भर्खरै :

के विश्वविद्यालयहरू उत्कृष्ट विद्यार्थीहरूलाई तान्न ठूलठूला छात्रवृत्तिहरूमा झुण्डिरहनु ठीक छ ?

चिनियाँ विश्वविद्यालयहरूले प्रवेश परीक्षा सकिएपछि गौरवपूर्ण कार्यहरूलगायत शङ्कास्पद तौरतरिका प्रयोग गर्ने गरेको हालका वर्षहरूमा थाहा भएको छ । तीमध्ये ठूलठूला छात्रवृत्तिहरू पनि एक हुन् ।
यो वर्ष चीनको पूर्वमा चेचियाङ्ग प्रान्तमा अवस्थित चीनको एउटा शीर्षस्थ विश्वविद्यालय चेचियाङ्ग विश्वविद्यालय (Zhejiang University) त्यस प्रान्तको परीक्षामा सर्वश्रेष्ठ भएका १ सयजना विद्यार्थीहरूको अगाडि आकर्षक पुरस्कार घोषणा गरेर अल्झिनुप¥यो । तिनीहरूमध्ये त्यस विश्वविद्यालयमा कोही भर्ना भएमा प्रत्येकलाई ५ लाख युआन (७२,६६४ डलर) छात्रवृत्ति दिने भनियो । त्यसो भनेता पनि, शिक्षा मन्त्रालय (The Ministry of Education ) [ MOE] ले उक्त विश्वविद्यालयलाई त्यो कार्य गर्नबाट रोक्यो ।
उत्कृष्ट विद्यार्थीहरूलाई तान्न आकर्षक छात्रवृत्ति प्रदान गर्ने चेचियाङ्ग विश्वविद्यालय मात्र होइन । यस वर्ष, दक्षिण चीनको क्वाङतुङ प्रान्त (Guangdong Province) का दक्षिण चीनका केही विश्वविद्यालयहरूले पनि त्यस अभ्यासलाई जारी राखे । उदाहरणको लागि क्वाङतुङ विश्वविद्यालयले प्रान्त कलेज प्रवेश परीक्षामा मानविकी र विज्ञानका उत्कृष्ट विद्यार्थीहरूलाई १ लाख युआन (१४, ५३२ डलर) प्रदान ग¥यो ।
कति जनता भन्छन्, विश्वविद्यालयहरूले उत्कृष्ट विद्यार्थीहरूको लागि लडन्त भिडन्त गर्नु भ्रष्टाचार वा कुप्रथा हो । विद्यार्थीहरूले विश्वविद्यालय छनोट गरिरहँदा यसले तिनीहरूलाई अनुचित ढङ्गले बहकाउनुको साथै प्राज्ञिक अनुसन्धान कार्यक्रमजस्तो अरु कार्यक्रमबाट पनि ध्यान हटाइदिन्छ । धेरै फाइदा लिनसक्ने विद्यार्थीहरूको लागि पनि यसो गर्नु अनुचित हो । केही उत्कृष्ट विद्यार्थीहरूका सट्टा सबै राम्रा मानिसहरूको लागि उक्त पैसा उपयोग गरेको भए राम्रो हुन्थ्यो ।
छात्रवृत्ति प्रदान गर्ने विषयमा कुरा भइरहँदा केही मानिसहरू विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु त पश्चिमा विश्वविद्यालयहरूमा सामान्य अभ्यास भएको मान्छन् । त्यसैगरी, तिनीहरू जेभए पनि चिनियाँ विश्वविद्यालयहरू छात्रवृत्ति प्रदान गर्न भिन्न भिन्न तरिकाहरू अपनाउँछन् । ठूल्ठूला छात्रवृत्तिको सट्टा उच्च गुणयुक्त शिक्षा र उत्तम वातावरण विद्यार्थीहरूको लागि निर्माण गर्नु सबैभन्दा उत्कृष्ट प्रेरणा हुनेछ ।
पैसाको अर्थ गुण होइन
ताइ सियानरेन (चीन युवा दैनिक) Dai Xianren (China Youth Daily)  हरेक वर्ष कलेजको प्रवेश परीक्षापछि विश्वविद्यालयहरू उत्कृष्ट विद्यार्थीहरूलाई तान्न प्रयास गर्छन् । चेचियाङ्ग विश्वविद्यालय आकर्षणको केन्द्र भएको छ किनभने यसले १ सयजना उत्कृष्ट विद्यार्थीहरूलाई ५ लाख युआन पारितोषिक प्रदान गर्छ । यसो गर्नु एउटा विश्वविद्यालयको लागि टाढाको कुरो हो ।
शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूलाई ठूल्ठूला छात्रवृत्ति वा विद्यार्थीहरूको अगाडि प्रेरणाहरू दिने कुरामा झुण्डिरहन निषेध गर्छ । केही सीमासम्म, विश्वविद्यालयबीच धेरै नम्बर ल्याउने विद्यार्थीहरूको लागि प्रतिस्पर्धा हुनु स्वाभाविक छ । मित्रवत् प्रतिस्पर्धाले यी विश्वविद्यालयहरूको समग्र प्रतिस्पर्धालाई उत्साहित गर्नेछ । यसको ठीक उल्टो, ठूलठूला भाग्य भएका घूस लिने विद्यार्थीहरूबीच भ्रष्ट प्रतिस्पर्धा हुन्छ र नियमहरू तोडिन्छन् ।
एउटा विश्वविद्यालयको प्रतिस्पर्धा त्यस विश्वविद्यालयको अपव्ययी छात्रवृत्तिमा आधारित नभई आप्mना विद्यार्थीहरूको श्रृजना गर्नसक्ने यसको प्राज्ञिक क्षमता र असल जीवन वृत्तको भविष्यमा भर पर्छ । मित्रवत् प्रतिस्पर्धाले यी विश्वविद्यालयहरूको समग्र प्रतिस्पर्धालाई उत्साहित गर्नेछ । विश्वविद्यालयहरूले उत्कृष्ट विद्यार्थीहरूलाई मात्र अघि सार्ने काम गर्नुहुँदैन । यद्यपि, विद्यार्थीहरूलाई तिनीहरूको भविष्यको जीवन वृत्ति र सामाजिक जीवनमा विद्यार्थीहरूलाई तालिम र कठोर प्रतिस्पर्धामा तयार गर्न केन्द्रित गर्नुपर्छ । यस बाटोबाट विद्यार्थीहरूको सानो सङ्ख्याको सट्टा विश्वविद्यालयहरूको स्रोत नै विद्यार्थीहरूलाई बढीभन्दा बढी बाँड्नुपर्छ भन्ने कुरामा निर्देशित हुनुपर्छ । यदि यसो गर्न असफल हुन्छन् भने तिनीहरू शिक्षाको मूल उद्देश्यबाट विचलित हुन्छन् ।
यसरी विश्वविद्यालयहरूले राम्रा विद्यार्थीहरूका लागि हारालुछ गर्ने काम रोक्ने आशा गर्न सकिनेछ । शिक्षाका पदाधिकारीहरूले अवलोकनलाई बलियो बनाउन र विश्वविद्यालयहरूको व्यवहारलाई सुधार गर्नमा जोड दिन आवश्यक छ । असल विद्यार्थीहरूलाई तान्ने तिनीहरूको विविध क्षेत्रमा प्रतिस्पर्धालाई उन्नत गर्ने कुरा थाहा पाउनुपर्छ भन्नु नै सर्वश्रेष्ठ बाटो हो । देशभरकै कलेज शिक्षालाई अगाडि बढाउनु सर्वश्रेष्ठ बाटो हो ।
यु कुनशी (www. rednet.Cn) स् ५ लाख युआन भनेको वास्तवमै आकर्षित गर्ने पैसाको परिमाण हो । आर्थिक फाइदा दिएर उत्कृष्ट विद्यार्थीहरूलाई तान्ने चेचियाङ्ग विश्वविद्यालयको प्रयासलाई रोकिएको छ । शिक्षा मन्त्रालय ( MOE) को तर्फबाट केही मानिसहरू आश्चर्यचकित भएका छन् किनभने मोटो छात्रवृत्ति नयाँ होइन । यति वर्षसम्मन् एउटा माध्यमिक विद्यालयले कलेज प्रवेश परीक्षामा सर्वश्रेष्ठताको सञ्चालन गर्छ भने, नगरीय वा प्रान्तीय तह, केही स्थानीय सरकारहरूले शिक्षाको लागि समर्थन देखाउन केही प्रकारका पुरस्कार प्रदान गरेको देखिन्छ ।
सामूहिक परोपकारको हिस्साको रूपमा स्थानीय शिक्षालाई समर्थन नगर्ने नाममा ठूलो धनराशी प्रदान गरेर चुआङ्ग युआन ( Zhuang Yuan) लाई स्थायी प्रशंसा गर्न (Chorous praising) मा केही ठूलठूला कम्पनीहरू सहभागी भएका छन् । जेभए पनि, हालका वर्षहरूमा कुन कलेज राम्रो भनी रेडियो वा टीभीमा हुने छलफल र जनताको ध्यान आकृष्ट गर्ने निर्देशन गरिएको छ । चेचियाङ्ग विश्वविद्यालय
(Zhejiang University) को खर्चालु छात्रवृत्ति त यस किसिमको छलफलमा पनि बज्रमुक्का भएको छ ।
उत्कृष्ट विद्यार्थीहरूलाई यस किसिमबाट तान्ने विश्वविद्यालयहरूको तरिका निन्दनीय छ । शिक्षा मन्त्रालयले यस्तो कामलाई रोक्नु स्वाभाविकै छ । शिक्षामा शुद्धतालाई सुरक्षित गर्ने कामले विश्वविद्यालयहरूलाई त्यसो नगर्न चेतावनीको रुपमा काम गर्नेछ ।
एउटा खराब अग्रसरता
प्रतिष्ठित विश्वविद्यालयलगायत सबै विश्वविद्यालयहरू उत्कृष्ट विद्यार्थीहरू भर्ना लिन चाहन्छन् । धेरै विश्वविद्यालयहरूले राम्रा विद्यार्थीहरू खोजेदेखिन् ती विश्वविद्यालयहरूले ती विद्यार्थीहरूको मन जित्न सबै उपायहरूको प्रयत्न गरेका छन् । तर, ती विश्वविद्यालयहरूले उत्कृष्ट विद्यार्थीहरूलाई ठूलो धनराशी दिएर तिनीहरूको मूल्यलाई अवमूल्यन गरेका छन् र त्यसैगरी तिनीहरूको क्षमता कम विश्वस्त भएको देखिन्छ । भनौँ, एउटा राम्रो विश्वविद्यालयको निम्ति उच्चतम अङ्क ल्याउने विद्यार्थीहरू सबै कुरा होइनन् ।
शिक्षाका स्रोतहरू विद्यार्थीहरूको लागि निकै अत्यावश्यक भएको देखिएमा ती स्रोतहरू खर्च गर्नुपर्छ । चेचियाङ्ग विश्वविद्यालयले ठूलो धनराशीसहित आकर्षित गरी तिनीहरूको भाग्य चम्काई दिने वचन दिएर केही विद्यार्थीहरूलाई भर्ना गराउन सकेकोलाई त्यति महत्व दिइँदैन । त्यस विश्वविद्यालयले प्राज्ञिक अनुसन्धान र उन्नत व्यवस्थाबाट पैसा अर्कै उद्देश्यको लागि खर्च गर्नुपर्ने हुन्छ । हरेक वर्ष, विश्वविद्यालयहरू उत्कृष्ट विद्यार्थीलाई तान्ने अपेक्षा नलिएका स्रोतहरू प्राप्त गर्छन् । विश्वविद्यालयहरूलाई उक्त रकम पूर्णरूपले आप्mनो स्वनिर्णयबाट खर्च गर्न अनुमति दिइँदैन ।
यदि चेचियाङ्ग विश्वविद्यालयको कौशलले गरेको थियो भने आउँदा वर्षहरूमा अरू विश्वविद्यालयहरूले पनि त्यसलाई नक्कल गर्नसक्थे । परिणामस्वरूप, उत्कृष्ट विद्यार्थीहरूले एउटा धर्म सङ्कटलाई सामना गर्नुपर्ने हुन्छ । कि तिनीहरूले आपूmहरूले चाहेको विश्वविद्यालयहरूमा भर्ना हुने कि तिनीहरूले ठूलो धनराशीको छात्रवृत्ति स्वीकार्नुपर्ने हो ? ५ लाख युआन छात्रवृत्ति उपहारले चेचियाङ्ग विश्वविद्यालयको स्वरुपलाई कलङ्कित पा¥यो ।
विश्वविद्यालयको प्रतिष्ठा कलेज प्रवेश परीक्षा चुआङ्ग छुआनस (Zhuanguans) को सङ्ख्याले मात्र निर्माण नभई प्राज्ञिक क्षमता, शिक्षा अवधारणा र त्यसका स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूको जीवन वृत्त परिदृश्यमा पनि भर गर्छ । चेचियाङ्ग विश्वविद्यालय पहिले नै एउटा उत्कृष्ट विश्वविद्यालय भइसकेको छ, यसले ठूलो धनराशीको छात्रवृत्ति नदिए पनि अझ राम्रा विद्यार्थीहरू पाउन सक्छ ।
उत्कृष्ट विद्यार्थीहरू विशिष्ट शिक्षामा योग्य हुन्छन्, तर तिनीहरूले विश्वविद्यालयहरू छान्दा पैसा कहिल्यै निर्णायक तत्व हुँदैन । चेचियाङ्ग विश्वविद्यालयमात्र ठूलो धनराशीको छात्रवृत्ति प्रदान गर्ने विश्वविद्यालय होइन, सबै चिनियाँ विश्वविद्यालयहरूले विश्वविद्यालयहरूको बृहत् क्षमतामा उत्कृष्ट विद्यार्थीहरूले पनि थुप्रै योगदान दिने तत्वहरूमध्ये एक हो भनी सम्झनु आवश्यक छ । उत्कृष्ट विद्यार्थीहरूलाई तान्ने कोसिसमा यति धेरै पैसा र ऊर्जा खर्च गर्नुको सट्टा ती विश्वविद्यालयहरूले तिनीहरूको प्राज्ञिक क्षमता र प्रतिष्ठा उन्नत गर्न अझ धेरै प्रयत्न गर्नु आवश्यक छ ।
पेइचिङ समाचार Xing Bingui ( The Beijng News )
अन्तर्राष्ट्रिय तहका ख्यातिप्राप्त प्रतिष्ठित विश्वविद्यालयहरूले शीर्षस्थ विद्यार्थीहरूलाई तान्न ठूलो छात्रवृत्ति प्रदान गर्छन् । यो नराम्रो अभ्यास किन गरिन्छ ?
यसरी विचार गर्नेहरूले शिक्षा मन्त्रालयको नीति (MOE’s policy) बुझ्दैनन् । त्यस नीतिअनुसार, उत्कृष्ट विद्यार्थीहरूलाई तान्न ती छात्रवृत्तिहरू दिने विश्वविद्यालयहरूले प्रचलित नियम उल्लङ्घन गरिरहेका हुन्छन् । ती छात्रवृत्तिको अर्थ निकै सानो सङ्ख्यामा रहेका राम्रा मानिसहरूको लागि हो । पश्चिमा देशहरूमा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूले छात्रवृत्ति सबैलाई खुला गर्छन् र त्यसलाई जित्ने विद्यार्थीहरूलाई प्रदान गर्छन् ।
पश्चिमा देशहरूमा, एकजना विद्यार्थीलाई केही विश्वविद्यालहरूमा निवेदन दिन अनुमति दिइन्छ र विश्वविद्यालयका उपहारहरूमा फाइदाहरूको आधारमा छनोट गरिन्छ । निर्णय गर्ने अवस्थामा मात्र छात्रवृत्ति हुनेछ । जेभए पनि, चीनमा विभिन्न विश्वविद्यालयहरूमा तिनीहरूको निवेदन अगाडि नै छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर हुन्छ । यस्तो दाउपेच उत्कृष्ट विद्यार्थीहरूलाई लोभ्याउन प्रयोग गरिन्छ ।
चिनियाँ विश्वविद्यालयहरूले भर्नाको प्रक्रियालाई सुधार गर्न धेरै थोक गर्नुपर्नेछ । उत्कृष्ट विद्यार्थीहरूलाई तान्न आक्रामक उपाय र गलत अभ्यासलाई निषेध गर्नैपर्छ, विश्वविद्यालयहरूको उत्कृष्ट विद्यार्थीहरूलाई आवश्यकताभन्दा बढी महत्व दिने कार्यहरू, विशेष गरेर कलेज प्रवेश परीक्षा अनियमितता (चुआङ्गगुआनस) ९श्जगबलनगबलक ० लाई नियन्त्रण गर्नुपर्छ । उत्कृष्ट विद्यार्थीहरूलाई पैसा दिनुको सट्टा विद्यार्थीहरूको आन्तरिक शक्तिलाई पूर्णरूपले विकास गर्ने उच्च गुणात्मक शिक्षा प्रदान गरेर आकर्षित गर्ने कोसिस गरिनुपर्छ ।
बेइजिङ रिभ्यु
११ जुलाई २०१९
नेपाली अनुवाद ः डीएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *