भर्खरै :

संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘सेप्टेम्बर ११’ – १०

एउटा नटुङ्गिएको गीत
जोन जारा
भिक्टर ‘हराएको’ त्यो साता । त्यतिबेला उनलाई के–के भयो, सबै घटनाक्रम पहिल्याउनमात्र पनि मलाई महिनौँ, अझ भनौँ वर्षौँ लाग्यो । धेरै मानिसले त्यतिबेलाका आफ्ना अनुभव बताउन पनि सकेनन्, त्यो समयको सत्यतथ्य खोजबिन गर्न पनि डराए र त्यतिबेलाको सम्झनामात्र पनि सहन सकेनन् । चरम आहत र पीडामा मानिसहरूले समयचेत पनि गुमाएका थिए । कुन दिन के घटना घट्यो, त्यो पनि भुलेका थिए । तर, ती दिनहरूमा भिक्टरसँगै रहेका प्रवासिएका चिलियाली शरणार्थीहरूबाट प्रमाणहरू जम्मा गरेर बिस्तारै मैले त्यतिबेलाको घटनाक्रमको सम्भावित चित्र कोर्ने जमर्को गरेँ । भिक्टर घर फर्किने व्यग्र प्रतिक्षामा मैले बिताएको समयमा उनले भोगेका घटनाहरूको वर्णन गर्ने प्रयत्न गरेँ ।
सेप्टेम्बर ११ को त्यो बिहान भिक्टर प्लाजा इटालिया पुग्दा उनले सान्टियागो केन्द्रमा सेनाले ताला मारेको भेट्टाए । त्यहाँबाट उनी दक्षिणतिरको भिकुना माकेना (Vicuna Mckenna) पुगे र एभेनिडा मात्ता (Avenida Matta) हुँदै पश्चिमतिर लागे । सहरबाट टाढा प्राविधिक विश्वविद्यालय पुग्न उनले सहरको लामो दूरी छिचोल्नुप¥यो । यसप्रकार सहर छिचोल्दै गर्दा उनले सैनिक ट्याड्ढ र सिपाहीहरू यताउता गरिरहेको देखे, गोली हानाहान र विस्फोटनका आवाज सुने । तथापि उनी आफ्नो गन्तव्यमा पुगे । उनी सञ्चार विभाग पुग्दा उनले विश्वविद्यालयको रेडियो स्टेसनमा सेनाले हमला गरिसकेको थाहा पाए । त्यो दिनको सखारै सिपाहीँहरूको एउटा टुकडीले त्यस रेडियो स्टेसनका सबै सर–सामान ओसारेर कुइन्टा नर्मल (Quinta Narmal) को सैनिक रेडियो स्टेसनमा पु¥याएका थिए । मोनेडा दरबारमाथि बमबारी भइरहेको समयमा उनी त्यहाँ पुगेको हुनुपर्दछ । विश्वविद्यालयका भवनबाट हकर हन्टर जेट विमानहरू उडिरहेको हेर्न सकिन्थ्यो । एलेण्डेले प्रतिकार लडाइँ लडिरहेको मोनेडा दरबारमा रकेटहरू प्रहार भई विस्फोट भएको आवाज त्यहाँ स्पष्टै सुनिन्थ्यो र त्यहाँ ध्वस्त भवनबाट पुताइरहेको धुवाँको मुस्लो देख्न सकिन्थ्यो । त्यति नै खेर भिक्टरले आफू सुरक्षित ढङ्गले गन्तव्यमा पुगेको र हाम्रो हालचाल सोध्न त्यहाँको व्यस्त टेलिफोनमा पालो पाउन सफल भए । त्यो बिहान प्राविधिक विश्वविद्यालयमा झन्डै ६ सय शिक्षक विद्यार्थी जम्मा भइसकेका थिए । त्यो दिन विश्वविद्यालय उद्घाटन समारोहमा राष्ट्रपति एलेण्डेले देशमा मडारिइरहेको द्वन्द्व प्रजातान्त्रिक तरिकाले समाधान गर्न राष्ट्रिय जनमत सङग्रह गर्ने घोषणासहितको महत्वपूर्ण मन्तव्य दिने पूर्वतयारी थियो ।
सेनाको पहिलो टुकडीले बजारमा भेटिएका मानिसलाई गोली ठोकी मार्न सक्ने र दिउँसैबाट कफ्र्यू आदेश जारी हुने भनी डर फैलाइरहेको बेला विश्वविद्यालयका शिक्षाध्यक्ष डा. इन्रिक किरबर्ग (Dr.Enrique Kirberg)ले सेनासँग अर्को दिन कफ्र्यु आदेश फिर्ता नहुञ्जेलसम्म विश्वविद्यालयमा जम्मा भइसकेका सबै जनाले सुरक्षाको लागि त्यो रात त्यहीँ बिताउन सक्ने प्रस्तावसहित छलफल गरे । सेना त्यो प्रस्तावमा सहमत भयो र सबैलाई विश्वविद्यालयभित्रै रहन आदेश जारी ग¥यो । त्यति नै बेला भिक्टरले मलाई दोस्रोपटक फोन सम्पर्क गरे । फोनमा उनले पूरै क्याम्पस सेना र ट्याड्ढले घेरिसकेको कुरा भने बताएनन् ।
त्यो दिनको लामो साँझ, वरपर विस्फोटन र ठूलठूला मेसिनगनका कर्कश आवाजबीच आफूसँगैका जनसमुदायको हौसला बढाउन भिक्टरले लगातार प्रयास गरिरहे । उनले गीत गाए र सँगै सबैलाई गीत गाउन हौस्याइरहे । उनीहरूसँग आत्मरक्षाको लागि कुनै हातहतियार थिएन । त्यसपश्चात् कला विभागको पुरानो कार्यालय भवनको स्टाफ रुममा भिक्टर केही बेर निदाउन कोसिस गरे ।
रातभर मेसिनगनले गोला–बारुद ओकलेको आवाज रोकिएन । त्यो चुक घोप्टेजस्तो रातको अँध्यारोमा कोही विश्वविद्यालयबाट बाहिर भाग्ने प्रयास गरे तर उनीहरूलाई ठाउँको ठाउँ गोली ठोकी मारियो । अर्को बिहान सैनिक ट्याड्ढका ठूलठूला नालबाट ओइरिएका गोला–बारुदले विश्वविद्यालयका भवनहरूलाई निसाना बनायो । केही भवनको संरचना ध्वस्त बनाइए, झ्याल–ढोका चकनाचुर भए, प्रयोगशालाहरू, सर–सामान र किताबहरू क्षणभरमै खरानी बनाइए । चिसो रातपश्चात भयानक हमला सामना गर्नुप¥यो– प्राविधिक विश्वविद्यालयले । तर, भित्रबाट कुनै जवाफी हमला भएन किनभने त्यहाँ कुनै बन्दुक थिएन । जसै सैनिक ट्याड्ढ विश्वविद्यालय परिसरभित्र ओइरिए, सिपाहीहरूले शिक्षाध्यक्षलगायत सबैलाई अघिपछि खेल खेल्न प्रयोग हुने ठूलो चोकमा तान्दै, ठेल्दै, लात्ताले हान्दै भेला गरे । राइफलका कुण्डा र बुटले मानिसलाई लाति हान्दै, कुटपिट गर्दै सिपाहीँहरूले सबैलाई दुवै हात टाउको पछाडि बाँधी भुइँमा पल्टिन बाध्य पारे । त्यो भीडमा भिक्टर पनि थिए । त्यति नै बेला भवनबाट बाहिरिने क्रममा आफूलाई नचिनोस् भनेर उनले आफ्नो परिचयपत्र मिल्काएको हुनुपर्दछ ।
एक घण्टा लामो समय त्यसरी भुइँमा पल्टेपछि उनीहरू सबैलाई टाउको पछाडि दुवै हात बाँधेकै अवस्थामा एउटै नाममा पङ्क्तिबद्ध बनाएर इस्टिडियो चिलीमा लगियो । इस्टिडियो चिली त्यहाँबाट ६ घर जतिमात्र टाढा थियो । त्यहाँ लैजाने क्रममा उनीहरूलाई लात्त हान्दै, मुक्का वर्षाउँदै अपमानित गर्ने क्रम चालु राखियो । यसरी पङ्क्तिबद्धरूपमा इस्टिडियो लैजाने क्रममा त्यहाँ खटिएका सिपाहीहरूमध्ये एक जनाले पहिलोपटक भिक्टरलाई चिनिहाल्यो । ‘सा ….. तैँ होइनस् त्यो गायक ?’ यति भनेर उसले भिक्टरलाई टाएकोमा मुक्का प्रहार ग¥यो । भिक्टर भुक्लुक्कै ढले र उनको पेट र छातीमा लात्तको वर्षा भयो । अरु सबै भित्र गइसकेका थिए, भिक्टरलाई ‘महत्वपूर्ण’ वा ‘खतरनाक’ बन्दीहरूका लागि छुट्याइएको कोठामा अलग्गै राखियो । उनका साथीहरूले उनलाई परबाट देखे । उनको अनुहारभरि रगतै रगत थियो र टाउकोमा चोट थियो । आतड्ढको बिगबिगीबीच पनि भिक्टर साथीहरूलाई हेर्दै मुस्कुराइरहेका थिए । पछि उनीहरूले भिक्टरलाई जाडो छल्न दुवै हात काखीमा च्यापेर कुर्सीमा टुक्रुक्क बसिरहेको देखे ।
अर्को बिहान भिक्टरले आफूलाई एक्लै राखिएको ठाउँ छोडेर अरु कैदीबन्दीहरूसँगै बस्न जाने निर्णय गरे । बाहिर बाटोमा बसिरहेका एक जना प्रत्यक्षदर्शीले उनी बाहिर निस्केको दृश्य देखेका थिए । जसै भिक्टरले कोठा बाहिर निस्कन ढोका खोले, उनी त्यो कारागारको दोस्रो वरियता क्रमका सिपाहींसँग झन्डै–झन्डै ठोक्किन पुगे । ती सिपाहीँ माइकमा चर्को–चर्को आवाजमा आदेश जारी गर्दै थियो, धम्कीका वाक्यहरू बोल्दै थियो । अग्लो जीउडाल र रातो पिरो अनुहार भएका राम्रो देखिएको ऊ ठाँट पारेर आफूले गरिरहेको कामप्रति ज्यादै रमाइरहेको थियो । केही कैदीबन्दीहरूले त उसको न्वारनसमेत गरिसकेका थिए– ‘राजकुमार’ ।
भिक्टर उही ‘राजकुमार’ सामु आएपछि उसले तत्कालै चिनेको सड्ढेत भाव अनुहारमा देखायो । व्यङ्ग्यात्मक पाराले ङिच्च मुस्कुरायो । गितार बजाएको भङ्गिमा देखाउँदै खितखित हाँस्न थाल्यो अनि तुरुन्तै आफ्ना औँला भिक्टरका घाँटीमा घुमायो । भिक्टर शान्त बसे र जवाफ दिन मुखमात्र के खोलेका थिए, राजकुमार चर्को स्वरमा चिच्यायो, ‘सा……तँ यहाँ के खान आइस् ?’ आफूलाई पछ्याइरहेका जवानहरूलाई बोलाउँदै उसले भन्यो– ‘यसलाई यहाँबाट कतै चलमलाउन नदे । यो एक जना मेरो भागमा भयो ¤’
पछि भिक्टरलाई छिँडीको एउटा कोठामा लगियो जहाँ पहिले उनी गीत गाउन पूर्वाभ्यास गर्ने गर्थे । तर त्यो दिन भरिएको शौचालयबाट पोखिएको दिसा–पिसाबले डिगमिगाउँदो भुइँमा उनी रगतपिच्छे भएर पल्टिरहेका थिए ।
साँझपख उनलाई रङ्गशालाको मुख्य भवनमा अरु कैदीबन्दी भएकै ठाउँमा ल्याइयो । उनलाई हिँड्न ज्यादै कष्ट भइरहेको थियो, उनको टाउको र अनुहारभरि रगतै–रगत भएको थियो र निला दाग डरलाग्दा थिए । उनको एउटा करङ भाँचिएजस्तो देखिन्थ्यो । पेटमा लात्ती हानेकाले उनलाई असह्य पीडा भइरहेको थियो । उनका साथीहरूले उनको अनुहार पुछिदिए र उनलाई सजिलो बनाउने प्रयत्न गरे । कसैसँग थोरै जाम र केही बिस्कुट थियो । तीन–चार जनाले त्यति खाना बाँडचुड गरेर खाए, जामको सिसीमा औँला चोप्दै त्यसको अन्तिम थोपा पनि उनीहरू चाटिरहेका थिए–पालै–पालो ।
अर्को दिन, शुक्रबार सेप्टेम्बर १४ । कैदीबन्दीहरूलाई झण्डै २–२ सय जनाको समूहमा विभाजित गरियो । उनीहरूलाई राष्ट्रिय रङ्गशालामा लाने तयारी गरियो । त्यतिञ्जेल भिक्टरलाई केही सञ्चो भए जस्तो देखिन्थ्यो । उनले कोही साथीसँग कलम र कागत छ कि भनी सोधे र लेखे उनको अन्तिम कविता । रेडक्रस, एमनेस्टी इन्टरनेसनल र विदेशी दूतावासका प्रतिनिधिहरू इस्टिडियो चिली नपुगेका सुरु–सुरुका ती दिनमा त्यहाँ आतड्ढले सिमाना नाघेको थियो । (कानुनी प्रक्रिया र कानुन व्यवसायीका अनुसन्धानबीच पनि ती दिनमा इस्टिडियो चिलीको सैनिक नेतृत्व कसले सम्हालेको थियो, पत्ता लगाउन सकिएको छैन ।)
हजारौँ कैदीबन्दीहरूलाई धेरै दिनसम्म खाना र पानीसमेत नदिई यातना दिइयो । उनीहरूलाई दिन र रातको समयचेत समेत गुमाओस् भन्ने उद्देश्यले त्यहाँ चौबिसै घण्टा चहकिलो बत्ती बालिएको थियो । रङ्गशालाको चारैतिर मेसिनगनहरू तैनाथ थिए र बेला–बेलामा रङ्गशालाको सिलिङ वा कुनै कैदीको टाउकोलाई निशाना बनाई ती मेसिनगन पड्किरहन्थे । माइकबाट लगातार आदेश र धम्कीका वचन फुकिएको हुन्थ्यो । यसरी आदेश दिने सैनिक अधिकारी मोटोघाटो थियो र उसको छायाँमात्र देख्न सकिन्थ्यो । कैदीहरूले उसको मेसिनगनलाई ‘हिटलरको करौँटी’ उपनाम दिएका थिए किनभने तिनले मान्छेलाई आधा टुक्रा बनाउन सक्थे …. आवश्यक ठान्दा गरी पनि हाल्थे । कैदीहरूलाई एक एक गरी बोलाउँदै रङ्गशालामा निरर्थक ओहोरदोहोर गराइरहन्थ्यो । आराम गर्छु भनी कल्पना नगरे पनि हुन्थ्यो । कोर्दा र राइफलका कुण्डाले बन्दीहरूलाई निर्दयी ढङ्गले कुटपिट गरिन्थ्यो । यातना सहन नसकेर एक जना कैदी माथिल्लो तल्लाको बाल्कोनीबाट हाम फालेर तल्लो तल्लामा बसेका कैदीहरू बीच म¥यो । अर्को एक जना बहुला भयो र सबैजनाकै सामुले गोली ठोकी उसको जीवनलीला समाप्त पारियो ।
भिक्टरले चिलीमा तत्क्षण फैलिएको आतड्ढराजबारे संसारलाई बुझाउन, त्यो क्षण रेकर्ड गर्न लेख्दै थिए–केही । उनले ५ हजार बन्दीहरू कोचिएको ‘सहरको एउटा सानो कुना’ बारेमात्र लेख्दै थिए, देशका बाँकी भू–भागमा के भयो, अकल्पनीय थियो । राक्षसी सैनिक सक्रियता उनले पनि महसुस गरेको हुनुपर्छ ।
किसान परिवारमा बिताएको बाल्यकालका कारण जीवनको अन्तिम घडीमा भिक्टरले सेनालाई ‘सुँडेनी’ को रूपमा हेरेको हुनुपर्छ जसको आगमन चिच्याहटको सड्ढेत हो र एक जना शिशुको रूपमा त्यो असह्य पीडा थियो ।
(भिक्टरले लेखेको कविता अघिल्लो अड्ढमा प्रकाशित छ) आज यो बुझाइ ‘राजकुमार’ को यातना र पीडादायी मुस्कानका कारण अल्मलाउने खालको छ । यद्यपि भिक्टरसँग अझै भविष्यप्रति आशा थियो र अन्तत मेसिनगन र बमभन्दा जनता नै सर्वशक्तिवान हुने प्रगाढ विश्वास थियो । …. कविताको अन्तिम हरफतिर आएर उनले साङ्गीतिक पारामा कोरेका छन्– ‘कति गाह्रो छ गाउन जब म आतड्ढको गीत गाउँछु ।’ अनि उनलाई बिथोलियो । केही जवानहरू उनलाई खोज्दै त्यहाँ पुगे । राष्ट्रिय रङ्गशालामा लग्न लागिएका बन्दीहरूबाट उनलाई अलग छुटाइयो । तत्कालै उनले आफूले लेखेको कागज आडैको साथीलाई दिए र साथीले एकै क्षणमा त्यो कागत आफ्नो मोजाभित्र घुसाए । भिक्टरका सबै साथीहरूले उनको कविता कण्ठस्थ गर्ने खुब कोसिस गरे ताकि त्यसलाई त्यो कारागारबाट बाहिर लग्न सकियोस् । त्यसपश्चात् उनीहरूले कहिल्यै भिक्टरलाई देखेनन् ।
धेरै कैदीहरूलाई इस्टिडियो चिलीबाट अन्यत्र लगिए पनि त्यो रङ्गशाला भरिभराउ नै थियो किनभने त्यहाँ लगातार अरु महिला र पुरुष बन्दी ल्याउने क्रम रोकिएको थिएन । रङ्गशालामा भिक्टरले बिताएका अरु दुई वटा प्रसङ्ग मसँग छन् …. रङ्गशालाको लुगा फेर्ने कोठाहरू जसलाई अहिले यातना कक्ष बनाइएका थिए, त्यहाँ भिक्टरसँग केही घण्टा बिताएका एक जनामार्फत छोरीहरू र मेरालाई पठाएको मायाको सन्देश …. अर्को पटक ‘राजकुमार’ नाम दिइएको सैनिक अधिकारीले फेरि एकपटक भिक्टरलाई गरेको कुटपिट र अपमान । छारे रोगीझैँ स्वनियन्त्रण गुमाएर ती सिपाहीं भिक्टरसमक्ष चिच्याउँदै थिए, ‘गाऊ अहिले, सक्छस् ? सा ….. ‘अनि भिक्टरले चार दिनका असह्य पीडा पछि रङ्गशालामा पपुलर युनिटी पार्टीको गीत ‘Verceremos’ ठूल्ठूलो स्वरमा गाए । त्यसपछि उनीमाथि थप कुटपिट भयो र पीडाको अन्तिम पहाड छिचोल्न लगाइयो ।
मुख्य रेलमार्गको दक्षिण दिशा वरपर बक्सिङ रङ्गशाला छ, त्यताबाट सान मिग्यल श्रमिक वर्गीय जिल्ला छिचोल्दै महानगरीय चिहानधारीका पर्खाल सँगसँगै सान्टियागो सहर पुगिन्छ । त्यहीं सेप्टेम्बर १६, आइतबारको बिहान स्थानीय जनताले ६ वटा लास लहरै राखिएको देखे । सबै लासमा गहिरा घाउ र मेसिनगनका गोलीका प्वालहरू थिए ।
उनीहरूले कोही चिनेको मानिसको लास हो कि भनी एक–एकलाई नजिकबाट नियाले । उनीहरूमध्ये एक जना महिला भकानिंदै अचानक कराइन्, ‘यिनी त भिक्टर जारा हुन् ।’ त्यो अनुहार उनीहरूको परिचित र प्रिय अनुहार थियो । एक जना महिलाले त भिक्टरलाई व्यक्तिगतरूपमै नजिकबाट चिन्थिन् किनभने त्यो ठाउँमा गीत गाउन भिक्टर आउँदा उनले सिमीको तरकारी खान भिक्टरलाई आफ्नो घर लगेकी थिइन् । के गरुँ कसो गरुँ भनी उनीहरू अल्मलिरहँदा त्यहाँ गस्ती भ्यान आइपुग्यो । सबैजना डरले यताउता छरिए । पर्खाल पछाडिबाट के हुन्छ हेर्दै बसे । भ्यानबाट सेतो पोशाक लगाएका मासिनहरूको एक समूहले ती लासहरूलाई खुट्टा समातेर घिसार्दै भ्यानभित्र हुत्याए । त्यहीँ भ्यानले भिक्टरको शव पनि सहरको मुर्दाघर पु¥याएको हुनुपर्छ । अज्ञात लास जसलाई सामूहिक चिहानमा विलुप्त गर्ने पूरा तयारी थियो । तर फेरि पनि त्यहाँ काम गर्ने एक जना मानिसले उनलाई चिने ।
पछि जब भिक्टरको कविता मलाई दिइयो, मैले बुझेँ– भिक्टर आफ्नो सही परिचय छोड्न चाहन्छन्, फासिवादको प्रतिरोध गर्ने उनीसँग भएको एउटैमात्र बाटो, मानव अधिकार र शान्तिको लागि लड्न उनीसँग भएको एउटैमात्र अस्त्र उनी छोड्न चाहन्छन् ।
Chile: The Other September 11 बाट
अनुवाद ः पद्म वान्तवा राई
चिली रङ्गशाला
भिक्टर जारा
सहरको यो सानो हिस्सामा मात्र
हामी पाँच हजार जना छौँ
हो, हामी पाँच हजार ।
सबै सहरहरू र सम्पूर्ण देशमा
हामी कति छौँ कुन्नि ?
मात्र यहाँ
बीज रोप्ने र कारखाना चलाउने
दस हजार हात छन् ।
भोक, जाडो, पीडा, दुखाइ,
नैतिक दबाब, आतड्ढ र पागलपनबीच
कति कति मानवता उदाङ्गिएको होला ?
कुनै तारापुञ्जमा बिलाए सरि
हामीमध्ये ६ जना हराए ।
एक म¥यो,
अर्को मैले कहिल्यै नपत्याए सरि
कुटाइ खाएर म¥यो,
कसरी मानिस कुटिन सक्छ ¤
अरु चारले आफ्नो भय अन्त गर्न चाहे
एकजना शून्यतामा हामफाल्यो
अर्को भित्तामा टाउको
आजित थिए ।
फासिवादको अनुहार कति आतड्ढपूर्ण छ ¤
उनीहरू चकुको टुपाले योजना कोर्छन् ।
कुनै पर्वाह छैन तिनलाई ।
उनीहरूको लागि रगत भन्नु तक्मा हो,
शिर छेदन नायकत्वको पहिचान
हे भगवान, के तिमीले बनाएको संसार यही हो
के यसैको लागि तिमीले सात दिन–रात काम गरेका थियौ ?
यी चार पर्खालभित्रमात्र सङ्ख्या छन्
जसले कुनै प्रगति गर्न सक्दैन,
जो क्रमशः आफ्नो मृत्युको कामना गर्दछ ।
तर अनायास मेरो अन्तश्चेतना जाग्दछ
र देख्छु यो उभारको कुनै धड्कन छैन,
हृदयमात्र रगत प्रवाहको उपकरण बनेको छ
अनि सिपाहीँ आफ्नो सँुडिनीको मुख
विनोदपूर्ण देखाइरहेछ ।
यो नृशंसताविरुद्ध
मेक्सिको, क्युवा र सारा विश्व उठ्न देऊ ¤
हामी दस हजार हात–
केही रचना गर्न सक्दैनौँ ।
सम्पूर्ण देशमा हामी जस्ता कति होलान् ?
हाम्रा राष्ट्रपति, हाम्रा कमरेडको रगत
कुनै बम र मेसिनगनभन्दा सामथ्र्यवान हुनेछ ¤
तसर्थ, हाम्रा मुठ्ठी उठ्नेछन् अझ ¤
जब मैले आतड्ढ गाउनुपर्छ
गाउन कति गा¥हो छ ।
आतड्ढ जो म बाँचिरहेछु,
आतड्ढ जो म मरिरहेछु ।
यो अवस्थाबीच आफूलाई उभ्याइरहँदा
र यो अगम्य क्षणबीच रहँदा
मौनता र चिच्याहट नै
मेरो गीतको अन्त्य हुनेछ
मैले जे देखेँ, कहिल्यै देखेको थिइनँ
जे मैले आभास गरेँ, कहिल्यै गरेको थिइनँ
तिनै यो समयलाई जन्म दिइरहेको छ …
सेप्टेम्बर १९७३
(स्पेनी भाषाबाट अङ्ग्रेजी अनुवाद जोन जारा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *