समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२
– हर्षबहादुर केसी
कम्युनिस्टहरु माक्र्सवाद र लेनिनवादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्छन् । मार्ग निर्देशक सिद्धान्त व्यवहारमा लागू गर्न कानुनी र गैरकानुनी सङ्घर्ष गर्छन् । नेपालका अधिकांश कम्युनिस्ट पार्टीहरुको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहेको छ । तर, कति दलहरु मार्ग निर्देशक सिद्धान्त जोडेर त्यही सिद्धान्त र विचार तोडमरोड गर्छन्, मार्गनिर्देशक सिद्धान्त जोडेर दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्छन्, पदको दुरुपयोग गरी अकुत सम्पति जोड्छन् । कति कम्युनिस्ट पार्टीहरु संशोधनवादीमात्र होइन अवसरवादी छन् । कहिलेकाहीँ कम्युनिस्ट सिद्धान्त र विचारको प्रचारात्मक कार्यक्रम गरेर आफूलाई कम्युनिस्ट दलको परिचय दिन्छन् । सत्तारुढ दल नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सिचिफिङको विचारबारे भएको अन्तरक्रिया यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ । यो कार्यक्रम चिनियाँ राष्ट्रपति सि चिफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा गरिएको छ । कतै नेकपाको यो कार्यक्रम चिनियाँ सरकारलाई खुसी पार्न गरिएको होइन ?
नेकपाको जीवन दर्शन माक्र्सवाद–लेनिनवाद हो भने तद्नुरुप नेकपाले गतिविधि गर्नुपर्ने हो । वर्षको एकचोटि माक्र्सवाद र लेनिनवादबारे छलफल चलाएर पुग्दैन । अन्य कम्युनिस्ट पार्टीहरुको विचार सत्तारुढ दल नेकपा सच्चा कम्युनिस्ट पार्टी होस् भन्ने नै हो । नेकपाले माक्र्सवाद र लेनिनवाद छोडेर जनताको पथतिर लागेको देखिन्छ । ‘जनताको पथ’ कुन सिद्धान्त र विचारमा आधारित पथ हो । सुखी नेपाली समृद्ध नेपालको कुरा उठाएर माक्र्सवाद र लेनिनवाद भुल्ने दलमा कसरी कम्युनिस्टको सचाइ हुन्छ ?
सि चिफिङको विचारबाट नेपालले सिके राम्रो हो । तर सिको विचारबारे अन्तरक्रिया गरेर चीनसँग पैसा झार्नु ठीक होइन । चिनियाँ सरकारले आर्थिक सहयोग गरेर विकासमा सहयोग पु¥याउन सक्छ । तर, त्यस सहयोगले नेपालको कम्युनिस्ट पार्टी बलियो हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । चीनले सि विचारबारे अन्तरक्रिया नगरे पनि आर्थिक सहयोग या विकासमा टेवा पु¥याइरहेकै हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उच्चस्तरीय भ्रमणलाई लाभदायी बनाउने चाहनाले पनि नेपाल सरकारको नियत ठीक नभएको या सङ्कीर्ण विचार रहेको थाहा हुन्छ ।
Leave a Reply