्यालयमा भर्ना भइसकेका छन् । संस्थागत विद्यालयमा त फागुन चैतमै भर्ना गरिएको हुन्छ । सरकारले भर्ना अभियान सुरु नगरे पनि सामुदायिक विद्यालयमा अभिभावकले भर्ना गरेका हुन्छन्, गरिरहेका हुन्छन् । भर्ना गर्न गरिएको आग्रहलाई नै भर्ना अभियान थाल्नु पानीजहाज सञ्चालन गर्ने कार्यालयको उद्घाटन गरेलगत्तै देशमा पानीजहाजको युग सुरु भयो भनेजत्तिकै हो । कुनै ठाउँमा एउटा विकास कार्यको शिलान्यास या उद्घाटन भएपछि के देशमा विकासको युग सुरु हुन्छ ? के लगानी सम्मेलन गर्ने बित्तिकै लगानीको युग सुरु हुन्छ ? दुई चारजना भ्रष्टाचारीहरु पक्राउ परेपछि के भ्रष्टाचारविरोधी अभियान थालनी भएको हुन्छ ?
नेकपाकै नेता माधवकुमार नेपालले देश डुब्न लाग्यो, लौन माझीदाइ देश बचाउनुप¥यो भन्दा के यसलाई सरकार देश डुबाउने अभियानमा लाग्यो भन्ने ? नेकपाको सरकार त वास्तवमा कम्युनिष्टको सिद्धान्त र विचार छोडिरहेको अभियानमा छ । सरकार कम्युनिष्टको खोल ओढेर, कम्युनिष्टको बखान गरेर पुँजीपति वर्गको पक्षपोषण गर्ने अभियानमा छ । देशका लागि आवश्यक आधारभूत आवश्यकताहरु पूर्ति गर्ने उद्योग– कलकारखाना नखोली विदेशी पुँजी भित्र्याएर देशको पुँजी विदेशमा पु¥याउने र देशलाई परनिर्भर बनाउने अभियानमा जुटिरहेको छ । ठूलो र शक्तिशाली दल र सरकारको अभिमानी जोडेर सरकार मनपरी शासन चलाउने अभियानमा जुटिरहेको छ । यो आम नेपाली जनताको चिन्ता र चासोको विषय बनेको छ ।
Leave a Reply