भर्खरै :

सन् १९११ को क्रान्ति – ३

जापानी साम्राज्यवादी बर्बर लूट र युआन शि–काईको विश्वासघाती अपराधहरूको विरोधमा चिनियाँ जनताको आक्रोश बढ्दै गयो र युआन शि–काईलाई सजाय गर्ने आह्वान देशभरि गुञ्जियो ।
जुुलाई १९१४ मा युआन शि काईलाई फालेर पुँजीवादी गणतन्त्र पुनःस्थापना गर्न जापानमै बसेर सन यात–सेनले चिनियाँ क्रान्तिकारी पार्टी (Chung Hua Keh Ming Tang) स्थापना गरे तर कमजोर सङ्गठन भएको हुँदा व्यापक जनताको माझ जानुपर्ने अनुभव गरे । डिसेम्बर १९१५ मा युनान प्रान्तले युआनको केन्द्रीय सरकारबाट स्वतन्त्र घोषणा गरी राष्ट्रिय मुक्ति सेना (Army of National Salavation) मार्फत दण्ड दिने सङ्घर्ष सुरु गरे । क्वीचाउ, क्वाङ्गसी र अन्य प्रान्तहरूले पनि त्यही बाटो लिए । युआनविरोधी त्यो आन्दोलन मार्च १९१६ सम्म पुग्दा उसलाई राजगद्दीको दाबीलाई त्याग्न बाध्य पा¥यो । तर, उसले आफ्नो राष्ट्रपति पदलाई दाबी नै गरिरहेको हुँदा राष्ट्रिय मुक्ति सेनाले आफ्नो सङ्घर्ष चालू राख्यो तथा १९१६ अप्रिल महिनामा क्वाङतुङ्ग प्रान्तले स्वतन्त्र घोषणा गरी युआनको समर्थनमा रहेको चेक्याङ्ग, सिचुवान र हुनान प्रान्तले पनि स्वतन्त्र घोषणा ग¥यो र केही समयपछि उसको मृत्यु भयो ।
जापानी साम्राज्यवाद रङ्गमञ्चमा
युआन शि–काईको मृत्युपछि लि युआन हुङ्ग (Li Yuan Hung) राष्ट्रपति भयो तथा त्वान चि चुई (Tuan Chi Jui) प्रधानमन्त्री भयो । केही समयको निम्ति अन्तरिम संविधान पुनःस्थापित ग¥यो तथा वास्तविक शक्ति त्वान चि चुईको हातमा गयो । धेरैपटक युआनको पालामा युद्धमन्त्री वा रक्षामन्त्री पनि भइरहेको उसको प्रभाव बढेको थियो । १९१७ को वसन्तमा उसले जापानी साम्राज्यवादको निर्देशनमा जर्मनीसँग सम्बन्ध विच्छेद ग¥यो र युरोपमा चलिरहेको युद्धमा मुछिनुहुन्न भनी संसदको समर्थन पाएको त्वानलाई पदच्युत ग¥यो । त्वानको विभिन्न प्रान्तका युद्ध सरदारहरूलाई उचालेर संसदलाई विघटन गर्न बाध्य पा¥यो । त्यसपछि चाङ्ग सुन (Chang Hsun) ले आफ्नो सेना पेकिङ पठायो र लि युआन हुङ्गलाई राजीनामा दिन बाध्य पा¥यो तथा गद्दीबाट हटाइएको छिङ्ग वंशको केटो सम्राट सुआन तुङ्ग (Hsuan Tung) लाई पुनः गद्दीमा बसाल्यो । केही समयपछि त्वानले युद्ध सर्दार चाङ्ग सुन (Chang Hsun) माथि हमला गरी धपायो र ऊ पुनः प्रधानमन्त्री भई ‘गणतन्त्रको रक्षक’ घोषणा ग¥यो । जापानकै निर्देशनमा उसले पुनः जर्मनी र अष्ट्रो–हङ्गेरीको विरोधमा युद्ध घोषणा ग¥यो ।
युद्धको घोषणाले युरोपेली साम्राज्यवादीहरूका क्षेत्रहरूमा त्वान सरकारले प्रभुत्व जमायो र जापानसँग मिल्यो । जापानले त्वानलाई ५० करोड येन ऋण दिएर उत्तरपूर्वी चीन र भित्री मङ्गोलियोका खनिजहरू र जङ्गल हात पा¥यो । युआन शि–काईजस्तै त्वान पनि चीन कब्जा गर्ने योजनामा जापानको ज्यावल बन्यो । त्वानले आफू बलियो हुन अन्तरिम संविधान खारेज ग¥यो, संसदीय सङ्गठनलाई संशोधन ग¥यो र आफूले नियन्त्रण गर्ने गरी नयाँ संसदको निर्वाचन गरायो ।
त्वानका ती कदमको विरोधमा दक्षिण–पश्चिमका क्वाङतुङ्ग, क्वाङ्गसी र युआनले पेकिङ सरकारसँग स्वतन्त्र घोषणा ग¥यो । सन् १९१७ मा सन यात–सेनले त्वानको विरोधमा शाङ्घाईबाट क्वाङतुङ्गमा एक जलसेनाको नेतृत्व गरी ‘अन्तरिम संविधान’ पुनःस्थापित गर्न दक्षिण–पश्चिम प्रान्तका नेताहरूसँग मिलेर आफू सर्वोच्च कमाण्डर भई एक सैनिक सरकार स्थापना गरे ।
तर, दक्षिणका युद्ध सरदारहरूले पनि त्वान चि चुईबाट शक्ति आफ्नो हातमा लिन मात्रै ‘संविधान’ लाई मानेका थिए र तिनीहरूले फेरि आफ्नो बाटो पहिल्याए । सन यात–सेन पुनः त्वानलाई फाल्ने आन्दोलनमा असफल भए ।
चीनमा पँुजीवादको द्रुतत्तर विकास
युरोपेली साम्राज्यवादीहरू पहिलो विश्वयुद्धमा फसिरहेका बेला चीनले पुँजीवादको द्रुतत्तर विकासको अवसर पायो । सन् १९१३ देखि १९१९ सम्ममा चिनियाँ कपास कारखानाहरूका ६ लाख ५० हजार लटाइँहरू (Spindles) बाट ११ लाख ७० हजार अर्थात् ८० प्रतिशतले वृद्धि ग¥यो । चिनियाँ लुगा बुन्ने तान (Looms) ४ हजार ६ सयबाट ९ हजार ४ सय अर्थात् १०५ प्रतिशतले वृद्धि भयो । पिठो मिलहरू पनि बढेर विदेशमा पनि निर्यात गर्नसक्ने स्थितिमा पुग्यो । त्यस्तै रेशम, चुरोट, सलाई, कपडा, रङ्गाउने (Dyestuf) र अन्य उद्योगहरू अगाडि बढ्यो । शाङ्घाई, थेनचिन Tientsin), उहान (Wuhan) र छिङ्गताओ (Tsingtao) जस्ता मुख्य–मुख्य सहरहरूमा हलुका उद्योगहरू केन्द्रित हुँदै गयो ।
युरोपेली साम्राज्यवादीहरू आपसमा लडिरहेको बेला जापान र संरा अमेरिकाले चीनमाथि आक्रमण गर्दै चीनमा जापानको कपास कारखाना २ लाख ३० हजार लटाइँहरूबाट ४ लाख ५० हजार अर्थात् ६५ प्रतिशत वृद्धि ग¥यो र ३ हजार ५ सय तानबाट ४ हजार ३ सय अर्थात् २३ प्रतिशत वुद्धि ग¥यो ।
सर्वहारा वर्ग र नयाँ संस्कृतिको विकास
त्यही अवधिमा चिनियाँ औद्योगिक मजदुरको सङ्ख्या ६ लाख ५० हजारबाट २० लाख पुग्यो । चिनियाँ सर्वहारा वर्ग नगरहरूमा केन्द्रित थियो र तिनीहरू साम्राज्यवादीहरू, सामन्ती शासक वर्ग र राष्ट्रिय पुँजीपति वर्गबाट शोषित थिए । तिनीहरू कम ज्याला र सा¥है नराम्रो वा उकुसमुकुस हुने वातावरणमा १४ देखि १८ घण्टासम्म काम गर्न बाध्य थिए । तिनीहरू जाँचकी र मालिकलाई चिप्लो घस्नेहरूबाट लठी, डण्डा, कोर्रा र यातनाका अन्य ज्यावलहरूबाट पीडित थिए तथा महिला र केटाकेटीहरू झन् शोषित र पीडित थिए । सानो निहुँ पाउनासाथै मालिकहरूले मजदुरहरूलाई पिट्थे र ज्याला कटाउँथे । तिनीहरूको क्रुर व्यवहारको विरोध गर्ने मजदुरहरूलाई बेला मौकामा साम्राज्यवादीहरू र चिनियाँ प्रतिक्रियावादी शासकहरूले हत्यासम्म गर्थे ।
चीनको पुँजीवादी कारखाना व्यवस्थाको सुरुमा सर्वहारा वर्ग साम्राज्यवादीहरू, सामन्ती शासकहरू र चिनियाँ पुँजीपति वर्गबाट शोषित पीडित थिए । आनयुआन (Anyuan Colliery) र क्याङ्गसी कोइलाखानी मजदुरहरूले १९११ को क्रान्तिमा पनि भाग लिएका थिए । १९१३ मा हानयान (Hanyan Arsenal) को हात–हतियार र गोलीगठ्ठा कारखानामा ज्याला घटाएकोमा हड्ताल गरेका थिए । सन् १९१५ देखि हड्तालहरू बरोबर हुनथाल्यो र आकार पनि बढ्दै गयो । त्यसबेला चीनमा माक्र्सवादी–लेनिनवादी विचारहरू फैलिनसकेको हुँदा र अगाडि बढेको क्रान्तिकारी सिद्धान्तबाट निर्देशित नहुँदा मजदुर सङ्गठनहरूको सङ्घर्षको आन्दोलनको द्रुतत्तर विकासले क्रान्तिकारी सर्वहारा वर्गको पार्टी चीनको कम्युनिस्ट पार्टीको स्थापनामा योगदान ग¥यो ।
राष्ट्रिय पुँजीवादको द्रुतत्तर विकास तथा सर्वहारा वर्गको वृद्धिले चिनियाँ जनतामा बौद्धिक जागरणबाट नयाँ सांस्कृतिक आन्दोलनको विजारोपण भयो । नयाँ सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले सन् १९१५ मा स–साना पुँजीवादी बुद्धिजीवीहरूको एक समूहले ‘नयाँ युवा’ (Hsin Ching Nun) पत्रिका प्रकाशनमा ल्यायो । त्यसले प्रजातन्त्र र विज्ञानको पक्षमा प्रचार ग¥यो तथा सामन्ती निरङ्कुशतन्त्र र अन्धविश्वासलाई खण्डन गथ्र्यो । त्यस समूहले साहित्यको सामन्ती शैली र रचनाको पुरानो शैलीको विरोध गथ्र्याे तथा नयाँ क्रान्तिकारी विचारहरू प्रचार गर्ने उद्देश्यले सरल लेखन शैलीलाई प्रचार गथ्र्यो ।
नयाँ साहित्यको आन्दोलनका अग्रदूतहरूमध्ये लि ता चाओ Li Ta Chao), चेन तु स्यू (Chen Tu Hsiu), लु सुन (Lu Hsun) र अरुहरू थिए । तिनीहरूले गहिरो भावनाका साथ सजीव र जोशिलो शैलीबाट लेखहरू लेख्थे, चीनका नवयुवाहरूले आफूलाई परिवर्तन गर्न आह्वान गर्थे, प्रगतिलाई बढावा दिन्थे, पुरानो सामन्ती समाजको ठाउँमा नयाँ प्रजातान्त्रिक देशमा रूपान्तरण गर्न परम्परागत सिक्रीहरूलाई चुँडाल्न आह्वान गर्थे ।
सन् १९१७ को नोभेम्बर महिना र पुरानो रुसी पात्रअनुसार अक्टोबर महिनामा बोल्शेविक पार्टीको नेतृत्वमा रुसी मजदुर र किसानहरूले महान समाजवादी क्रान्तिको विजय प्राप्त गरे । तिनीहरूले पुँजीपतिहरू र जमिनदारहरूको शासनलाई फालेर संसारमा पहिलो सर्वहारा हुकुमलाई स्थापित गरे । अक्टोबर क्रान्तिको विजयले मानव जातिको जीवनको एक ऐतिहासिक घुम्ती दियो ।
समाजवादी सरकारले केही समयमै जारकालीन रुसले गरेको चीनसगँका सबै असमान सन्धिहरूलाई खारेज ग¥यो र चीनमाथि जारका साम्राज्यवादीहरूले थोपरेका सबै सन्धिका विशेषाधिकार रद्द ग¥यो । त्यसबाहेक सोभियत राज्यले राष्ट्रिय स्वाधीनताको निम्ति चीनले गरेको आन्दोलनलाई समर्थन गर्ने घोषणा ग¥यो । यी मैत्रीपूर्ण अभिव्यक्तिहरूले चिनियाँ जनताको न्यानो समर्थन सोभियत सङ्घले प्राप्त ग¥यो ।
अक्टोबर क्रान्तिको प्रभावबाट चिनियाँ बुद्धिजीवीहरू समाजवादतिर आकर्षित हुनथाले । नयाँ सांस्कृतिक आन्दोलनका धेरै नेताहरूले माक्र्सवाद–लेनिनवादलाई अङ्गाले तथा चीनले रुसको बाटोको वकालत ग¥यो साथै रुसी क्रान्तिको उदाहरणबाट सिक्ने अठोट चीनमा देखाप¥यो ।
सन् १९१८ मा लि ता चाओले ‘साधारण जनताको विजय’ र ‘बोल्शेविकवादको विजय’ भन्ने दुई रचना प्रकाशित गरे । उनले ती रचनाहरूमा सा¥है उत्साहका साथ अक्टोबर क्रान्तिलाई स्वागत गरे । उनका रचनाका केही चर्चित हरफहरू हुन्, ‘१९१७ को रुसी क्रान्ति २० औं शताब्दीको विश्वक्रान्तिको अग्रीम सूचना हो ।’
“भविष्यको संसारलाई हेर ! यो संसारको रातो झण्डा हुनेछ ।”
पुरानो प्रजातान्त्रिक क्रान्तिको अन्त
रुसको अक्टोबर समाजवादी क्रान्तिले चिनियाँ पुँजीपति वर्गको पुरानो प्रजातान्त्रिक क्रान्तिको अन्त र सर्वहारा वर्गको नेतृत्वमा हुने नयाँ प्रजातान्त्रिक क्रान्तिको बाटो देखायो ।
सन् १८४० को अफिम युद्धदेखि १९१९ को मई ४ को आन्दोलनसम्मको अवधि चीनलाई अर्ध–उपनिवेश र अर्धसामन्ती देशमा फेर्न चिनियाँ सामन्ती शक्तिहरूसँग मिलेर विदेशी आक्रामकहरू एक भई काम गरे । यो नै विदेशी आक्रामकहरू र घरेलु सामन्ती शक्तिहरूको विरोधमा चिनियाँ जनताका सबै जाति–जनजातिहरूको दृढ सङ्घर्षको इतिहास हो ।
यस अवधिमा चिनियाँ जनताले आफ्ना पुर्खाहरूको गौरवपूर्ण क्रान्तिकारी परम्पराहरूलाई चालूराखे तथा तिनीहरूले महान् सङ्घर्षहरूमा आ–आफ्नो अविचलित भावनालाई प्रदर्शित गरे । बारम्बार तिनीहरू असफल भए । पछिल्ला घटनाहरूले माक्र्सवाद–लेनिनवादको निर्देशनमा र चिनियाँ मजदुर वर्गको नेतृत्वमा तथा यसका अग्रदूत चिनियाँ कम्युनिस्ट पार्टीको मातहतमा मात्रै सफलता हासिल हुन्छ भन्ने प्रमाणित ग¥यो । साम्राज्यवाद र सामन्तवादमाथि अन्तिम विजय पाउन सक्ने योमात्रै एउटा उपायबाट चिनियाँ जनताले विजय प्राप्त गर्नसके ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *