भर्खरै :

जीवन लक्ष्य

कार्ल माक्र्स
कठिनाइहरुदेखि रुने जीवन
मेरो लागि होइन,
होइन मेरो आँधीजस्तो मनलाई
यो स्वीकार्य छैन
मलाई त एउटा महान र उँचो लक्ष्य चाहिन्छ
र त्यसको लागि आजीवन सङ्घर्षको
अटुट सिलसिला चाहिन्छ ।
ए कला ! तँ खोल
मानवताको नासो
आफ्नो अमूल्य भण्डारको ढोका
मेरो लागि खोल ।
आफ्नो ज्ञान र संवेगहरुको
आलिङ्गनमा
सम्पूर्ण विश्वलाई बेर्दछु म ।
आऊ !
हामी कसैले नहिँडेको र कठीन सुदूर
यात्रा गरौँ ।
आऊ, किनभने लाजमर्दाे, निरुद्देश्य र
लक्ष्यहीन जीवन
हामीलाई स्वीकार्य छैन ।
हामी उँघ्दै, कलम घोट्दै उत्पीडन र
लाचारीमा बाँच्दैनाँै
हामी आकाङ्क्षा, आक्रोश, आवेग र
अभिमानसाथ
साँच्चीको मानिस भएर जिउँदछाँै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *