भर्खरै :

राजनीतिक नैतिकता र दृढ अडानको प्रकाश स्तम्भः नेमकिपा

समा
राजनीतिक पार्टी सिद्धान्तच्यूत भएमा त्यो पार्टी होइन मानिसको भिडमा परिणत हुन्छ । ठीक यही अवस्थाबाट अहिले शासक पार्टी गुज्रिरहेको छ । साम्यवादको लक्ष्यलाई पार्टी कार्यक्रमबाट हटाएर पुँजीवादी पार्टीमा रूपान्तरण हुँदैछ । राजनीतिक दलहरू र नेता तथा कार्यकर्तामा राजनैतिक नैतिकता र दृढ अडान हराउँदै गइरहेको बेला पुस्तिका ‘नेपाल मजदुर किसान पार्टी राजनीतिक नैतिकता र दृढ अडानको प्रकाश स्तम्भ’ को चर्चा सान्दर्भिक नै होला । आजभन्दा २१ वर्ष अगाडि प्रकाशित यस पुस्तिकाका प्रत्येक बुँदा आज पनि उत्तिकै विचारणीय छ ।
हिजो पञ्चायती व्यवस्थाविरुद्ध लडेको राजनैतिक दल, राष्ट्रिय विचार बोक्ने दल नेमकिपाविरुद्ध बहुदलवादीहरूले नै ३ प्रतिशतको थ्रेसहोल्ड थोपरेको जानकारी पुस्तिकाबाट मिल्छ । त्यो एक किसिमको राजनीतिक बेइमानी या षड्यन्त्र थियो । त्यो आज पनि दोहोरिनु विडम्बनाको हद हो ।
नेमकिपाले निरङ्कुश पञ्चायती कालरात्री चिर्न र पार्टीमाथिको प्रतिबन्ध फुकाउन ३० वर्षसम्म निरन्तर अविचलित सङ्घर्ष ग¥यो । बहुदल पुनः स्थापनाका लागि सिद्धान्त र विचारको जगमा सङ्घर्ष ग¥यो । सधैँभरि जनता र जनताको प्रजातन्त्रको पक्षमा उभियो । पञ्चायती निर्वाचनलाई उपयोग गर्ने नीतिमा, गणतन्त्र र पुँजीवादी पार्टीप्रतिको दृष्टिकोणमा, किसान आन्दोलन र भ्रष्टाचारविरोधी सङ्घर्षमा, निजीकरणको विरोधमा सामाजिकीकरणको सवालमा, भाषा र जातजातिको विषयमा, व्यक्ति हत्याको विरोधमा स्पष्ट दृष्टिकोण राख्दै समाजवाद र साम्यवादको लक्ष्यमा अविचलित रहँदै आएको नेमकिपाको गौरवपूर्ण र सिद्धान्तनिष्ठ इतिहास पुस्तिकाले उजागर गर्छ । राजनीतिक दल सिद्धान्त र दर्शनको निकेतन हो भन्ने पुष्टि नेमकिपाले बारबार गर्दै आइरहेको छ । नेमकिपाले आफ्नो वर्गीय आधार तथा दृष्टिकोण स्पष्ट पार्दै कामदारवर्गको पक्षमा आफूलाई उभ्याउँदै आइरहेको छ । यी र यस्ता विषयवस्तुबारे यस पुस्तिकाले सत्यतथ्य जानकारी दिन्छ ।
तत्कालीन परिस्थितिमा राप्रपासँगको मतभिन्नताबारे पुस्तिकामा तथ्यपरक विवेचना छ । मुखले एउटा बोल्ने व्यवहारबाट आफ्नो रङ्ग देखाउने काङ्ग्रेस र एमालेबारे यथार्थपरक परिच्छेदहरू छन् ।
पुस्तिकामा लेखिएको –“नेपाली काङ्ग्रेस एउटा किसानको तस्वीर झुण्ड्याएर शासन गर्छ तर बहुमत मोही किसानकै घाँटी निमोठ्छ । द्वैध स्वामित्व अन्त्य गर्ने जाली कुरा गर्छ । एमाले साम्राज्यवादको विरोधी भएको दाबी गर्छ तर साम्राज्यवादी संरा अमेरिकाको झन्डा बोकाएर नेपाली सेनालाई हाइटीमा दमन गर्न पठाउँछ ।”
एमाले हिजो जुन रङ्गको थियो आज पनि उस्तै छ । रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने एमालेको कम्युनिस्टविरोधी
प्रवृत्ति उस्तै छ । माओवादीसँग मिलेर एमालेले कम्युनिस्टको बदनाम गर्ने खेललाई अझ सशक्त बनाउँदैछ । एमालेको उक्त प्रवृत्तिलाई नेमकिपाले सैद्धान्तिक विचलन, वैचारिक दरिद्रता र छेपारोको अडानको संज्ञा दिएको स्मरण पुस्तिकाले गराउँछ । ‘माक्र्सवाद–लेनिनवाद’ र ‘कम्युनिस्ट’ शब्दलाई ट्रेडमार्कको रूपमा प्रयोग गरी एमाले आजभन्दा २५–३० वर्ष अगाडि नै पुँजीवादी पार्टीमा पतन भइसकेको थियो । नेमकिपाका अध्यक्ष रोहितले २०४८–४९ सालतिरै एमाले भाइकाङ्ग्रेस हो भनी संसद्बाटै घोषणा गर्नुभएको कुरा समयले सही साबित गरिसकेको छ । नेमकिपाले नेपालको राजनीतिक वृत्तमा हाबी ठूला भनिएका पार्टीहरूको अहङ्कारवाद र प्रभुत्ववादविरुद्ध अनवरत सङ्घर्ष ग¥यो । सम्भावित दुई पार्टी तानाशाहीको विरोधमा सदा लडिरह्यो । प्रतिष्ठित र सिद्धान्तमा दृढ पार्टीको लागि नेतृत्व कति महत्वपूर्ण हुन्छ भन्ने तथ्य पुस्तिकाले प्रस्तुत गर्छ ।
तत्कालीन एमाले सत्ताकै लागि राप्रपासँग पनि मिल्यो । नेमकिपाले २२ बुँदे सर्तसहित आलोचनात्मक समर्थन जनायो । राप्रपा र एमालेको प्रतिबद्धताअनुसार काम हुन सकेन र नेमकिपाले समर्थन फिर्ता लियो । एमाले सत्ताच्यूत भएलगत्तै अध्यक्ष रोहित र नेमकिपामाथि अराजनीतिक, अनैतिक ढङ्गले विषवमन र चरित्र हत्या गर्न एमालेले न्वारानदेखिको शक्ति प्रयोग गरेको यथार्थ तस्वीर पुस्तिकाले छर्लङ्ग पारेको छ ।
एमालेको सत्तामा रमाउने सामन्ती संस्कार हटेको छैन । बौद्धिक दरिद्रता, अराजनीतिक र अनैतिक सोच, राजनीतिलाई शुभलाभको माध्यम बनाउने दृष्टिकोण एमालेले कहिल्यै त्याग्ने छैन । नेमकिपामाथि अराजनीतिक हमला भएपछि का. रोहितले भन्नुभएको थियो–“यदि हामी बेइमान भए शब्दकोशबाट इमानदार शब्द नै झिक्नुपर्छ ।”
अध्यक्ष रोहितमाथि पद, सुविधा र आर्थिक लाभको आरोपसमेत लगाएका थिए भनी पढिरहँदा पाठकलाई अनौठो लाग्नु स्वाभाविक हो । शासक दलले सीमा नाघेर झूटको खेती गरे पनि त्यो सिंहमर्मरलाई हिलोले छ्याप्नु साबित भयो । नेमकिपामाथि लगाइएका आरोपलाई आधारहीन र मिथ्या प्रमाणित गर्ने थुप्रै प्रमाणहरू पुस्तिकाभित्र छन् । पद, पैसा, सुविधाको पछाडि कहिल्यै नलाग्ने, सिद्धान्त र विचारमा अडिग, निष्ठाको राजनीतिका धरोहर का. रोहितलाई पाठकमाझ पुस्तिकाले थप चिनाएको छ  ।
सत्ताकै लागि राप्रपा छोडेर काङ्ग्रेससँग पनि एमालेको साँठगाँठ रहेको विगतबारे पनि चर्चा गरिएको छ । राजनैतिक सिद्धान्त र आचरण गुमाएका तर राष्ट्रिय मान्यता प्राप्त काङ्ग्रेस – एमालेको सरकार (२०५५) ले थुप्रै राष्ट्रघाती कदमहरू चाले । नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता दल दाबी गर्ने एमालेले कम्युनिस्ट आन्दोलनको मूल प्रवाहलाई ‘भारत परस्त’ नेकाको हातमा सुम्पेको र रायमाझीले नेपालको कम्युनिस्ट आन्दोलनलाई दरबारमा चढाएको कालो इतिहास पुस्तिकाले उजागर गरेको छ । नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा प्रकाश स्तम्भका रूपमा उभियो र आज पनि नेतृत्व गर्दैछ ।
यस्तो राजनीतिक परिस्थितिमा नेमकिपा एक राजनीतिक नैतिकता र दृढ अडान भएको दलको रूपमा इस्पातझैँ उभियो र आज पनि उभिंदैछ । नेमकिपा सिद्धान्त र वर्गीय अडानमा अटल रह्यो र रहँदै आएको छ । यही सन्देश पुस्तिकाबाट मिल्छ । आज पनि सचेत जनता भन्छन्– “नेमकिपा राजनीतिक नैतिकता र दृढ अडानको ‘प्रकाश स्तम्भ’ हो ।”
पुस्तिकाले नेमकिपाको वैचारिक सङ्घर्षको इतिहास उजिल्याउँछ । देश र जनतालाई शीरमा राखी जनविरोधी गतिविधिविरुद्ध आगो ओकल्ने नेमकिपाले आफूमाथि लागेका आक्षेपहरू पनि सैद्धान्तिक र व्यवहारको कसीमा गलत प्रमाणित ग¥यो । यस्तो गौरवशाली विगत स्मरण गराउने पुस्तिका नयाँ पुस्ताले अध्ययन गर्न आवश्यक छ । अत्यन्त पठनीय एवम् मननीय विचारले भरिएको यस पुस्तिकाले जनताका कार्यकर्ताहरूलाई सिद्धान्त र विचारमा कहिल्यै विचलित बन्न नहुने शिक्षा दिन्छ, सत्यप्रति आस्था राख्न प्रोत्साहित गर्छ । राजनीतिक महत्वको यस पुस्तिकाका प्रकाशकप्रति आभार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *