भर्खरै :

मेरा सहयोगीहरू – १

अहिलेको समाज सहयोगीहरूविना चल्न गा¥हो छ, संयुक्त परिवारहरू घट्दै गएको र एकजनाको कमाइले परिवार चल्न नसकेको अवस्थामा १६–१७ वर्षका हरेक युवा युवतीहरू स–साना काममा अल्झिन बाध्य छन् र आफ्नो विश्वविद्यालयको खर्च धान्न सक्रिय जीवन बिताउँछन् ।
सधँै बिहानै ठीक समयमा आउने पातली केटी अञ्जनाले चिया पकाउँछिन् र मलाई पनि चिया दिँदै भन्छिन्, “आज बस ढिलो गरी आयो र म अलि अबेला पुगेँ, माफ गर्नु होला !”
“तिमी त ठीक ७ बजे नै पुगेकी हौ, बस किन ढिलो भयो ?” “बस मालिकहरू सा¥है मनपरी समयमा बस चलाउन दिँदा रहेछन्, सम्भवतः तिनीहरूको अध्ययन सा¥है कम हुँदो हो, या तिनीहरूले ७ कक्षासम्म मात्रै पढेका छन्, प्रवेशिका पासै गरेका भएपनि तिनीहरूले नक्कल गरेर पास गरेका होलान् ।”
मैले अञ्जनाको आँखामा आँखा जुधाएर मलिन हाँसोमा भनँे “अञ्जना तिमी किन बस मालिकलाई नक्कल गरी प्रवेशिका पास गरेको होला भन्ने अनुमान गछ्र्याै ?”
“मार्साप, ऊ राम्रो विद्यार्थी थिएन होला, बुबाको खल्तिको पैसा चोरेर सिनेमा हेर्दाे हो, पहिले ऊ खलासी, हेल्पर वा क्लिनर भयो होला किनभने उसको मुखबाट बारबार गाली निस्कन्छ ।”
एकछिन चुप लागेर तिनले मेरो चियाको गिलासमा हेरिन्, मैले चिया पिइसकेको थिइनँ, त्यसैले तिनले गन्थन अगाडि बढाइन्, “केही वर्ष खलासी अनि केही वर्षपछि पैसा कमाउन लाग्यो होला, २५–३० वर्षको उमेरमा आफ्नो बस मालिकसँग उसले बसमा हिस्सा लियो होला, उसको बस मालिक सा¥है रक्सी र चुरोट खाने र खराब लतमा लागेको हुनाले ५७ वर्षकै उमेरमा म¥यो । अनि बसको मालिक्नी र छोराछोरीले ड्राइभरसँग महिना–महिना १०–१५ हजार रुपैयाँ लिएर बसलाई नामसारी गरिदिए होलान् !”
“अञ्जना, तिमी त बस मालिकहरूसँग सा¥है रिसाएकी देखिन्छ्यौ ?”
“ममात्रै होइन सर, बसका सबै यात्रुहरू बस मालिक, ड्राइभर र खलासीसित रिसाएका हुन्छन् । एक घण्टा – आधा घण्टासम्म पर्खेर बसेका यात्रुहरू आपसमा कुरा गर्छन्, “मलाई एक घण्टाको निम्ति प्रधानमन्त्री बनायो भने म यहाँका ड्राइभरहरू र बस मालिकहरूलाई फाँसीको सजाय दिन्थेँ ।” अर्को यात्रुले भन्यो, “यी मोराहरूले ढिलो बस चलाउँदा समयमा अदालत पुग्न सकिनँ र मुद्दा हारेँ ।” तेस्रोले भन्यो, “आ, कतिको जागीर गएको छ– समयमा अफिस नपुगेर, २–४ रुपैयाँको लोभमा मोराहरूले जहाँ पायो त्यही रोकी राख्ने, पेसेन्जर चढाउने र ओराल्ने, यिनीहरू त पशु हुन् पशु !” अञ्जना यात्रुका यस्तै आक्रोश सुनाउँदै गइन् । “अञ्जना विश्वविद्यालयमा तिम्रो विषय के हो ?” “मार्साप, मेरो विषय मनोविज्ञान हो ।”
“ए, ल ठीकै छ । के भयो भने यो बस व्यवस्था राम्रो होला, सबलाई सञ्चो होला, अञ्जना !” मैले सम्झाउने हिसाबले भनेँ ।
“सर, पहिलेजस्तै सम्भव भएका सबै ठउँमा ट्रली बस आवश्यक छ, ट्रली बसलाई समाप्त पार्ने काम प्रजातान्त्रिक भन्ने छाडा बस मालिक र शोषकहरूको सरकारले गरेको हो । केही बस मालिकहरू लखपतिबाट करोडपति बने, कति त रक्सी खाएर कीरा मरेजस्तै मरे, तिनीहरूकै कारण कतिले दुःख पाए । पढ्नुपर्ने र पढाउनुपर्ने केटाहरूलाई खलासी बनाएर तिनीहरूले शोषण गरे ।”
एकछिनपछि तिनले भन्दै गइन्, “साझा र अरू त्यस्तै बस व्यवस्था गर्नु आवश्यक छ । पानी पर्दा बस आउँदैन, सबै पेसेन्जर अलपत्र पर्छन् । जिम्मेवारीहीन र छुच्चा मानिसहरू सबै निजी बस सेवामा छन् ।”
“अञ्जना, तिमी आक्रोशमा छ्यौ समयमा बस आएन भनेर, यसमा ड्राइभर र क्लिनरको दोष छैन, यो त पुँजीवादी व्यवस्थाको दोष हो । बसका कति मालिकहरूले सरकारका मन्त्री, प्रहरीका माथिल्ला हाकिमहरूलाई पनि खुसी पारेका हुन्छन् वा चुनावमा पैसा दिएका हुन्छन् । दोषी व्यवस्था हो व्यक्तिभन्दा ।”
१२ बजेदेखि गाउँबाट हिँडेर आउने ठूलो चश्मा, मोटो पाइन्ट लगाउने सहयोगी धन साँच्चै खेलाडी देखिन्छिन्, उनी सधैँ ठीक समयमा आउने गर्छिन् । बाटो हिलो भए पनि, घाम र पानी नभनी उनी समयमा आउँछिन् । बीचबीचमा कुनै बहाना बनाएर गयल भएको मलाई थाहा छैन । घरमा आमा नभए पनि बिहानै घरको सबै काम सिध्याएर उनी नगरमा आउँछिन् ।
धन एक कार्यकर्ता भएको हुनाले उनी गाउँका महिला दिदी–बहिनीलाई बरोबर अस्पतालमा डाक्टरकहाँ जँचाउन ल्याउँछिन् । ९ बजेदेखि १० बजेसम्म अस्पतालमा लाइनमा बसी डाक्टरसँग जँचाएर औषधि किनेर बिरामी दिदी–बहिनीलाई गाउँमा पठाएर १२ बजे आफ्नो काममा पुगिहाल्छिन् ।
धन बरोबर गुनासो गर्छिन्, “अस्पतालको टिकट काट्ने कर्मचारी ठीक ९ बजे नै हाजिर भइदिएको भए तुरुन्तै डाक्टर देखाएर १० बजे घर जान पाउँथे र १२ बजेको टन्टलापुर घाममा फर्कनु पर्दैनथ्यो । सहरका कर्मचारीहरूलाई गाउँको दुःखै थाहा छैन । अस्पतालका कर्मचारी र स्वाथ्यसेवकहरू समयमा कार्यालय पुगेका भए रोगीहरूको आधा कष्ट घट्ने थियो । गरिब घरका कर्मचारीहरू पनि गरिब जनताको दुःख थाहा पाउँदैनन् कि दुःखै दिन चाहेको थाहै छैन । वर्षौँसम्म नाम, ठेगाना, उमेर लेख्ने र पुरुष वा महिलाको सानो कोठामा चिह्न राख्ने काममै १५ मिनेट लगाएपछि लाममा बस्ने रोगीहरू कराउँदैनन् त ?”
“धन, अलि सम्झाउने ढ·ले नरम भाषामा नाम लेख्ने महिला कर्मचारीलाई सम्झाइनौ त ?” मैले स्वाभाविकरूपले धनलाई सम्झाएँ ।
धनले निधारको पसिना पुछ्दै भनिन्, “मैले नसम्झाएकी होला र सर ! अलि छिटो गर्नुभएमा छिटो घर पुग्न पाइन्छ, घरमा सानो बच्चा छ, बहिनीको” मात्र के भनेकी थिएँ, उनी त चण्डी भइहालिन्– “बढी कराए काम छोडेर चिया खान गइदिन्छु !”
“अहो ! कहिले, चिया नखाएको, सित्तैमा काम लिन खोजेको र सरकारी जागीर खाएको कुरासमेत बिर्सेजस्तो पो गरिन् बाबै !”
मैले सोधेँ– “कहाँकी रहिछन् त ती कर्मचारी, सोधिनौ त, धन !”
खोइ बोल्नसमेत नहुने, झर्किहाल्ने, नाकमा फुली त छ तर नगरकै धनीकी छोरीजस्तै छिन् । अक्षरसमेत लेख्न आउँदैन जस्तै लाग्यो मलाई त मार्साप !” एकछिन अडेर फेरि गुनासो गरिन्, “त्यस्ता कर्मचारी भर्ना गर्ने हाकिमहरूले उनले लेख्न जानेकी छिन् कि छैनन् भनेर जाँचेर त हेर्नुपर्ने थियो ।”
धन हरेक दिन गाउँका दिदी–बहिनीहरूको विषयमा केही न केही बोलिहाल्छिन् । सानैदेखि उनी अलि फरासिली र नदब्ने खालकी थिइन् ।
एकदिन धन ११ बजे नै आइपुगिन् र कम्प्युटरमा टाइप गर्नुपर्ने कागजपत्र टाइप गरिन् अनि प्रिन्ट निकालेर मेरो टेबुलमा राखिन् । मसँग अभिवादनपछि पहिले अरू टेबुल, मेच र दराज सफा गरिन्, दराजका केही पुस्तक र फाइलहरू मिलाइन् अनि धुलो पुछिन् । फोहर फाल्ने भाँडोका काम नलाग्ने कागजमा टुक्राहरू, मसी सकिसकेका डट्पेनहरू, स्टाप्लरका खेर गएका पीनहरू आदि सबै तलको तलाको ढ्वाङमा हालिन् । रुमालहरू सफा गरिन् । आवश्यक सबै ठाउँमा फटाफट सफा गरी हात–मुख धोई फेरि आफ्नो ठाउँमा बसिन् । मैले आफ्नो लेख्ने काम सिध्याएको अनुमान गरी मेरो टेबुल अगाडि आएर अदबका साथ सोधिन्, “सर, यी राजनैतिक दलहरूले किन खराब र बदनाम मानिसहरूलाई आफ्नो पार्टीको तर्फबाट सांसद उठाउँछन् ?” मैले तिनको उत्सुकतालाई ध्यान दिएर भनेँ, “सत्ताबाट फालिएका प्रतिक्रियावादीहरू आफ्नो स्वार्थ रक्षाको निम्ति उठ्दो दलहरूमा लुक्छन् । अनुभवहीन, खुसामद मनपर्ने र पैसाका लालची नेताहरूले त्यस्तालाई आफ्नो दलमा हुल्छन् । भारतको संसद्मा पनि अपराध पृष्ठभूमिका झन्डै आधा सांसदहरू छन् । अनि राजनैतिक दल र नेताहरू बदनाम हुन्छन् ।”
“सर, त्यसो भए के यी राजनैतिक दलहरू कहिल्यै सुध्रिदैनन् ?”
“सुध्रिन्छन् केही काण्डहरू भइसकेपछि । किनभने, मानिस पनि अरू प्राणीजस्तै धमिलो पानी पिउँछन् ।” “अहो सर मैले बुझेँ – बुझेँ जस्तो लाग्छ, भनूँ सर ?”
“हुन्छ भन ।” “गधा भन्ने जन्तुले आफ्नो छायालाई शत्रु सम्झेर पानीलाई आफ्नो खुट्टाले धमिलो पार्छ, छाया नदेखेपछि पानी पिउँछ, हो सर ?
“यो कथा त मैले सानोमै सुनेको थिएँ, अब आजको समाचार पढौँ है !” उनले आजका पत्रपत्रिका मिलाइन् र पढ्न सुरु गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *