भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
पर्वत, २२ साउन । नेपालका मौलिक नाचहरूमध्ये लोकप्रिय लाखेनाच युवा पुस्तामा रुचि नहुँदा यो हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न अवसरमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । हराउँदै गएको लाखेनाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह यसको संरक्षणमा जुटेको छ ।
नागपञ्चमीदेखि कृष्ण जन्माष्टमीसम्म हरेक दिन सदरमुकाम कुश्माबजारमा लाखेनाच देखाउन सुरु गरिएको समूहका अध्यक्ष तेजप्रसाद श्रेष्ठले बताउनुभयो । “पहिले–पहिले गाउँगाउँमा पनि लाखेनाच देख्न पाइन्थ्यो । पछिल्लो समय सदरमुकाममै पनि लाखे देख्न मुस्किल छ, लोप हुन लागेको छ”, उहाँले भन्नुभयो ।
स्थानीय राम श्रेष्ठका अनुसार नागपञ्चमीको दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन साँझ बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।
जनैपूर्णिमासम्म लाखेनाच तथा त्यसपछि रोपाइँजात्रा, गाईजात्रा, बाघजात्रा र हनुमान नाच प्रदर्शन गरिने उहाँले बताउनुभयो । “हामी हरेक दिन लाखे नचाउँछौँ । रोपाइँजात्रामा रोपाइँ गर्दै, गाईजात्रा हास्यव्यङ्ग्यसहित गाई बनाउँदै, बाघजात्रामा बाघहरूको नाच र लडाइँ देखाउँदै र हनुमान नाचमा हनुमान बनाएर हनुमानका व्यवहारहरू देखाउने गरिन्छ”, उहाँले भन्नुभयो ।
हरेक दिन लाखेनाच प्रदर्शन गर्दा खर्च हुने भएकाले कोषमार्फत लाखे नचाउने गरिएको छ । धेरै वर्षअघि स्थापना भएको कोषमा करिब रु. २० लाख रहेको र त्यसैबाट जात्रा र नाचका लागि खर्च हुने गरेको छ ।
Leave a Reply