भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालको वास्तविकता

रसिक
विगत डेढ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालको विषयमा सकारात्मक र नकारात्मक समाचार विभिन्न अनलाइन तथा छापा सञ्चारमाध्यमहरूमा आइरहेका छन् । अस्पतालका तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरूबाट भएको भ्रष्टाचार, अस्पतालका चिकित्सक एवं कर्मचारीहरूमा विभेदपूर्ण क्रियाकलाप गरेको, सफाइमजदुरहरूमाथि शोषणजस्ता विषय सञ्चारमाध्यममा प्रकाशित भएपछि स्थानीय जनता, स्वयं अस्पतालका डाक्टर र कर्मचारीहरूबाट भक्तपुर नगरपालिकालाई अभिभावकीय भूमिका निर्वाह गर्न लिखित माग भएको भन्ने आधारमा नगरपालिकाले गत साउन ३० गते विद्यमान व्यवस्थापन समिति भङ्ग गरी नगर प्रमुखको अध्यक्षतामा नयाँकार्य समिति गठन भएको भन्ने समाचार आएपछि क्यान्सर अस्पतालको विषयमा सबैको ध्यान गएको हो भन्ने लाग्छ । यतिसम्म कि पूर्व स्वास्थ्यमन्त्री एवं काँग्रेसी नेता तथा पूर्व उद्योगमन्त्री एवं नेकपाका एक नेताले संसदमै चर्को स्वरमा भक्तपुर नगरपालिकाविरुद्ध आवाज उठाए । अहिले सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दा विचाराधीन छ ।
भक्तपुर नगरपालिकाका प्रमुुखको अध्यक्षतामा नयाँकार्यसमिति गठन गरेको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले नयाँकार्य समितिलाई कुनै पनि कार्य नगर्न अन्तरिम आदेश दिएको छ । तर, पुरानो व्यवस्थापन समितिका कोही पनि पदाधिकारी अस्पताल छिर्न सकेको छैन । सायद अस्पतालभित्र पस्ने नैतिक बल नै पो भएन कि ? अथवा अस्पतालका डाक्टर र कर्मचारीहरूसँग शीर ठाडो पारेर उभिने आँट पो भएन कि ? नभए अदालतले बाटो खोल्दा पनि किन उनीहरू अस्पताल छिर्न सकेनन् ?
सबै डाक्टर, नर्स र कर्मचारीहरूमा गजबको एकता देखिन्छ । सबैजना पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरूबाट असन्तुष्ट र रुष्ट छन् । साथै नगरपालिकाले अभिभावकत्व ग्रहण गरेकोमा सबैजना खुसी देखिन्छन् । ‘आखिर नगरपालिकाले अस्पतालको लागि जग्गा र अनुदान दिएको छ भने अस्पतालमा सङ्कट आउँदा नगरपालिकालाई गुहारेर हामीले के अपराध ग¥यौं ? नगरपालिका स्थानीय सरकार हो, आप्mनो क्षेत्राधिकारभित्रको अव्यवस्थाप्रति उसले जिम्मेवारी लिनैपर्छ ।’ एक जना कर्मचारीले सुनाए ।
भक्तपुर क्यान्सर अस्पतालको जिम्मा भक्तपुर नगरपालिकाले लिएपछि हजारौं बिरामीहरू अलपत्र परे भन्ने समाचार आयो । त्यस विषयमा यथार्थ बुभ्mनु थियो । त्यसैले अस्पतालमा नयाँव्यवस्थापन समिति आउनु एक महिना अगाडि र नयाँव्यवस्थापन समिति आइसकेपछि एक महिनाको तथ्याङ्क खोजी गरेँ । अस्पतालबाट प्राप्त तथ्याङ्क यस्तो छ ः
अस्पतालमा बिरामीले सेवाप्राप्त गरेको सङ्ख्या र अस्पतालको आम्दानी रकमको तुलना गर्दा मात्र पनि यो कुरा प्रस्ट हुन्छ कि भक्तपुर नगरपालिकाअन्तर्गत भक्तपुर क्यान्सर अस्पताल सञ्चालन भएपछि बढी बिरामीले सेवा प्राप्त गरेका छन् । तथ्याङ्क नै हामीसामु भएपछि थप व्याख्या गर्न आवश्यक परेन । निश्चय पनि भक्तपुर नगरपालिकाको अभिभावकत्वलाई सहर्ष स्वीकार गरेर अस्पतालका डाक्टर तथा कर्मचारीहरूले उत्साहपूर्वक बिरामीको सेवा गरेको तथ्याङ्क लुकेको पाटो हो भन्ने लाग्छ ।
यो अवधिमा विभिन्न अनलाइन तथा छापा सञ्चारमाध्यमहरूमाप्रकाशित समाचारहरू विश्लेषण गर्दा पनि नगरपालिकाअन्तर्गत क्यान्सर अस्पताल सञ्चालन भएपछि स्थानीय जनता, सेवाग्राही बिरामीहरू र अस्पताल परिवार खुसी रहेको देखिन्छ । पुरानो व्यवस्थापन समितिबाट प्रायोजित एक दुई वटा समाचारले केही नाप्दैन भन्ने स्पष्ट छ ।

त्यस्तै क्यान्सर अस्पतालले गरेको मासिक आम्दानीको तथ्याङ्क यस्तो देखियो ः


क्यान्सर अस्पतालको विषयमा सबैभन्दा चर्कोसँग उठेको विषय भनेको अस्पतालका सफाइ कर्मचारीहरूको श्रम शोषण नै हो । अस्पतालले मासिकरूपमा प्रतिकर्मचारी रु.२६,५००। को दरले भरोसा सर्भिसेज प्रालिलाई भुक्तानी गरिएको र भरोसाले कर्मचारीलाई प्रतिव्यक्ति मासिक रु.१३,५००। मात्र दिइएको प्रमाण भेटिएको समाचार छ । यो त सरासर भ्रष्टाचार नै हो भन्ने एकातर्फ आवाज उठ्दैछ ।
भरोसा सर्भिसेज प्रालिको वेभसाइट खोल्दा भने अचम्मित हुने खालको छ । क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिका एक जिम्मेवार पदाधिकारी विमल होडा भरोसा सर्भिसेज प्रालिका विजनेस डाइरेक्टर रहेछन् । अस्पतालको जिम्मेवारी पदाधिकारीले आपूm प्रत्यक्षरूपमा संलग्न रहेको संस्थामार्फत कर्मचारी नियुक्तिको ठेक्का पाउनु र त्यसबाट आर्थिक लाभ लिनु के न्यायोचित छ र ? यो भ्रष्टाचार होइन र ? अस्पतालमा सफाइ मजदुर नियुक्ति गर्ने ठेक्का भरोसाले कसरी पाए ?
क्यान्सर अस्पतालमा उपचार गर्ने बिरामीहरूले डाक्टरको सल्लाहमा अस्पताल परिसरभित्र सीटी स्क्यान गर्दा, एक्सरे र भिडियो एक्सरे लिँदा वा औषधि खरिद गर्दा निजी कम्पनीहरूको बिल प्राप्त गर्छन् भन्ने केही प्रमाणहरू सङ्कलन भएका छन् । यसो गर्न पाइने किन पाइने भन्ने प्रश्न त छँदैछ । पाइने नै हो भने अस्पतालसँग ती निजी कम्पनीहरूले निश्चित प्रक्रिया त अवलम्बन गर्नैपर्छ होला नि । भोलि विधि र प्रक्रियामा चुकेकै कारण अख्तियारमा तानिने विषयवस्तु त रहला नै ।
अस्पतालको ल्याव सेवासम्बन्धी अपारदर्शी ढङ्गबाट सेरोल्याव प्रालिसँग तत्कालीन व्यवस्थापन समितिले सम्झौता गरी भ्रष्टाचार गरेको चर्चा चलिरहेको बेला त्यही विवादित सेरोल्यावको आर्थिक प्रायोजनमा नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) को केन्द्रीय अधिवेशन काठमाडाँै दरबार मार्गको एक पाँचतारे होटेलमा हालै सम्पन्न भएको समाचारले एकछिन सोच्न बाध्य बनायो । अदालतमा मुद्दा चलिरहेको अवस्थामा विवादित कम्पनीको प्रायोजनमा कार्यक्रम गर्नुको रहस्य के हो ? यस विषयमा अस्पतालका वरिष्ठ चिकित्सक एवम् एनसीआरएसका पूर्वपदाधिकारीहरूबाट सामाजिक सञ्जालमा असन्तोष व्यक्त गरेको देखियो । त्यस्तै उक्त अधिवेशन अधिकांश एनसीआरएस जिल्ला समितिहरूले बहिष्कार गरेको समाचार पनि आयो । यसबाट दालमेँ कुछ काला हैँ भनी शङ्का गर्न सकिने ठाउँ पक्का रह्यो ।
भक्तपुर क्यान्सर अस्पतालका तत्कालीन व्यवस्थापन समितिका पदाधिकारीहरू (एनसीआरएसका केन्द्रीय पदाधिकारीहरू पनि तिनै हुन्) ले भक्तपुर क्यान्सर अस्पतालमा गरेका गलत क्रियाकलापहरूको विषयमा छानबिन हुँदा यी कोणहरूबाट केलाएमा सत्यको नजिक पुग्न सकिन्छ कि भन्ने आशय मात्र हो ।
निश्चय पनि अस्पतालमा देशैभरिका र अझ विदेशबाट समेत बिरामीहरूले सहजरूपमा उत्कृष्ट उपचार पाउने अधिकार राख्छ । अस्पतालजस्तो संवेदनशील क्षेत्र कुनै राजनैतिक स्वार्थ वा गैरसरकारी संस्था र व्यक्तिको स्वार्थ पूरा गर्ने क्रिडास्थल बन्नु हुँदैन भन्ने कुरामा सबैजना सचेत हुनैपर्छ । नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी आप्mनो कार्य क्षेत्राधिकारभित्रको अस्पतालको बेथितिबारे भक्तपुर नगरपालिका मौन रहन सक्दैन भन्ने कुरा पनि उत्तिकै सत्य हो । स्थानीय सरकारको दायित्व निर्वाह गर्ने क्रममा भक्तपुर नगरपालिकाले गरेको काम ठीक या बेठीक भन्ने छुट्याउने अधिकार अदालतसँग छ । तर, अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरू सबैले एकमतले अस्वीकार गरेको व्यवस्थापन समितिले पुनः अस्पतालमा गएर काम गर्ने नैतिक अधिकार भने पुरानो समितिले गुमाएको यथार्थ हो । पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरूविरुद्ध लागेको आर्थिक अनियमितता र भ्रष्टाचारको कालो धब्बा मेटाउन सजिलो हुने छैन ।
अस्पताल जनताको हो, कुनै गैरसरकारी संस्था वा व्यक्ति समूहको निजी होइन । यसमा सबैजना प्रस्ट छन् । अस्पतालका लागि भक्तपुर नगरपालिकाले दिएको जग्गा प्रदान गर्दा उक्तजग्गा कसैलाई हक हस्तान्तरण वा बिक्री वा भाडामा लगाउन नपाइने सर्त उल्लेख थियो । यसको कागजात पनि बाहिर आइसकेको छ ।
त्यसैले जनताको सम्पति दुरुपयोग गर्ने वा भ्रष्टाचार गर्ने जो कोही पनि कानुनी कठघरामा उभिनैपर्छ । त्यसमाथि भक्तपुर भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास बोकेको जिल्ला हो । सम्बन्धित पक्षको बेलैमा चेतना खुले जाती हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *