भर्खरै :

सिद्धि गणेशमा स्व–सृङ्गार तालिमको समापन

सिद्धि गणेशमा स्व–सृङ्गार तालिमको समापन

भक्तपुर, २० वैशाख । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को महिला तथा बालबालिका उपसमितिको आयोजनामा एकहप्ते स्व–सृङ्गार तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संंस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जना युवाहरूबाट सुरु भएको संस्था समुदाय र सदस्यहरूको हित गर्न लागिरहेको उल्लेख गर्दै विभिन्न सीपमूलक क्षमता अभिवृद्धि तथा आयमूलक तालिमहरू सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवम् संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापतिले महिला तथा बालबालिकाहरूको सीप र व्यक्तित्व विकास गर्ने उद्देश्यले महिला तथा बालबालिका उपसमिति गठन संस्थाबाट निरन्तर सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्था बचत तथा ऋण सहकारी भए तापनि समुदायमा आधारित भई समुदायको विकासमा निरन्तर लागिरहेको बताउनुभयो ।
उहाँले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई मात्र सदस्यता वितरण गरी आर्थिक कारोबार गर्दै आएको हुनाले संस्था सुरक्षित रहेको भन्दै संस्थाको कुल सम्पत्ति ३ अर्ब र शेयर सदस्य १७ हजार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव नारायणदेवी दुमरु, प्रशिक्षक शोमलता वैद्य, संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजु र प्रशिक्षार्थी रीना बोहजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *