अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
– हर्षबहादुर केसी
राजतन्त्रवादीहरू गणतन्त्रविरोधी हुन् । राजतन्त्रवादीहरूले गणतन्त्रको विरोध गर्नु स्वाभाविक हो । यसमा कुनै भ्रम छैन । कम्युनिस्टहरू गणतन्त्रवादीमात्र होइनन् आमूल परिवर्तनका पक्षधर पनि हुन् । आज देशमा भ्रम त कम्युनिस्टको नाममा कम्युनिस्टको सिद्धान्त र विचार छोडी पुँजीवादी राजनीति गर्ने दलहरूको छ । भ्रमको खेती गर्ने दलका अराजक नेताहरूलाई पो जनतामाझ उदाङ्ग्याउनुपर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सङ्घीयता र गणतन्त्रविरुद्ध भ्रम फैलाउनेलाई होइन कम्युनिस्टको नाउँमा कम्युनिस्टको बदनाम गर्ने तत्वहरूलाई निरुत्साही बनाउन निर्देशन दिनुपर्ने हो । कम्युनिस्टको सिद्धान्त र विचार भजेर सो सिद्धान्त तोडमरोड गर्ने, सिद्धान्त र विचार बिकाएर झूटको राजनीति गर्नेहरूविरुद्ध कम्युनिस्टहरू उभिनुपर्छ ।
समाजवादको आधार तयार गर्ने उद्देश्य नेकपाको हो भने सोहीअनुसार नेकपाको सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्छ र जनतालाई कम्युनिस्ट सिद्धान्त र विचारबाट सुसूचित पार्नुपर्छ । कम्युनिस्ट सिद्धान्त र विचार जनतामाझ पु¥याउनुको अर्थ पुँजीवादको विरोध गर्नु हो, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्नु हो । पुँजीवाद, साम्राज्यवाद र विस्तारवादले मुलुक घेरिएको छ भने त्यसविरुद्ध जनतालाई सुसूचित पार्नु प्रत्येक कम्युनिस्ट पार्टीको जिम्मेवारी हो । त्यस्तो जिम्मेवारी सरकारको नेतृत्व गरिरहेको नेकपाले कति पूरा गरेको छ ?
अब राजनीतिक आन्दोलन गर्नु आवश्यक छैन भन्नुको अर्थ हालको राजनीतिक व्यवस्थालाई स्वीकार्नु हो । हालको राजनीतिक बन्दोबस्त पुँजीवाद नै हो । ‘जनयुद्ध’ छेडिसकेको माओवादी दल सहभागी भएको नेकपाले जनमत आफ्नो हातमा लिनमात्रै समाजवादको कुरा गर्ने कि बहुमत जनताको प्रतिनिधित्व गर्ने सरकार ल्याउन आमूल परिवर्तनको बाटो तयार गर्ने ? कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी बलियो बनाउन नक्कली कम्युनिस्टहरूको चरित्र र आचरणको प्रतिवाद गर्नुपर्छ । आम नेपाली जनता खोटो विचारदेखि सतर्क हुनुपर्छ । क्रान्तिकारी बाटो छोडेर क्रान्ति कसरी पूरा हुन्छ ? क्रान्तिको स्मरणमात्र गर्ने हो कि पूरा गर्न अघि सर्ने ? सङ्घीयता र गणतन्त्रको पक्ष लिएर के समाजवादको आधार तयार हुन्छ !
Leave a Reply