भर्खरै :

संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘सेप्टेम्बर ११’ – १२

चिलीको वियोगान्तः संसारभरका क्रान्तिकारीहरूको लागि शिक्षा
अनवर होक्सा
असल माक्र्सवादी लेनिनवादी पार्टीहरूले गरेका पूर्व विश्लेषण र समयले प्रमाणित गरेजस्तै संशोधनवादीहरू क्रान्तिका विरोधी थिए । संशोधनवादीहरूको लक्ष्य नै सोभियत सङ्घलाई पुँजीवादी देशमा पतन गर्नु र क्रान्तिकारी आधारलाई प्रतिक्रान्तिकारी आधारमा विघटन गर्नु थियो । उनीहरूले क्रान्तिकारीहरूबीच अन्योल सिर्जना गर्न र क्रान्तिलाई पराजीत गर्न लामो समय काम गरे । जहाँ पनि र जहिले पनि उनीहरू क्रान्तिकारी सङ्घर्ष र राष्ट्रिय मुक्ति सङ्घर्षको आगो निभाउन उद्यत्त रहे । जनतामा रहेको क्रान्तिको विश्वासका कारण उनीहरू क्रान्तिकारी भएको अभिनय त गर्छन् । तर, उनीहरूको दृष्टिकोण र गतिविधिका कारण संशोधनवादीहरूले क्रान्तिकारी विचारलाई मुनामै निमोठ्ने वा कतै क्रान्तिको झिल्को देखिए त्यसलाई दबाउने काम गर्छन् ।
माक्र्सवाद–लेनिनवादबाट उनीहरूको विचलन, सर्वहारा वर्गको वर्गीय हित त्याग्नु, जनताको राष्ट्रिय मुक्तिको लक्ष्यप्रति धोखेबाजीले संशोधनवादीहरूलाई पूर्णतः क्रान्ति अस्वीकार गर्ने ठाउँमा पु¥याएको छ । उनीहरूको लागि क्रान्तिको सिद्धान्त र व्यवहार केही सुधारवादी मागमा सीमित बनेको छ । अनि पुँजीवादीका आधारलाई कति पनि प्रभाव नपारी पुँजीवादको ढाँचाभित्र ती सुधारवादी माग पूरा गर्न सकिनेमा उनीहरू विश्वास गर्छन् । संशोधनवादीहरू क्रान्ति र सुधारबीचको विभाजनकारी रेखा मेट्ने प्रयास गर्छन् । उनीहरू विद्यमान विकसित विश्वको अवस्थामा क्रान्तिकारी परिवर्तनको आवश्यकता नभएको भन्छन् किनभने अहिलेको प्राविधिक–वैज्ञानिक क्रान्तिले पुँजीवादी समाजका सामाजिक वर्गीय अन्तर्विरोधलाई नष्ट गरेको, प्राविधिक–वैज्ञानिक क्रान्तिले पुँजीवादी व्यवस्थालाई समाजवादी व्यवस्थातिर डो¥याउने र सबै समृद्ध बन्ने ‘नयाँ समाज’ स्थापना गर्न सकिने उनीहरूको धारणा हो । यस्ता अन्योलपूर्ण तर्कसामु कसैले पनि शोषक र शोषितको कुरा गर्नसक्दैनन् । सारमा उनीहरूको भनाइमा सामाजिक क्रान्ति, पुँजीवादी राज्ययन्त्र ध्वस्त बनाउन र सर्वहारा वर्गको अधिनायकत्वको स्थापना आवश्यक छैन ।
लेनिनवाद र त्यसको सिर्जनात्मक विकासको मुखुन्डो लगाएर संशोधनवादीहरू संसारमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छन् । जसले उनीहरूलाई ‘सामाजिक–साम्राज्यवादी’ मा पतन गरेको छ । ख्रुश्चेभको ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ मा आधारित ‘शान्तिपूर्ण सहअस्तित्व’, ‘हातहतियार र युद्ध नभएको विश्व’, ‘संसदीय बाटो’ आदिबाट संशोधनवादीहरू पलाएर सोभियत सङ्घमा पुँजीवादी पुनःस्थापना र समाजवादलाई सामाजिक साम्राज्यवादमा पतनमा गएर बिसर्जन भए ।
संशोधनवादीहरू क्रान्ति र जनताको मुक्ति सङ्घर्षविरुद्ध छन् । उनीहरू माक्र्सवाद–लेनिनवादप्रति दृढ र रक्षा गर्ने कम्युनिस्ट पार्टीका विरोधी हुन्छन् । मुक्ति सङ्घर्ष र क्रान्तिकारी आन्दोलनको तेजलाई नष्ट बनाउने लक्ष्य पूरा गर्न संशोधनवादीहरूले ‘शान्तिपूर्ण बाटो’ लाई नै आफ्नो ‘सिद्धान्त’ को आधार बनाए । माक्र्सवादको आधारभूत प्रश्नजस्तै क्रान्तिको सिद्धान्तलाई बङ्ग्याएर र आफ्ना अवसरवादी सिद्धान्त प्रचार गरेर उनीहरू श्रमिक वर्गलाई क्रान्तिकारी वर्गसङ्घर्षबाट टाढा राख्न खोज्दछन् । पुँजीपति वर्गसमक्ष आत्मसमर्पण गरेर श्रमिक वर्गलाई पुँजीवादी दासता स्वीकार्न बाध्य पार्छन् ।
अर्कोतिर सोभियत नेताहरूले आफ्नो विदेश नीतिको आधारभूत नीति घोषणा गरेको ‘शान्तिपूर्ण सहअस्तित्व’ को नीतिलाई संसारका अन्य कम्युनिस्ट र राष्ट्रिय मुक्ति आन्दोलनमाथि थोपर्ने चाहना साम्राज्यवादसँग बृहत् सम्झौतामा पुग्ने, क्रान्तिकारी आन्दोलन दबाउन तथा मुक्ति आन्दोलन कमजोर बनाउने र आफ्नो प्रभाव क्षेत्र जोगाउने र विस्तार गर्ने पूर्णतः रणनीतिक योजना हो । संशोधनवादीहरूले साम्राज्यवाद र पुँजीवादको सेवा गर्ने यस्तो खालको ‘सहअस्तित्व’ प्रयोग गर्न चाहन्छन् अथवा प्रयोग गरिरहेका छन् । त्यो नीतिले व्यापक जनतालाई वैचारिक र राजनीतिकरूपमा निःशस्त्र बनाउँछ । उनीहरूको क्रान्तिकारी भावनालाई भुत्ते बनाइदिन्छ र निस्क्रिय बनाउँछ । भविष्यमा साम्राज्यवादी र सामाजिक–साम्राज्यवादीहरूबाट हुने हमला सामना गर्न नसक्ने बनाइदिन्छ । राज्य सत्ता आफ्नो हातमा हत्याउन सफल सोभियत संशोधनवादीहरू र अरु संशोधनवादीहरूले क्रान्तिकारी पार्टीलाई क्रान्तिकारी सिद्धान्तबाट अलग बनाएर ध्वस्त बनाएका छन् । सबै लेनिनवादी विचारलाई अस्वीकार गर्दै खुट्टाले किचिमिची बनाएका छन् । देशमा उदारवाद र विघटनको बाटो खोलेका छन् । आफ्ना माक्र्सवादविरोधी विचार ‘पुँजीवादलाई समाजवादमा सङ्क्रमण गर्न सकिन्छ’, ‘गैरसर्वहारा वर्गले पनि समाजवादका आदर्श र समाजवादी आन्दोलनका नेताहरूलाई पछ्याउन सक्छन्’ र ‘राष्ट्रिय पुँजीपति वर्ग सत्तामा भएका देश पनि समाजवादमा फड्को मार्न सक्छ’ भन्ने कुरा फैलाएर संशोधनवादीहरूले श्रमिक वर्गको अग्रदस्ता पार्टीको सिद्धान्तलाई अस्वीकारमात्र गरेका छैनन् बरु पुँजीपति र प्रतिक्रियावादी वर्गको सङ्गठित हमला गरेको अवस्थामा श्रमिक वर्गलाई नेतृत्वविहीन अवस्थामा पु¥याएको हुन्छ ।
संसदीय बाटोबाट समाजवादी व्यवस्थाको स्थापना किमार्थ सम्भव नभएको कुरा इतिहासले पुष्टि गरेको छ  । चिलीमा समाजवाद त परको कुरा थियो । प्रजातान्त्रिक शासन स्थापनाको प्रक्रिया चल्दै थियो । चिलीमा भएको सेप्टेम्बर ११ मा भएको घटनाले पुष्टि गरेको छ । पहिला यो कुरा भन्नुपर्छ, आजसम्म पुँजीपति वर्गले कम्युनिस्टहरूलाई संसदमा बहुमत ल्याउन र सरकार गठन गर्नै दिएको छैन । कथंकदाचित कहीँ कतै कम्युनिस्ट र उनीहरूका सहयोद्धाहरूले संसदमा उल्लेख्य उपस्थिति जनाउन र सरकारमा सहभागी बनेको अवस्थामा पनि उनीहरूलाई संसद वा सरकारको पुँजीवादी चरित्रमा कुनै परिवर्तन गर्न दिइएको छैन । त्यसरी संसदमा बलियो उपस्थिति देखाउने र सरकारमा जाने कम्युनिस्ट पार्टीले पनि पुरानो राज्ययन्त्र भत्काउन र नयाँ संरचना स्थापना गर्न सकेका छैनन् ।
पुँजीपति वर्गले सरकारी प्रशासनिक संयन्त्र सबै नियन्त्रणमा राख्ने अवस्थामा ‘संसदीय बहुमत’ ले देशको भाग्यमा परिवर्तन ल्याउने कुरा असम्भवमात्र होइन, अविश्वसनीय पनि छ । पुँजीवादी राज्ययन्त्रको मुख्य हिस्सा भनेको नै राजनीतिक र आर्थिक शक्ति हो, सेना हो । जबसम्म ती शक्तिमा कुनै फेरबदल गरेर नयाँ शक्ति बन्दैन, प्रहरी, गुप्तचर सेवा आदि पुराना संरचना रहेसम्म संसद वा प्रजातान्त्रिक सरकार लामोसम्म टिक्ने कुरा सुनिश्चित गर्न सकिन्न । चिलीमा घटनाले मात्र होइन, अरु पनि धेरै घटनाले पुँजीपति वर्गको नेतृत्वमा सेनाले सजिलै प्रतिक्रान्तिकारी सत्ताकब्जा गर्न सक्छन् भन्ने कुरा देखाएको छ ।
खु्रश्चेभपन्थी संशोधनवादीहरूले पुँजीवादी संसदमा कम्युनिस्टहरू सहभागी बन्ने र पुँजीपति वर्गबाट राज्यसत्ता कब्जा गर्ने सम्बन्धमा लेनिनका भिन्न प्रस्ट विचारमा अलमल पारिदिए । लेनिनले निश्चित परिस्थितिमा कम्युनिस्टहरू पुँजीवादी संसदमा सहभागी बन्न अस्वीकार नगरेको सर्वविदित छ । तर, उनले पुँजीवादी संसदमा कम्युनिस्ट पार्टीको सहभागितालाई श्रमिक वर्गको हित रक्षा गर्ने, पुँजीवाद र त्यसको राज्य शक्तिलाई नाङ्गेझार पार्ने र श्रमिक वर्गको पक्षमा पुँजीपति वर्गलाई निर्णय गर्न बाध्य पार्ने दबुको रूपमा विश्लेषण गर्नुभएको थियो । लेनिनले यो पनि भन्नुभएको छ, “श्रमिक वर्गको हितमा संसदको प्रयोग गर्न सङ्घर्ष गर्दा संसदीय भ्रम र पुँजीवादी संसदवादको झूठबारे सधैँ सजग हुनुपर्छ ।”
लेनिन भन्नुहुन्छ, “जनतालाई सचेत बनाउन, चुनावमार्फत जनतालाई शिक्षित बनाउन र संसदभित्र सङ्घर्ष गर्न क्रान्तिकारी सर्वहारा वर्गको पार्टीले पुँजीवादी संसदमा भाग लिनुपर्छ । तर, वर्गसङ्घर्षलाई संसदभित्र मात्र सीमित राख्नु वा संसदीय सङ्घर्षलाई नै अन्तिम सङ्घर्ष मान्ने र सङ्घर्षका अन्य निर्णायक माध्यमलाई उपेक्षा गर्नु भनेको वास्तवमा सर्वहारा वर्गविरुद्ध पुँजीपति वर्गको पक्ष लिनु हो ।” (भी आई लेनिन, सङ्कलित रचना, भाग–३०, पृष्ठ–३०४–३०५ अल्बानियन संस्करण)
आफ्नो पार्टीलाई चुनावी पार्टीमा परिणत गरेका दोस्रो अन्तर्राष्ट्रियका प्रतिनिधि पार्टीहरूको आलोचना गर्दै लेनिनले संसदवाद कसरी विचारधारा, नीति र व्यवहारसँग सम्बन्धित छ भनी प्रस्ट देखाउनुभएको छ । उहाँले जोड दिनुभएको छ, “पुँजीवादी राज्यसत्ता विस्तारै ओइलाएपछि त्यसको ठाउँ सर्वहारा राज्यसत्ता (सर्वहारा वर्गको अधिनायकत्व) ले लिनसक्दैन । बरु एउटा आम नियमजस्तै हिंसात्मक क्रान्तिमार्फत त्यो सम्भव छ ।” (भी. आई. लेनिन, सङ्कलित रचना, भाग–२५, पृष्ठ–४७३ अल्बानियन संस्करण)
उहाँले जोड दिनुभएको छ, “यो विचारबाट जनतालाई व्यवस्थितरूपमा शिक्षित बनाउन आवश्यक छ र प्रष्टतः हिंसात्मक क्रान्तिको यही विचार नै माक्र्स र एँगेल्सको सम्पूर्ण विचारधाराको आधार हो ।” (उही)
तर, अझै पनि ‘संसदीय बाटो’ को वकालत गरेर आधुनिक संशोधनवादीहरूले सरलरूपमा काउत्स्की र उनको मण्डलीका विचारको अन्धनक्कल गरे । जति जति उनीहरू यो बाटोमा अघि बढ्छन्, त्यत्ति त्यत्ति उनीहरू उदाङ्गिने छन् । उनीहरू थप पराजय भोग्दै जानेछन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा कामदार जनताको आन्दोलनको सम्पूर्ण इतिहासले हिंसात्मक क्रान्ति, पुँजीवादी राज्ययन्त्र र सर्वहारा वर्गको अधिनायकवादको स्थापना नै सर्वहारा क्रान्तिको विश्वव्यापी नियम हो भन्ने कुरा पुष्टि गरेको छ ।
लेनिनले भन्नुभएको छ, “साम्यवादतर्फको गति सर्वहारा वर्गको अधिनायकत्व हुँदै अघि जान्छ । त्योबाहेक अरु बाटो अघि बढ्न सक्दैन किनभने पुँजीवादी शोषकहरूको प्रतिरोध ध्वस्त गर्नसक्ने अरु कुनै बाटो छैन ।” (उही, पृष्ठ–५४८)
अनुवाद ः पद्म वान्तवा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *