भर्खरै :

हर्मुज जलमार्गमा इरानी ड्रोनमाथि अमेरिकी हमला

वाशिङ्टन । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार संरा अमेरिकाको एउटा युद्धकजहाजले हर्मुज जलमार्गमा एउटा इरानी ड्रोन ध्वस्त बनाएको घोषणा गरेका छन् ।
संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकी नौसेनाअन्तर्गत पानी र जमिनमा चल्न सक्ने युएसएस बक्सर नामको जहाजले इरानी ड्रोन ध्वस्त बनाएको बताए ।
इरानी ड्रोन अमेरिकी युद्धक जहाजको एक हजार यार्ड वरपर आएर चेतावनी दिएको ट्रम्पले दावी गरे ।
ट्रम्पले भने,“जहाज र जहाजमा रहेको क्रुलाई सो ड्रोनले चेतावनी दिइरहेको थियो र त्यसै कारण प्रतिरक्षात्मक कारवाहीको क्रममा ड्रोन ध्वस्त बनाइएको हो ।”
पेन्टगनका प्रमुख प्रवक्ता जोनाथन हेफम्यानले पनि वक्तव्य जारी गरी स्थानीय समयअनुसार बिहान १० बजे हर्मुज जलमार्ग हु“दै अघि बढ्न खोज्दा युएसएस बक्सरले सो ड्रोनलाई ध्वस्त बनाएको पुष्टि गरेका छन् ।
“स्थीर पखेटा भएको वायु प्रणाली(युएएस) युएसएस बक्सर नजिक आएर खतराको अवस्था निम्त्यायो । युएएसबाट जहाज र जहाजी क्रुलाई सम्भावित खतरालाई ध्यानमा राखी बक्सरले प्रतिरक्षात्मक कदम चालेको हो”, पेन्टागनल आफ्नो वक्तव्यमा लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *