भर्खरै :

च्याम्हासिंहमा फलफूल तथा खाद्य पसल अनुगमन

च्याम्हासिंहमा फलफूल तथा खाद्य पसल अनुगमन

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंहमा १० वटा फलफूल तथा खाद्य पसलमा बजार अनुगमन भयो ।
राज स्यामाजी स्टोर विगत दुईतीन वर्षदेखि नवीकरण नभएको र मूल्यसूची नराखेको, तराजु नवीकरण नगरेकोले तीन दिनभित्र नवीकरण गरेर नगरपालिका कार्यालयमा उपस्थित हुन टोलीले निर्देशन दियो ।
के.ओ.डी.स्टोर पसल तीन दिनभित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई म्याद नाघेका सामानहरू म्यागी सस् ठुलो ५ वटा र सानो ७ वटा, मोसरुम ३ बट्टा जफत गरी नष्ट गरियो ।
मुकेश फलफूल पसल दर्ता नवीकरण नभएकोले तीन दिनभित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नापतौल विभागमा नवीकरण नभएकोले थान १ जफत गरी कुहेकोे केरा, आँप, मेवा जफत गरियो ।
त्यस्तै न्यु ब्रह्मायणी जुस एन्ड फ्रुट सेन्टरमा कुहेको र बिग्रेको केरा ४ दर्जन र आँप, मेवा १० केजी जफत गरी भक्तपुर नगरपालिका कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइयो ।
सृष्टि फ्रुट सेन्टर फलफूल पसल नवीकरण गर्न र कुहेको र बिग्रेको फलफूल जफत गरी नष्ट गरी भक्तपुर नगरपालिका कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइयो ।
ख्वप फलफूल तथा जुस पसलमा कुहेको फलफूल आँप १० केजी, केरा ८ दर्जन, मेवा ४ केजी नष्ट गरी पसल तीन दिनभित्र पसल दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिइयो ।
अनुगमन समितिमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्यान्जु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठ, राजस्व कार्यालय भक्तपुरका विकासकुमार यादव, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, वाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला, भक्तपुर उद्योग वाणिज्य सङ्घका राजु त्वानाबासुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *