भर्खरै :

हवाई सुरक्षाको चिन्ता

मौसमको प्रतिकूलताका कारण म·लबार लुक्लाको लागि काठमाडौँबाट उडेका नौ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीका विभिन्न स्थानमा आकस्मिक अवतरण गर्नुप¥यो । अघिल्लो वर्ष फागुन २५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको निधन भयो । २०७४ फागुन २८ गते ब·लादेशबाट नेपाल आएको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको एक चिहान भयो । झन्डै वर्ष दिनको अन्तरालमा भइरहेका भयानक विमान दुर्घटनाले नेपालको हवाई यातायातको सुरक्षा चिन्ताजनक रहेको देखाउँछ ।
पहाडी र हिमाली देश भएकोले नेपालमा मौसम, भूगोल आदि कारणले पनि उडान भर्न सहज नहुने विमान चालकहरूको अनुभव छ । क्षण–क्षणमा बदलिरहने मौसम नै हवाई दुर्घटनाको एउटा प्रमुख कारण हो । प्राकृतिक प्रक्रियालाई हामीले रोक्न सक्दैनौं । तर, प्राकृतिक प्रक्रियालाई दुर्घटनाको कारण नबनाउने विवेक भने मानिसले प्रयोग गर्नुपर्छ । कतिपय मानवीय कमजोरी, अज्ञानता र जिद्दीकै कारण पनि भयानक दुर्घटना भएका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै छ । यस्तो बेला सरकारले हवाई सुरक्षाप्रति अझ थप संवेदनशील हुन जरुरी छ । अधिकांश पर्यटक हवाई यातायातबाट यात्रा गर्ने भएकाले पनि यसप्रति सूक्ष्म तयारी गर्नुपर्छ ।
यहीबीच उच्चपदस्थ व्यक्तिहरूले गरेको ढिलासुस्तीको कारण उडानमा व्यवधान भएको नेपालगञ्ज विमानस्थलको घटना व्यापक चर्चाको विषय बन्यो । सरकारी ओहदाका पदाधिकारीकै लागि विमान ढिला उड्ने, विमानस्थल अवरोध गर्ने आदि काम नेपालमा नयाँर पहिलो होइन । तर, नेपालगञ्जको घटना सामाजिक सञ्जालमार्फत भाइरल भएपछि त्यस्ता घटना सर्वसाधारणसमेतको जानकारीमा आएको हो ।
पदकै कारण विशेष सुविधा लिनु सामन्तवादी सोचकै शिलशिला हो । मन्त्री भएकै कारण विमानले पर्खिनुपर्ने, राष्ट्रपतिको ‘सवारी’मा बाटो खाली गर्नुपर्ने, ‘ठूलो मान्छे’ ले लाइन बस्न नपर्ने, मन्त्रीको गाडीले जाममा बस्न नपर्ने आदि चरित्र परम्परागत सामन्ती सोचकै अवशेष हो । देशमा राजतन्त्र खत्तम हुँदैमा सामन्ती चिन्तन पनि खत्तम हुने होइन ।
विमान विलम्ब पनि हवाई यातायातको सुरक्षाको प्रश्न हो । कसैले पनि विमानस्थल वा विमानमा कुनै पनि किसिमको अवरोध गरे कानुनअनुसार कारबाही भागी हुन्छ । तसर्थ कुनै पनि ओहदाको व्यक्तिले उपरान्त कुनै पनि बहानामा आफ्नो कारणले विमान विलम्ब नगराउने प्रतिबद्धता गर्न आवश्यक छ ।
नेपालका पहाडी जिल्लामा चल्ने अधिकांश हवाई यातायातका साधन पुराना र म्याद नाघेका प्रविधि भएकोले पनि दुर्घटनाको सम्भावना बढी हुने गर्छ । विमानस्थल नियन्त्रण कक्षको पुरानो प्रविधि पनि कुनै बेला दुर्घटनाको कारण बन्न सक्छ । तसर्थ हवाई सुरक्षाको लागि विमान चालकको दक्षता, नियन्त्रण कक्ष र यातायातका साधनलाई अद्यावधि गर्न सम्बन्धित सरकारी निकायले ध्यान पु¥याउन विलम्ब गर्नुहुन्न । दुर्घटना भएपछि चुकचुकाउनुभन्दा समयमै आवश्यक सावधानी अपनाउनु बुद्धिमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *