भर्खरै :

कार्ल माक्र्सको कठिनतम पारिवारिक जीवन

एङ्गेल्सले पु¥याउने गर्नुभएको भौतिक सहायताबाहेक सन् १८५१ देखि New York Daily Tribune को लागि लेख्न थाल्नु भएपछि माक्र्सको आफ्नै अलिकता कमाए हुन थाल्यो ।
उहाँको परिवारले प्रायःजसो आलु र पाउरोटीमै चित्त बुझाउनुपथ्र्यो । गरिबीले गर्दा माक्र्सको, उहाँकी पत्नी र बालबच्चाको स्वास्थ्य बिग्रँदै गइरहेको थियो ।
दुई साना केटाकेटी गिदो र फ्रान्चिस्काको मृत्युपछि सन् १८५५ मा माक्र्समाथि नयाँ र सबभन्दा चर्को प्रहार प¥यो । आठवर्षे छोरो एडगारको मृत्यु भयो । परिवारका सबै सदस्य उनलाई असाध्यै माया गर्थे र पुलपुल्याउँथे । उसलाई माया गरेर मुश (भँगेरो) अथवा कर्नेल मुश भन्ने गर्थे । लिब्कनेख्तको भनाइअनुसार यी निकै होनहार बालक थिए, “अति राम्रा आँखा र प्रतिभाशाली दिमाग भएका” केटा थिए । बालक अस्वस्थ भएपछि आफ्नो एकमात्र छोरालाई बचाउन आमाबुबाले हुनसम्म कोशिश गरे । माक्र्सले धेरै निद्राविहीन रात बालकको बिछ्यौना छेउ बिताउनुभयो । “मुटुबाट रगतको धारा बग्न थालेजस्तो लाग्छ, आगो दन्केजस्तो टाउको राँकिन्छ … ।” – आशा र निराशाले भरिपूर्ण यी चिन्ताप्रद दिनहरूमा उहाँले एङ्गेल्सलाई लेख्नुभएको थियो । ६ अप्रिल १८५५ को दिन माक्र्सले आफ्नो मित्रलाई लेख्नुभयो– “बिचरो मुश संसारबाट बिदा भयो … तिम्रो मित्रताले कसरी हामीलाई यस कठोर घडीको सामना गर्न सहायता गरेको छ भन्ने कुरा म कहिल्यै बिर्सन्न । तिमी आफै बुझ्छौ बालकको मृत्युले म कति शोकग्रस्त छु ।” “मैले धेरै दुःख–कष्ट झेलिसकें” उहाँले अर्को चिठीमा लेख्नुभएको थियो, “तर, साँच्चीको विपद् कस्तो हुँदोरहेछ भन्ने कुरा मैले अबमात्र थाहा पाएँ … ।
तिम्रो सम्झना, तिम्रो मित्रताको सम्झनाले संसारमा अझै हामी दुईजना मिलेर केही विवेकपूर्ण काम गर्नेछौँ भन्ने आशाले मात्र मैले यो कष्ट सहन सकेको छु ।”
अविष्मरणीय वेदनाको स्रोत बनिदिएको यी वियोगका दिनहरूमा सर्वहारा वर्ग र सम्पूर्ण मानव जातिकै सेवा गर्ने महान् विचारले मात्र माक्र्सलाई बचाएको थियो ।
तर, माक्र्सको व्यक्तिगत जीवन दुःख र वेदनाले मात्र भरिएको थिएन । यी सब दुःख कष्ट सहनु परे तापनि माक्र्सको परिवार सा¥है सुखी परिवार थियो । उहाँको कठिन र अशान्त जीवनमा उहाँकी बफादार जीवन साथी जेनीसँग माक्र्सलाई गाढा प्रेमको भावनाले बाँधेको थियो । सन् १८५६ मा आफ्नी अस्वस्थ आमालाई भेट्न बालबच्चा लिएर ट्रिर जानुभएकी जेनीलाई माक्र्सले लेख्नुभएको चिठीबाट यो कहिल्यै नओइलाउने भावनाको झलक पाइन्छ । माक्र्सले लेख्नुभएको थियो, “हामीले छुट्टिनु मात्रै पर्छ, समयले मेरो प्रेमलाई त्यस्तै किसिमले हुर्काउँदै आएको रहेछ जसरी घाम र पानीले बिरुवा हुर्काउँछ भन्ने कुरामा म झन् विश्वस्त हुनथाल्छु ।
संसारमा थुप्रै आइमाई छन् र तीमध्ये कति त अति सुन्दरी हुन्छन् भन्ने कुरा निर्विवाद छ । तर, म अरु कहाँ त्यस्तो अनुहार भेट्टाउन सक्छु जसको प्रत्येक रेखाले, जसको चाउरीले समेत मेरो जीवनका उत्कृष्ट दिनहरूको सम्झना बिउँझाइदिन्छ ? म तिम्रो प्यारो अनुहारमा चुम्बनको वर्षा गर्छु, यो कष्ट बिर्सिदिन्छु … ।”
माक्र्सको परिवारका सब सदस्यहरू प्रेम र मित्रताको गाँठोमा बाँधिएका थिए । यी मोरिसियन (माक्र्सको गहुँगोरो अनुहार र चोपजस्तो कालो कपालले गर्दा परिवारका सदस्यहरू र नजिकका साथीहरूले उहाँको यही नाम राखेका थिए) आफ्ना केटाकेटीहरूको सबभन्दा नजीकको साथी हुनुहुन्थ्यो, उनीहरूसँग खेल्नुहुन्थ्यो । आफ्ना केटाकेटीहरूसँग खेल्दा माक्र्स आफै बालकजस्तो बन्नुहुन्थ्यो । साना यात्रीहरूको अनुरोधअनुसार उहाँ बडो अकृत्रिम उत्साहसहित कहिले घोडा बनिदिनुहुन्थ्यो त कहिले बग्गी । उहाँ आफ्ना बालबच्चाको लागि गहन अर्थ, काव्य र हास्य–रसले भरिपूर्ण कथाहरू हान्नुहुन्थ्यो ।
आफ्ना छोरीहरूको प्रशिक्षणमा माक्र्स निकै ध्यान दिनुहुन्थ्यो । छोरीहरूलाई मानव संस्कृतिको भण्डारसँग परिचित गराउने कोशिस गर्नुहुन्थ्यो । उहाँ आफैमा विश्व–साहित्यको उत्कृष्ट ज्ञान थियो, आफ्ना प्रिय लेखकहरू होमर एस्हिल, डाँटे, शेक्सपियर र बालजाकका कृतिहरू मूल भाषामा नै पढ्ने गर्नुहुन्थ्यो । अस्वस्थ हुनुभएको बेलामा अथवा आराम गर्ने बेलामा उहाँ वाल्टर स्कट र अलेक्जेण्डर ड्यूमा–पिताका उपन्यासहरू पढ्ने गर्नुहुन्थ्यो । केटाकेटीलाई ‘अरबेली रातहरू’, ‘निबेलुङगको गीत’, ‘डोन क्वीजोट’ पढेर सुनाउनुहुन्थ्यो । परिवारमा होमर र शेक्सपियरका कृतिहरू विशेष मनपराउँथे । छोरीहरू जेनी, लाउरा र सन् १८५५ मा जन्मेकी एलेओनोरा (तुस्सी) लाई सानै उमेरदेखि शेक्सपियरको नाटकका पूरै दृश्यहरू कण्ठ थिए । माक्र्सले उनीहरूमा कविताप्रति विशेष गरेर डाँटे, वन्र्स, शेली, ग्योटे र हाइनेका कृतिहरूप्रति प्रेमको भावना जगाउनुभएको थियो ।
माक्र्स छोरीहरूका विभिन्न खेलमा भाग लिने समय भेट्टाउनुहुन्थ्यो । त्यसबेला बेलायत र जर्मनीमा ‘संस्कार’ खेल निकै लोकप्रिय थियो । माक्र्सले दिनुभएको केही प्रश्नहरूको उत्तर ठट्यौलो किसिमको भए तापनि ‘संस्कार’ ले उहाँको व्यक्तित्व बुझ्न धेरै मात्रामा मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *