अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
– विगोल
जनताका डाक्टर अशोकानन्द मिश्र अनौठा डाक्टर हुन् । बिरामीले चुरोट खाएको देखेपछि उनी झपार्छन् र कहिलेकाहीँ गालामा चड्काउँछन् बिरामीको हितको लागि । नेपालमा पानीको स्रोत अपार छ तर पेटभर खान पाउँदैन । सरकारले आफ्नो दायित्व पूरा गरेको छैन । के यो मुलुकको दशा होइन ? जनताका आवाज र समस्या सुन्नुपर्ने पक्षले सुन्दैन । नेकपा कहिले कम्युनिस्ट हुन्छ ? कम्युनिस्ट कम्युनिस्ट नहँुदाको दशाले महरा काण्ड घट्यो । कति नमज्जा । नेपालले लिपुलेक र कालापानीको मुद्दा टुङ्ग्याउन कूटनीतिक पहल गर्नुपर्छ । विगतमा नेपाल सरकारले पटक–पटक असमान सन्धि ग¥यो । यसले नेपालको लागि नोक्सान पु¥यायो । नेपालमा भूमि अतिक्रमण भएको यथार्थ हो । तर, सरकार मौन छ । चिनियाँ राष्ट्रपति सी चिन फिङसमक्ष नेपाल सरकारले नेपाल र नेपालीलाई परेको मर्का बुझ्ने अवसर दिनुपर्छ । देशको स्रोत र साधन उपयोग गर्नुपर्छ । राजनीति सबैको आधार हो । राजनीतिलाई मूल रुपमा लिनुपर्छ । राजनीतिक व्यक्तिले गल्ती गरेमा खबरदारी गर्नुपर्छ । गणतन्त्र स्थापनापछि देशले राष्ट्रपति खोजेको थियो तर नयाँ राजा पाएको अभिव्यक्ति पनि व्यक्त भयो । मुलुक अप्ठेरोमा छ । नेपाली चनाखो हुनुपर्छ । सरकार जिम्मेवार हुनुपर्छ । जिम्मेवारी पूरा नगर्ने सरकारले परिवर्तनको कुरा त झनै टाढा पु¥याउँछ ।
सम्मानित चिकित्सकले भने, भक्तपुरको क्रान्तिकारी जनताले गरेको सम्मानलाई शिरोपर गर्नुपर्छ । भक्तपुरका जनतासँग प्यारो सम्बन्ध छ । पञ्चायती पारामा राष्ट्रपतिबाट सम्मान गर्ने कुरा उठाइयो । ठाडो शैलीमा गर्न लागेको उक्त सम्मानलाई अस्वीकृत गर्न बाध्य भयो । तर, भक्तपुरमा तःमुंज्याले गरेको सम्मान अर्कै ढङ्गको छ । विस २०३० कार्तिक २७ गते भक्तपुर अस्पतालमा चिकित्सक भएर काम गर्दा त्यसबेला भक्तपुर अर्कै संसारजस्तो लाग्थ्यो । चर्पीको खासै व्यवस्था थिएन । भात खाने होटेल नजिकै कतै थिएन । चिकित्सकहरू अस्पतालमा बस्दैनन् । नर्सको भरमा बिरामीको हेरविचार हुन्छ । वेदमा बिरामीमात्र होइन कुकुर निदाइरहेको हुन्छ । अस्पतालको कथा व्यथा त विजोगै छ । अस्पतालमा काम गरेको एक वर्षपछि पोस्टमार्टमको कुरालाई लिएर केही व्यक्तिहरूको जागिर गयो । पोस्टमार्टममा यथार्थभन्दा अर्कै रिपोर्ट तयार गर्न दबाब दिइयो । गलत रिपोर्ट नदिएको आधारमा जागिर खोसियो । तीन दिन अस्पताल बन्दझैँ भयो ।
आफूले भक्तपुर अस्पतालमा काम गरेपछि काठमाडौँका बिरामीहरू ल्याए र भर्ना गरे । मलाई ‘कम्युनिस्ट डाक्टर’ भनी आरोप लगाइयो । चिकित्सकले आफ्नो कर्तव्य पालना गर्नुपर्छ । पदको दुरुपयोग गर्नुहुँदैन । चिकित्सकको कर्तव्य बिरामीको सेवा गर्नु हो । सय वर्ष नपुगुञ्जेल बिरामीको सेवा गर्ने रहर छ । नेपालभाषा साहित्य तःमुंज्याले विशिष्ट व्यक्तिहरूको सम्मानलाई निरन्तरता दिनु सराहनीय काम हो । सम्मानित एक चिकित्सकले स्वास्थ्य परीक्षणमा लिइआएको सेवाशुल्कमा २५ प्रतिशत छुट दिने प्रतिबद्धता गरे । उनले भक्तपुरका क्रान्तिकारी जनताप्रति लालसलाम अर्पण गरे ।
Leave a Reply