भर्खरै :

नेपाली सेना फाइनलमा

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ‘सडन डेथ’मा पुगेर ७–६ गोल अन्तरले पराजित गरेको छ ।
हिजो निर्धारित समयमा तथा थप अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल निर्णयका लागि टाइब्रेकरमा पुग्दासमेत दुवै टोलीले बराबरी गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो । मध्यमाञ्चललाई पराजित गरेसँगै सेनाले भोलि हुने अन्तिम खेलमा सशस्त्र प्रहरीसँग प्रतिस्पर्धा गर्ने छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *