नारायण महर्जन
काठमाडौँ–भक्तपुर ¥याली जुरायो नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि भक्तपुरमा सुरु भयो ।
नेमकिपाको हरेक महाधिवेशन ऐतिहासिक र ऊर्जामय हुँदै आएको छ । यस पटकको सातौँ महाधिवेशन अझ ऐतिहासिक बन्यो । त्यो हो काठमाडौँदेखि भक्तपुरसम्मको ¥याली । काठमाडौँदेखि भक्तपुरसम्मको बृहत् पैदल ¥याली गर्ने ऐतिहासिक अवसर पार्टीको सातौँ महाधिवेशनले जुरायो ।
नेपाल मजदुर किसान पार्टीको असारमा बसेको केन्द्रीय समितिको बैठकले असोज ३ गते, सातौँ महाधिवेशन भक्तपुरमा गर्ने निर्णयसँगै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले काठमाडौँ भक्तपुरको पैदल ¥याली प्रस्तावलाई सहर्ष स्वीकारी एक महिनाभित्र ¥यालीको तयारी भयो ।
सातौँ महाधिवेशनको उद्घाटन स्थलमा सभा हुनुअघि भक्तपुरको च्याम्हासिंह र काठमाडाँै कोटेश्वरबाट जुलुस गर्ने निर्णय भयो र असोज ३ गते, पहिलोपटक काठमाडौँ–भक्तपुर सातौँ महाधिवेशन उद्घाटन ¥याली ऐतिहासिक छाप छोड्न सफल भयो ।
कोटेश्वरमा १० बजे भेला हुने र ११ बजे ¥याली सुरु गर्ने तयारीका साथ ठीक ११ बजे ¥याली सुरु भएको थियो । सातौँ महाधिवेशनको प्रतीकको रूपमा सातवटा मोटरसाइकल र त्यस पछाडि सातवटा कम्युनिस्ट झन्डा, त्यसपछि माइकिङ गाडी अनि सातवटा कम्युनिस्ट झन्डासहित नेवारहरूको मौलिक पहिरन हाकुपतासीमा सजिएका सातजना महिला आकर्षक देखिएका थिए ।
त्यसपछि सातौँ महाधिवेशनको लोगोसहित माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओत्सेतुङको तस्विरसहित महाधिवेशनको मुख्य नारा अङ्कित शुभकामना ¥यालीको बोर्ड जसलाई ३० जनाले समातेका थिए ।
त्यसपछि काठमाडाँैका नेवार समुदायले बजाउने बाजागाजासहतिको सांस्कृतिक झाँक्री अनि उद्घाटन ¥यालीको मूल ब्यानर थियो । मूल ब्यानरपछाडि नेमकिपाका केन्द्रीय सदस्यहरू नवराज कोइराला, सनकमान महर्जन, नारायण महर्जन, राजवीर डङ्गोल, अनुराधा थापामगर दिनेश साहलगायत थिए ।
जुलुसमा सामेल सांस्कृतिक बाजाहरू, लाखे नाच, धिमेय् नाच र कालीकोटको हुड्के नाचले लामो यात्रालाई छोटो अनुभव गराएको थियो ।
हजारौँ सङ्ख्यामा विभिन्न जिल्लाका साथीहरू, वर्गीय सङ्गठन र पेशागत सङ्गठनका सहभागी साथीहरूले लगाएको गगनभेदी नाराले महाधिवेशनमा रौनक थपेको थियो ।
खानेपानीको व्यवस्थापन, एम्बुलेन्सको व्यवस्थापन, शौचालयको व्यवस्थापनसहित सुरु भएको ¥यालीले सर्वसाधारण जनतामा नेमकिपाको विशाल जुलुसको संज्ञा दिए भने ट्राफिक जाममा फसेर कोही–कोही खिन्न भएको पनि पाएँ ।
एक महिनादेखि प्रचारप्रसार भएको त्यो क्षेत्रमा ट्राफिक आफैले वैकल्पिक बाटो सवारी साधन व्यवस्थापन नगर्नुपर्ने थियो । ऐतिहासिक जुलुसमा सहभागी हुन चाहने पार्टीकै ५–६ वटा गाडी पनि ट्राफिक जाममा परेको थियो । आफ्नै पार्टीको महाधिवेशनमा सहभागी हुन आएकाहरू ट्राफिक जाममा परेपछि कति खिन्न भए होलान् जति नियमित गुडेका गाडीलाई परेझैँ ।
अढाई घण्टाको पैदल ¥यालीपछि कोटेश्वर काठमाडौँबाट आएको ¥याली र भक्तपुर च्याम्हासिंहदेखि हजारौँ सङ्ख्यामा निस्केको ¥याली सम्मुदघाटन स्थल भक्तपुरको सल्लाघारी पुगे । सल्लाघारी नेमकिपामय बन्यो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय निर्माण गर्ने सोच राखेको सल्लाघारीस्थित नेपाल ट्रस्टको नाममा भएको खाली जग्गा भनपाकै स्रोतमा पर्खाल बनाई संरक्षण गरिसकिएको रहेछ ।
पर्खालको चारैतिर रातो कम्युनिस्टको झन्डा सडकमा पार्टीको चुनाव चिह्न मादल अङ्कित झन्डाले सजिएकोले सजिएको खुला चौरमा बनेको भव्य मञ्चमा नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले रिमोट कन्ट्रोल थिचेर मूल उद्घाटन ब्यानर अनावरण गर्नुभयो भने ठूलो पानसमा बत्ती बाली र झन्डोतोलनसमेत गरी उद्घाटन गर्नुभयो ।
उद्घाटन समयमा बाँसुरी बाजा र जुम्लेलीको दमाहा नाच र स·ीतले महाधिवेशन स्थल तालीको गद्गदाहतमय भएको थियो ।
समुद्घाटन मन्तव्यमा पार्टी अध्यक्ष रोहितले विदेशीले फैलाएको चाणक्य नीतिको जालमा नेपाल फस्दै छ र त्यस नीति सृजना गर्नमा नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीका प्रधानमन्त्रीहरू, मधेसवादी, राप्रपा र अन्य जाति र धर्मका राजनैतिक दलका नेता र मन्त्रीहरू सबै जिम्मेवारी छन् भन्नुहुँदै विदेशमुखी अर्थतन्त्रको कारण देशको सबै क्षेत्र दुर्दान्त अवस्थामा रहेको जानकारी दिनुभयो ।
देश र समाजको आमूल परिवर्तनमा नेमकिपा समाजवादको झन्डा उठाउँदै सफलतामा पुग्न सबैले देश र जनतालाई सचेत र स·ठित पार्न यो महाधिवेशनले थप ऊर्जा मिल्ने विश्वास दिलाउनुभयो ।
केन्द्रीय सचिव प्रेम सुवाल, सदस्यहरू डिल्लीप्रसाद काफ्ले, नन्दबहादुर शाही, जग्यबहादुर शाही, बजिरसिंह विक, अनुराधा थापामगर, सुरेन्द्रराज गोसाई, सृजना सैँजू, गुप्तबहादुर शाही, सविन ख्याजूको मन्तव्यले देशको यथार्थतालाई जनताबीच प्रस्ट पार्नुभएको थियो । सभामा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको प्रगतिशील गीत, हुड्के नाचको प्रस्तुतिले थप रोचक बनाएको थियो ।
दशाँै हजारको सहभागितामा भएको साताँै महाधिवेशनले जनतामा नयाँ ऊर्जा र जोशको सन्देश दिएको छ । जनताको सहभागिताले नेमकिपा जनतामा आधारित, जनताकै बीचबाट जन्मेको, हुर्केको र विकास भएको पार्टी रहेको थप पुष्टि भएको छ ।
यही ५ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ । नयाँ नेतृत्वले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार नेपालको राजनीतिक अन्दोलनमा प्रकाशस्तम्भको रूपमा स्थापित पार्टीको दीर्घकालीन लक्ष्य समाजवाद र साम्यवाद प्राप्तिको सङ्घर्षमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछु ।
स्मरणीय छ, नेपाल मजदुर किसान पार्टीले विगतमा आठ पटकसम्म भक्तपुर–काठमाडाँै ¥याली सम्पन्न गरिसकेको छ ।
२०३६ चैत १२ गते महँगी र पञ्चायती निरङ्कुशताको विरोधमा, २०४७ कार्तिक २० गते जनताको संविधान घोषणाको मागसहित पैदल ¥याली । २०५३ भदौ २६ गते भारतीय विस्तारवादसँग देशघाती महाकाली सन्धि (२०५३ असोज ४) को विरोधमा २०५३ असोज ५ गते राष्ट्रघाती महाकाली सन्धि गरेको विरोधमा, २०५७ वैशाख १९ गते कालो विधेयकको विरोधमा, २०६२ पुस २६ गते प्रतिगमनको विरोधमा, २०६३ वैशाख ९ गते प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै २०७० चैत २१–२४ को छैटौँ महाधिवेशनको उद्घाटन ¥याली सफल पार्न भक्तपुर–काठमाडाँै ¥याली र नयाँ ऊर्जा दिएको थियो ।