भर्खरै :

तिब्बतमा प्रजातान्त्रिक सुधारका ६० वर्ष – ३

सामन्ती भूदास प्रथाको उन्मूलन
१७ बुँदे सम्झौताअनुसार तिब्बतको शान्तिपूर्ण मुक्तिका सुरुका दिनमा चिनियाँ कम्युनिस्ट पार्टीले माथिल्लो वर्गका जनताको मन जित्ने र सर्वसाधारण जनताको समर्थन हासिल गर्ने प्रयास ग¥यो । सुधारको घोषणा गरेर तत्कालै उनीहरूलाई परिचालन गरिहालेन । तिब्बतमा जनमुक्ति सेना र चिनियाँ कम्युनिस्ट पार्टीले स्थानीय जनताको हित हुने गतिविधिमा मिहिनेत गरे । उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरे । सरुवा रोग निर्मूलनको लागि काम गरे । पानी जम्मा गर्ने परियोजना विकास गरे । बाटो र पुल बनाइदिए । प्रकोपबाट उद्धार र राहत कार्यमा परिचालन भए । व्याज नलाग्ने ऋणको व्यवस्था गरे । वैज्ञानिक बीउ र कृषिऔजार प्रदान गरे । चलचित्र देखाए । आर्थिक सहयोगभन्दा रोजगार नै दिए ।
सिचुवान (सिकाङ)–तिब्बत राजमार्ग सन् १९५० मा निर्माण गरियो । सो राजमार्ग निर्माण गर्दा तिब्बतका जनताले जनमुक्ति सेनालाई आफूले निःशुल्क श्रम गर्न नपर्ने थाहा पाए । उनीहरूलाई कोही भूदास मालिकले दास बनाएन । बरु आफ्नै लागि र आफ्नो भावी पुस्ताको लागि काम गरेको अनुभव गरे । आजभोलि काउन्टी बराबरको जोङ्गको न्यिङची (Nyingchi) सहरको पायी (Bayi) जिल्ला र पहिलेको जोमो जोङ्ग
(Jomo Dzong) र आजभोलिको न्यिङची सहरको मेनलिङ्ग (Mainling) काउन्टी, आजभोलिको सेला जोङ्ग (Tsela Dzong) मा काम गरेका निर्माण मजदुरले भनेका थिए, “जनमुक्ति सेना भनेका जीवित देवता हुन् । जनमुक्ति सेनाबारे खराब कुरा गर्ने मानिस भनेको भेँडाको छाला ओडेको ब्वाँसो हो । उनीहरू हाम्रा तिब्बती जनताबीच लुकेका राक्षसहरू हुन् ।”
सन् १९५४ को जुलाईमा न्याङ्गछु  (Nyangchu) नदीको उपल्लो भागमा बरफ फुट्दा ठूलो बाढी आयो । बाढीले ग्यान्त्से जोङ्ग (Gyantse Dzong) र पानाम जोङ्ग (Panam Dzong) का ९१ जना मानिस बगायो । १७० भन्दा बढी गाउँमा क्षति पु¥यायो । १६ हजारभन्दा बढी मानिसको जीवन अस्तव्यस्त बनायो । ४ हजार हा भन्दा बढी भूमि डुबानमा पा¥यो । झन्डै ८ हजार चौपाया र वस्तुभाउ पनि मारिए । चीनको केन्द्रीय सरकारले बाढीपीडितको राहत र उद्धारको लागि ८ लाख चाँदीका सिक्का निकासा ग¥यो । ग्यान्त्सेको चिनियाँ कम्युनिस्ट पार्टीको एकाइ र जनमुक्ति सेनाको स्थानीय एकाइ बाढी पीडितको उद्धार र राहत वितरणमा निकै सक्रियतापूर्वक लागे । दामशुङ्ग जोङ्ग (Damshung Dzong) का मुखियाले त चिनियाँकम्युनिस्ट पार्टीको नगछु (Nagchu) कार्यसमितिलाई पीडित जनतालाई जौ र चिया वितरण गर्नसमेत रोक लगाएका थिए । यो घटनापछि तिब्बतका जनताले चिनियाँकम्युनिस्ट पार्टी र जनमुक्ति सेनाबारे राम्ररी बुझे । उनीहरूले सामन्ती भूदास व्यवस्थाको अन्त्यपछि मात्र नयाँ जीवनको आरम्भ हुनसक्ने बुझे ।
यस्तो प्रस्ट भेदले तिब्बतको जनतालाई सचेत बनायो । केही भूदासहरू शोषण र उत्पीडनको विरोधमा उठे । केही भूदास आफूलाई भूदास मालिकले बाँधेको बन्धनविरुद्ध विद्रोह गरी भागे ।
पहिलेका दास र हाल तिब्बतका एकजना वरिष्ठ अधिकारी पासाङले आफू किशोरी छँदै आफ्नो मालिकले आफूलाई कडा श्रम गर्न बाध्य पारेको अनुभव सुनाइन् । मालिकको कुटपिट सहन नसकेर पन्ध्र वर्षको हुँदा उनी भागेकी थिइन् । सन् १९५६ मा लाङ्ग जोङ्ग Lang Dzong) र पलबर जोङ्ग (Palbar Dzong) मा प्रजातान्त्रिक सुधारको माग गर्दै एक सत्न्दा बढी किसानहरूको एउटा भेला भएको थियो । सन् १९५६ को जुलाई २५ मा ल्हासाको लुनझुब (Lhunzhub) काउन्टीका झन्डै ६५ जना किसानहरूले आफ्नो औँठाछापसहितको ज्ञापनपत्र चौधौँ दलाई लामालाई बुझाएका थिए । ज्ञापन पत्रमा लेखिएको थियो, “हामी सबै किसान हौँ । हामी अरु कुनै कुराभन्दा प्रजातान्त्रिक सुधारको लागि आतुर छौँ ।”
समयको परिवर्तनसँगै तिब्बतका माथिल्लो वर्गका केही सदस्यले प्रजातान्त्रिक सुधारको पक्ष लिए । सन् १९५२ मा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कार्यसमितिले तिब्बतबाट चीनका विभिन्न क्षेत्रको भ्रमण गराउने दर्जनौँ भ्रमण कार्यक्रम आयोजना ग¥यो । कुनै प्रतिनिधिमण्डलले चीनको केन्द्रीय सरकारलाई भेट्यो । कुनै प्रतिनिधिमण्डलले जनवादी गणतन्त्र चीनको स्थापना दिवसको अवसरमा पेइचिङको भ्रमण गरे । कुनै भ्रमण दल थिए भने केही बौद्धमार्गीहरूको दल थियो । यसरी भ्रमण गरेका प्रतिनिधिमण्डलले चीनका अन्य क्षेत्रको विकासको लहर देखेर तिब्बतका माथिल्लो वर्गका केही देशभक्त व्यक्तिहरूले आफ्नो विचार परिवर्तन गरे र तिब्बतमा प्रजातान्त्रिक सुधारको विचारलाई समर्थन गरे ।
ल्हासाको डोइलुङ्गडुछेन (Doilungdeqen) जिल्लाको पाङकुन (Pangcun) गाउँका एक जना किसानले तत्कालीन समयका दुई घटनाको स्मरण गरे । सन् १९५६ मा केन्द्रीय सरकारले तिब्बतका केही जमिनदारलाई चीनका विभिन्न भागको भ्रमणका लागि आमन्त्रण ग¥यो । यस्तो भ्रमणबाट फर्केपछि एक जना जमिनदार चन्द्रक केलझाङ शेराबले आफ्ना सबै भूदासलाई मुक्त गर्ने र सबैको भूमि वितरण गर्ने निर्णय गरे । सन् १९५६ मा तिब्बतका कुलीन थाङ्मे कोनछोङ पाल्मोको नेतृत्वमा तिब्बती महिलाहरूको टोलीले तिब्बतबाहिर चीनको भ्रमण ग¥यो । फर्केर सो टोलीले ल्हासा वरपरका किसानहरूमाझ प्रजातान्त्रिक सुधारका नीति र फाइदाबारे प्रचार ग¥यो । उनीहरूले तिब्बतको प्रजातान्त्रिक सुधारको पक्षमा उभिन तिब्बत देशभक्त युवा सङ्गठन र तिब्बत देशभक्त महिला सङ्गठनका धेरै सदस्यलाई उत्साहित गरे ।
सन् १९५७ को सेप्टेम्बरमा ग्यान्त्सेका मुखिया पलगन छोन्द्रुप (Palgon Chogdrup) ले आफ्नो भूदास वानछेन पुङ्गस्टग (Wangchen Pungstog) लाई निर्ममतापूर्वक कुटपिट ग¥यो । यो सुनेर तिब्बतको सरकारका कलोन (Kalon–मन्त्री) गापो गावाङ्ग जिग्मे (Ngapoi Ngawang Jigme) निकै रिसाए र भने, “तिब्बतका जनताले पक्का समाजवादको बाटो छान्नेछन् । उनीहरू प्रजातान्त्रिक सुधारको पक्षमा छन् । उनीहरूको आवश्यकता त्यही हो । उनीहरू राजनीतिक, आर्थिक र सांस्कृतिक विकास प्रवद्र्धन गर्न चाहन्छन् र खुसियालीमा बाँच्न चाहन्छन् । यो मानव विकासको अकाट्य नियम हो र प्रगतिको अवश्यम्भावी बाटो हो ।”
सन् १९५२ मा महासामन्त युथोककी छोरी सामलिङ छिरिङ पाल्ड्रोनले तिब्बतमा जनमुक्ति सेनाका सिपाहीँहरूलाई तिब्बती भाषा सिकाउन थालिन् । स्थानीय माथिल्लो वर्गका प्रतिक्रियावादीहरूले गरेको विरोधलाई बेवास्ता गर्दै उनले त्यस्तो कदम चालेकी थिइन् । उनले भनिन्, “मलाई पूरा विश्वास छ एक दिन तिब्बतका जनताले सामन्ती भूदास व्यवस्थाले थोपरेको शोषण र उत्पीडनको जग हल्लाउनेछन् । एक दिन चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा हामीले आफ्नै राजनीतिक शक्ति निर्माण गर्नसक्नेछौँ ।”
तिब्बतका जनताले क्रमशः सुधारबारे राम्रो धारणा बनाउन थाले । माथिल्लो वर्गका केही मानिसले यसलाई थप सकारात्मक प्रकाशमा हेर्न थाले । तथापि आफूले खाईपाई आएको सुविधासँग जोडिएका स्वार्थ र धर्मतन्त्रअन्तर्गत सामन्ती भूदास व्यवस्थालाई दिगो बनाउन तिब्बतमा एउटा समूहले विद्रोह ग¥यो । यसले सामाजिक प्रगतिको बाटो रोक्ने पक्का छ ।
सन् १९५९ को मार्चमा तिब्बत सरकारमा बसेका माथिल्लो वर्गका प्रतिक्रियावादी वर्गले १७ बुँदे सम्झौता च्याते । उनीहरूले ल्हासामा सशस्त्र विद्रोह गरे । उनीहरूको त्यो विद्रोह तिब्बती जनताको भावना र इतिहासको गतिविपरीत थियो । त्यसको जवाफमा केन्द्रीय सरकारले तिब्बतको सरकार विघटन ग¥यो र विद्रोह दबायो । त्यही समयमा सरकारले तिब्बतमा प्रजातान्त्रिक सुधारको लागि जनपरिचालन थाल्यो ।
तिब्बतमा प्रजातान्त्रिक सुधार चिनियाँकम्युनिस्ट पार्टीको नेतृत्वमा भएको नयाँ जनवादी क्रान्तिकै शिलशिला थियो । साथै अधोगतिबाट प्रगतितिरको सामाजिक रुपान्तरणको अवश्यम्भावी परिणाम थियो । प्रजातान्त्रिक सुधार ग्रामीण क्षेत्र, चरन क्षेत्र, गुम्बा र सहरी क्षेत्रमा प्रगतिशील तरिकाबाट कार्यान्वयन गरिएको थियो ।
८ लाख जनसङ्ख्या भएको ग्रामीण क्षेत्रमा केन्द्रीय सरकारले प्रतिक्रियावादी विद्रोह, बँधुवा श्रम र दासताको विरोध अभियानमा जनतालाई परिचालन ग¥यो । भूमिको न्यून कुत र ऋणको व्याज दर कटौतीको पक्षमा त्यो अभियान अघि बढाइयो । समयान्तरमा केन्द्रीय सरकारले किसानलाई भूमि वितरण ग¥यो । सरकारको सो निर्णयले सामन्ती भूदास व्यवस्था पूर्णतः निर्मूलन भयो ।
परिणामतः पुस्तौँ पुस्तादेखि शोषणमा पिल्सिँदै आएका भूदासहरू स्वतन्त्र बने । उनीहरूले १ लाख ८६ हजार ६६६ भन्दा बढी हा जमिन र उत्पादनका अन्य साधन आफ्नो स्वामित्वमा बनाए । जब दासका तमसुक र अन्य कागजात सबै च्यातेर जलाइयो, उनीहरूले नाचे, गाए र आफू स्वतन्त्र भएको अवसरमा खुसी भए । सन् १९६० को सुरूमा मात्र झन्डै दुई लाख किसान परिवारले जमिनको लालपुर्जा प्राप्त गरे । जसको जोत उसको पोत, भूमिको न्यून कुत, ऋणको व्याजदरमा कटौती र पुरानो ऋणको खारेजीलगायतका नीतिबाट फाइदा उठाउँदै किसानहरूले ५० करोडभन्दा बढी अन्न उत्पादन गरे । त्यत्ति अन्न भनेको प्रतिव्यक्ति ७५० केजीभन्दा बढी हुन्छ ।
नदोङ काउन्टीको खेसुम शिकाका ६८ वर्षका किसान छिरिङ ड्रोलकरले भने, “जीवनभर हामी बँधुवा मजदुर भयौँ । हाम्रो नाममा एक टुक्रा माटो पनि थिएन । बाँच्नलाई पुग्ने अन्नको लागि हामी सधैँ चिन्तित हुन्थ्यौँ । सरकारले अब हामीलाई भूमि दिएको छ । अब हाम्रा भोकै मर्ने दिन गयो ।” मुक्त भएका सबै भूदासहरू खुसी भए । उनीहरूले भने, “दलाई लामाको आभाले भारदारहरूलाई मात्र न्यानो बनाउँथ्यो । तर, अध्यक्ष माओको आभाले भने हामी सबै गरिबलाई आलोकित बनाएको छ । कुलीनतन्त्री सूर्य अस्ताउँदै छ, हाम्रो सूर्य उदाउँदै छ ।”
२ लाख ८० हजार जनसङ्ख्या भएको चरन क्षेत्रमा केन्द्रीय सरकारले प्रतिक्रियावादी विद्रोह, बँधुवा श्रम र दासताको विरोधमा अभियान चलायो । पालिएका गोठाला र पशु मालिकको हित हुने नीति अङ्गीकार गरियो । तर, पशु मालिकलाई उनीहरूसँग भएको सामन्ती सुविधाबाट बञ्चित बनाइयो । केन्द्रीय सरकारले प्रतिक्रियावादी विद्रोहमा सहभागी बनेका पशुमालिक र जमिनदारीसँग भएका सबै चौपाया र भेँडा खोस्यो र गरिब किसान र गोठालालाई वितरण ग¥यो । विद्रोहमा सहभागी नभएका पशु मालिकलाई केन्द्रीय सरकारले कुनै किसिमका विभेद वा सजाय गरेन । उनीहरूलाई उनीहरूसँग भएका चौपाया र भेँडा राख्न दियो ।
यस्तो संरक्षणात्मक कदमले सामन्ती दासतामा परिवर्तन गरी रोजगारीमा आधारित सम्बन्धको विकास भयो । यसले जोताहा र गोठालालाई आफ्ना वस्तुभाउको रक्षा गर्न र हुर्काउन उत्साहित बनायो । पशु मालिकलाई व्यवस्थित पशुपालन चलाउन र विकास गर्न टेवा पु¥यायो । मानिस र पशु दुवै शान्तिसँग बस्न पाए । विद्रोहीहरूले धेरै सङ्ख्यामा चौपाया र भेँडा मारिसकेका थिए । तर, चाँडै नै पशुपालन व्यवसाय बिस्तार भयो । डामसुङ्ग पेरारे (Damxung Prairie) का गोठालाहरू गीत गाउँथेः
‘पहिले डामसुङ पेरारे हामी गोठालाको थियो,
पछि सेरा गुम्बाले हामीसँग खोस्यो
त्यही बेलादेखि हामी बाँचेका थियौँ नर्कमा ।
अहिले जनताको सरकारले नयाँ आदेश जारी ग¥यो,
हामीले आफ्नै नेताहरू चुनेका छौँ,
सुन्दर डामसुङ पेरार आज हामी गोठालाकै हातमा आएको छ ।’
गुम्बाहरूमा चिनियाँ कम्युनिस्ट पार्टीले विद्रोह, सामन्ती सुविधा र शोषणको विरोधमा विवेकपूर्ण र चुस्त माध्यमबाट अभियानको थालनी गरेको थियो । साथै राजनीतिक दमन, वर्गीय उत्पीडन र आर्थिक शोषणको विषयमाथि विचार पु¥याइएको थियो । यस्ता कदमले सामन्ती सहुलियत, शोषण र उत्पीडनको प्रणाली उन्मूलन ग¥यो ।
चिनियाँ कम्युनिस्ट पार्टीले राजनीतिक एकतालाई जोड दिंदै धर्मबाट सरकारलाई अलग्ग बनायो । धर्मको आवरणभित्र लुकेका विद्रोही र प्रतिक्रियावादीलाई सरकारले सजाय ग¥यो । सरकारले धार्मिक विश्वासको स्वतन्त्रताको सिद्धान्तलाई कायम राख्दै नागरिक अधिकारलाई सम्मान र रक्षा ग¥यो । देशभक्त र कानुनको पालना गर्ने गुम्बाहरूको रक्षा ग¥यो र गुम्बाभित्र प्रजातान्त्रिक व्यवस्थापन प्रणालीको थालनी ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टीले विद्रोहमा सहभागी नभएका गुम्बाहरूसँग रहेका उत्पादनका साधनलाई किनेर तिनीहरूप्रति सम्मान व्यक्त ग¥यो । प्रजातान्त्रिक सुधारको अभियानको क्रममा ठूलो सङ्ख्यामा भिक्षु र आनीहरू नियमित जीवनमा फर्के । यो अभियानपछि तिब्बतमा ५५३ वटा गुम्बा बाँकी रह्यो । तिनमा ७ हजारभन्दा बढी भिक्षु र आनीहरू रहे । उनीहरूले धर्मप्रति आस्था राख्ने स्थानीय जनताको धार्मिक आवश्यकता पूरा गरे ।
सहरी क्षेत्रमा केन्द्रीय सरकारले विद्रोह, सामन्ती प्रणाली, शोषण र सहुलियतको विरोधमा अभियान चलायो । भूमिको न्यून कुत र ऋणको न्यून व्याजदरको पक्षमा सरकार उभियो । विद्रोहमा सहभागी नभएका भूदास मालिक र उनीहरूका सहयोगीहरूसँग भएका उत्पादनका साधन र भूमिलाई मुआब्जासहित खरिद गर्ने नीति अङ्गीकार ग¥यो । सरकारले उद्योग वाणिज्यको रक्षा ग¥यो । उद्योगपति र व्यापारीहरूबीच पनि विद्रोही र विद्रोहमा सहभागी नभएकालाई फरक–फरक तरिकाबाट व्यवहार गरियो । उद्योग र व्यापारमा लागेका मानिसको अधिकार र हितको पनि रक्षा गरियो । सरकारले गरिब नागरिक र घरबारविहीनको जीवनयापन सुनिश्चित ग¥यो । व्यापार पुनस्र्थापना र वस्तु स्वतन्त्रताको कारोबार सुनिश्चित गरियो । सहरी आपूर्ति सुनिश्चित गरियो । आर्थिक र सामाजिक व्यवस्था कायम गरियो । चिनियाँ कम्युनिस्ट पार्टीले सबै उपलब्ध शक्तिलाई एकजुट बनाएर सामूहिक श्रमको बन्दोबस्त सबल बनायो । पार्टीले देशभक्त, साम्राज्यवादविरोधी र प्रजातान्त्रिक सुधार स्वीकार्ने भूदास मालिक र तिनका सहयोगीहरूलाई उपयुक्त रोजगारीको बन्दोबस्त ग¥यो ।
Democratic Reforms in Tibet- Sixty Years On
नेपाली अनुवाद ः अनिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *