भर्खरै :

चीन–अमेरिका व्यापार युद्धसम्बन्धी चीनको पहिलो श्वेतपत्र – १०

४. आन्तरिक मुद्दालाई अन्तर्राष्ट्रियकरण र आर्थिक तथा व्यापारिक मुद्दालाई राजनीतिकरण गर्दै
हालको संरा अमेरिकी प्रशासन आफ्नो आन्तरिक राजनीतिक मुद्दाहरूको प्रतिक्रियामा आफ्ना आन्तरिक मुद्दाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने र आर्थिक तथा व्यापार मुद्दाहरूलाई राजनीतिकरण गर्ने र आफ्ना आन्तरिक समस्याहरूको दोषारोपन अन्य मुलुकलाई गर्दैछ ।
आफ्नो आन्तरिक नीति र संस्थागत कमजोरीका कारण भएको बेरोजगारीको दोष अन्तर्राष्ट्रिय व्यापारमाथि लगाइयो । संरा अमेरिकी प्रशासनले अन्य मुलुकहरूमाथि ‘अनुचित व्यापार गरेर आफ्नो रोजगारी खोसेको’ आरोप लगायो । चीन संरा अमेरिकी व्यापार घाटाको सबैभन्दा ठूलो स्रोतका रूपमा आक्षेप लगाउन पहिलो निशाना बनाइयो । तथापि संयुक्त राष्ट्र सङ्घको सन् २००१ देखि २०१७ बीचको तथ्याङ्कअनुसार चीन संरा अमेरिकाबीचको व्यापार ४.४ गुनाले विस्तार भयो भने संरा अमेरिकी बेरोजगारी ५.७ प्रतिशतबाट ४.१ प्रतिशतमा झ¥यो । विषेशतः चीनबाट संरा अमेरिकामा आपूर्ति सन् २००९ बाट आकासिएको हो र सोही अवधिमा संरा अमेरिकी बेरोजगारी घटेको देखिन्छ । संरा अमेरिकाले दाबी गरेको जस्तो सामान आयात र रोजगारी गुम्नुको सम्बन्ध अस्तित्वमा छैन । सन् २०१७ मा संरा अमेरिकी संसदीय अनुसन्धान सेवाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०१० देखि २०१५ बीचमा संरा अमेरिकी उत्पादन रोजगारी ६.८ प्रतिशतले बढेको छ जबकि सोही अवधिमा संरा अमेरिकामा चीनबाट सो क्षेत्रमा आयात ३२.४ प्रतिशतले बढेको छ ।
स्रोत – संरा अमेरिकी वाणिज्य विभागको आर्थिक विश्लेषण ब्यूरो र श्रम विभाग
वास्तवमा संरा अमेरिकामा केही सामाजिक समूहहरूको बेरोजगारीका प्रमुख कारणहरूमध्ये आन्तरिक नीतिमा भएका खोटहरू र प्रविधिमा भएको विकास तथा आर्थिक पुनःर्संरचनाको पृष्ठभूमिमा आवश्यक पुनर्वितरण र पुनः रोजगारी प्रणालीको अभाव हुन् । इन्डियाना राज्य (State of Indiana) को राज्य विश्वविद्यालयको एक अध्ययनअनुसार संरा अमेरिकामा सन् २००० देखि २०१० सम्म कूल ५६ लाख गुमेको रोजगारीको ८८ प्रतिशत उत्पादन (manufacturing) को कारण उत्पादकत्व वृद्धि हो । सम्पूर्ण उत्पादनका कारकहरू प्रवाहमा बग्ने बजार अर्थतन्त्रमा कुनै पनि रोजगारी सदाका लागि अमर हुन सक्दैन । संरा अमेरिकाको तुलनात्मक फाइदाको विकासले विभिन्न उद्योगहरूमा रोजगारी सृजनामा फरक–फरक प्रभाव पा¥यो । आर्थिक विकास र संरचनागत पुनः संरचनाको समयमा केही परम्परागत उद्योगहरूमा रोजगारी कम हुनु सामान्य घटना हो । संरा अमेरिकी सरकारले सम्पूर्ण दिशामा आर्थिक संरचनागत पुनः संरचनाका प्रणाली अपनाउनुपथ्र्यो । उदयमान उद्योगहरूमा बेरोजगारहरूले रोजगारीका निम्ति सक्रिय र प्रभावकारी उपाय अबलम्बन गर्नुपथ्र्यो । तर, आफ्नो परम्परागत वितरण प्रणाली र निहित स्वार्थमा अल्झेर संरा अमेरिकी सरकारले समयमै उचित पुनःर्वितरण तथा पुनः रोजगारी प्रणाली स्थापना गर्नबाट चुक्यो । यसको परिणामस्वरूप केही सामाजिक समूहहरूले लामो समय बेरोजगारी कहर सहनुप¥यो । यसले राजनैतिक लोकप्रियतावाद (Populism) र अलगावाद (Isolationism) का निम्ति राम्रो प्रजनन स्थल उपलब्ध ग¥यो ।
आफ्नो आन्तरिक बेरोजगारी समस्याको दोष अन्तर्राष्ट्रिय व्यापार निर्यात गर्ने मुलुकमाथि थोपर्ने संरा अमेरिकी प्रशासनको कोसिसलाई तथ्यले अस्विकार गर्छ । यसको उद्देश्य आन्तरिक राजनैतिक समस्याहरूबाट जनताको ध्यान अन्यत्र मोड्नु हो । गहिरोसँग जरा बनाएको आफ्नो संरचनागत समस्याहरूलाई सही समाधान नगरिकन विकल्पमा संरक्षणवादको प्रयोग गरी उत्पादन क्षेत्रलाई पुनः प्राप्ति गर्ने संरा अमेरिकी प्रयास पूर्णतः प्रत्युत्पादक कदम हो । यो आफ्नो समस्याको समाधानका निम्ति छिमेकी मित्रराष्ट्रको हित विपरितको कार्य (beggar thy neighbor) र हार–हार (lose-lose) उपाय अर्थतन्त्रका नियमहरूको विरुद्ध जान्छ । विश्व अर्थतन्त्रको प्रभावकारितालाई कम गर्छ र विश्वभरिका मुलुकहरूबाट विरोधको उभार ल्याउँछ । संरा अमेरिकाले अरुलाई जति क्षति पु¥याउँछ आफूले पनि उतिकै क्षति बेहोर्नुपर्ने हुन्छ ।
५.संरा अमेरिकी प्रशासनले आफ्नै प्रतिबद्धताहरूको उल्लङ्घन गर्दैछ ।
आधुनिक समयको आगमनदेखि नै नियम र करारप्रतिको सम्मान, बजार अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय व्यवस्था (Order) को जगको रूपमा रहेको छ र यसैले फरक व्यक्ति, समूह र देशहरूबीचको सहकार्य सम्भव बनायो जसले सभ्य मानव समाजको चरित्र परिभाषित गर्छ । हालको संरा अमेरिकी प्रशासनले अन्तर्राष्ट्रिय सम्बन्धलाई निर्देश गर्ने विश्वव्यापी मान्यता प्राप्त र व्यापक रूपमा रहेको अभ्याससामु आफ्नो पिठ्यूँ फर्काएको छ र आफ्नै प्रतिबद्धताहरू पनि निरन्तर उल्लङ्घन गरेको छ र अन्तर्राष्ट्रिय सम्बन्धमा संरा अमेरिकी अवसरवादविरुद्ध अन्तर्राष्ट्रिय समुदायद्वारा व्यापक रूपमा चुनौती र आलोचना गरेको छ । तत्कालको स्वार्थ पूर्तिका निम्ति संरा अमेरिकाको साँघुरो दृष्टिकोणका कारण उसको अन्तर्राष्ट्रिय विश्वसनियतामा ¥हास आएको छ । यसले उसको अन्तर्राष्ट्रिय अडान (Standing) लाई कमजोर बनाउने छ । उसको रणनीतिक उद्देश्यहरूलाई आघात पु¥याउनेछ ।
अन्तर्राष्ट्रिय महत्व (Sanctity) लाई संरा अमेरिकी प्रशासनले कुनै सम्मान गर्दैन र विश्व शासन व्यवस्थालाई दख्खल गर्छ । एउटा देशले आफ्नो सरकारको परिवर्तन नै भएतापनि आफ्ना प्रतिबद्धताहरू र सम्झौताहरू पालना गर्नुपर्छ । एउटा देशको विश्वसनियताका लागि यो अनिवार्य हुन्छ । बहुपक्षीय व्यापारका समस्याहरू र मुलुकहरूबीचको मतभेदलाई अतिरञ्जित गर्दै अहिलेको संरा अमेरिकी प्रशासन अन्तर्राष्ट्रिय व्यवस्था (order) को पालना गर्ने मूल्य चुकाउन चाहँदैन र अन्तर्राष्ट्रिय नियमहरू आफू अनुकूल मात्र व्यवहारमा लागू गर्छ । यसले UNESCO / UNHRC जस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट आफूलाई अलग्याएको छ । यस अगाडिको अमेरिकी प्रशासनको लामो प्रयासलाई निष्कर्षमा पुगेको त्एए र पेरिस समझदारीबाट हात झिकेको छ र उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता TPP र संरा अमेरिका – कोरिया स्वतन्त्र व्यापार सम्झौता पुनः संशोधनको माग गरेको छ ।
संयुक्त राष्ट्र सङ्घ (UNO), विश्व बैङ्क (WB), अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र भन्सार तथा व्यापारबारे साधारण सम्झौता (GATT) को स्थापनासँगै यिनीहरूमा भएका निरन्तर सुधारद्वारा नै विश्व राजनीति तथा आर्थिक शासन प्रणाली निर्माण भएको छ । विश्व व्यापार सङ्गठन १६० सदस्य सहितको एक महत्वपूर्ण बहुपक्षीय व्यापार सहकार्यका निम्ति यो अत्यावश्यक छ र विश्वभर यसलाई सम्मान एवं मान्यता दिइएको छ । तथापी संरा अमेरिका विश्व व्यापार सङ्गठनका नियमहरू बारम्बार उल्लङ्घन गर्छ । विश्व व्यापार सङ्गठनका सदस्य मुलुकहरूले विवाद समाधान अङ्ग (DSB) को निर्देशनबमोजिम संरा अमेरिकाले कार्य नगरेको भन्दै भन्सार छूटको आवेदन स्थगित गर्न अथवा स्थगित भन्सार छूट कडाइका निम्ति धेरै पटक आग्रह ग¥यो । सन् १९९५ देखि २०१५ सम्ममा दर्ता भएका यस्ता आग्रहहरूमध्ये संरा अमेरिकाविरुद्ध मात्र दुईतिहाइ छन् ।
संरा अमेरिका यस्ता कार्यहरूले अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन भएको छ र व्यापार सहकर्मीको अपमान भएको छ । एक देशका रूपमा विश्वसनियता गुमाएको छ । विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको ‘विश्व जोखिम प्रतिवेदन २०१८ (Global Risk Report 2018)” का अनुसार संरा अमेरिकाले बहुपक्षीयता कमजोर बनाएको र विश्व व्यापार सङ्गठनको पुनरावेदन (appellate) अङ्गसँगको भेटघाटलाई निषेधका कारण २०१८ मा जोखिम उच्च हुनेछ ।
संरा अमेरिकी प्रशासनले व्यापार सञ्चालनमा प्रत्यक्ष हस्तक्षेप गरी बजार संयन्त्रलाई कमजोर बनायो । हालको संरा अमेरिकी प्रशासनले बजारका प्रमुख खेलाडीहरूसँग प्रत्यक्ष हस्तक्षेप गर्न समय–समयमा आफ्नो दायरा उल्लङ्घन ग¥यो । उदाहरणको लागि उसले ऐप्पल र अन्य अमेरिकी कम्पनीहरूलाई विदेशबाट आफ्ना कारखाना अमेरिकामै फिर्ता ल्याउन निर्देशन ग¥यो, चाहे जस्तोसुकै बजार नियम होस् । विदेशमा लगानी गर्ने अमेरिकी कम्पनीहरूलाई प्रशासनले तर्साउने र बाधा व्यवधान पु¥याउने कार्य ग¥यो । उदाहरणका लागि सन् २०१७ जनवरी ३ का दिन जेनेरल मोटर्सलाई मेक्सिकोमा सेभ्रोले क्रुज मोडेल निर्माणमा निरन्तरता दिए भारी भन्सार दर लगाउने धम्की दियो । सन् २०१८ जुलाई ३ का दिन हार्ले डेभिसनलाई आफ्नो निर्माणको अंश संरा अमेरिकाबाट बाहिर नलान धम्की दिइएको थियो । विभिन्न बहानामा साधारण मर्जर समझदारीहरूमा प्रशासनको अनुगमनमा कडाई गरिएसँगै अमेरिकी कम्पनीहरूका प्रमुखहरूको नाम सामाजिक सञ्जालमा बदनाम गरियो ।
संरा अमेरिकी प्रशासनले निरन्तर रूपमा दुई पक्षीय व्यापार वार्तामा आफूले गरेका प्रतिबद्धताहरूबाट पछि हत्ने र लत्याउने काम ग¥यो र चीनले स्थिर चीन अमेरिका सम्बन्धबाट ठूलो भन्डार जम्मा ग¥यो । चीनले संरा अमेरिकी व्यापारसम्बन्धी चासोलाई सक्रिय सम्बोधन ग¥यो, विशेषगरी सन् २०१७ पछि । विमतिहरू साँघुरो पार्दै समस्या सुल्झाउने उद्देश्यसहित संरा अमेरिकाको कडा आग्रहलाई स्विकार गर्दै संरा अमेरिकी प्रशासनसँग थुप्रै चरणमा उच्च इमानदारीता र धैर्यकासाथ वार्ताहरूमा चीन बस्यो । संरा अमेरिकाको कडा आग्रहलाई स्वीकार गर्दै सन् २०१८ को फेब्रुअरी मसान्तदेखि मार्चको पहिलो हप्तातिर संरा अमेरिकासँग व्यापार वार्ताका लागि चीनले प्रतिनिधि पठायो । तथापि अप्रिल ३ का दिन संरा अमेरिकाले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्री निर्यातमा २५ प्रतिशतको भन्सार दर लागू ग¥यो । संरा अमेरिका निरन्तर आफ्ना प्रतिबद्धताबाट पछि हट्ने र माग बढाउँदै लगे पनि चीनले वार्तामार्फत नै समस्याको समाधान खोज्न इमानदार प्रयास गरिरह्यो, र मे महिनाको सुरुआतमा संरा अमेरिकाबाट आएका प्रतिनिधिहरूसँग सकारात्मक वार्ता भयो । संरा अमेरिकी आग्रहमा, मे १५ देखि १९ सम्म चीनले अर्को चरणका लागि वार्ता गर्न प्रतिनिधि संरा अमेरिकामा पठायो ।
प्रतिनिधिहरूले संरा अमेरिकी चासोहरूलाई सक्रियतापूर्वक सम्बोधन गरे । ‘व्यापार युद्ध नलड्ने’ समहमतिमा पुग्न अथक मेहेनत गर्ने र मे १९ का दिन संयुक्त विज्ञप्ति निकाल्न सफल दुवै पक्षलाई धेरै धन्यवाद । तथापि यसको ठिक १० दिनपछि सहमतिपत्रमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै संरा अमेरिकाले त्यो सहमति पत्र च्यात्यो र व्यापार युद्ध नलड्ने आफ्नो प्रतिबद्धता तोड्यो । उसले विश्व व्यापार सङ्गठनको विवाद समाधान प्रणाली लत्याउँदै चिनियाँ आयातमा ठूलो आकारको भन्सार दर घोषणा ग¥यो र नयाँ चरणको सङ्घर्षको एकतर्फी रूपमा सुरुआत ग¥यो ।
अनुवाद ः सुमोना
The Facts and China’s Position on China- US Trade Friction
September 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *