अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
राजन
हङकङ प्रहरी संसारकै अपराध अनुसन्धानमा उत्कृष्ट मानिएको संस्था हो । अहिले एउटा विशेषता थपिएको छ हङकङ प्रहरीमाथि त्यो हो संसारकै संयमित प्रहरी प्रशासन । दङ्गा भड्काएर प्रहरीलाई उत्तेजित बनाउने नाममा फुटपाथ भत्काउनेदेखि चिनियाँ सरकारको लोगोमा समेत कालो रङ्ग पोतिएका थिए, यति हुँदाहुँदै पनि हङकङ प्रहरीको संयमलाई भत्काउन सकेन । अहिले संसारभर दङ्गा नियन्त्रणमा हङकङ प्रहरीले देखाएको संयमको प्रशंसा भइरहेको छ ।
सन्दर्भ हो, हिजोआज हङकङमा भइरहेको आन्दोलनको । हङकङका एक जोडी ताइवानको भ्रमणमा थिए । महिला गर्भवती थिइन् । उनलाई उसकै केटासाथीले हत्या गरेर हङकङ फर्के तर हङकङ र ताइवानबीच सुपुर्दगी सन्धि नहुँदा केटालाई हङकङ सरकारले ताइवान फर्काउन मिलेन । उक्त केटामाथि सामान्य मुद्रा अपचलनको मुद्दाबाहेक हङकङ सरकारले अरू केही गर्न सकेन । भविष्यमा आईपर्ने यस्ता अप्ठ्यारोबारे ध्यानमा राखी चीनसँग हङकङ सरकारले सुपुर्दगी सन्धि गर्न खोजेको थियो । हङकङको अरू थुप्रै मुलुकसँग सुपुर्दगी सन्धि भएका छन् । अहिले हङकङमा भइरहेको आन्दोलन यही सुपुर्दगी ऐन नै निहुँ भएको छ । हङकङवासीको चिन्ता के भने सुपुर्दगी सन्धिको कारणले राजनीतिक आस्थाकै आधारमा असन्तुष्ट चीनमा सुपुर्दगी त गर्ने होइन भन्ने रहेको छ । यही परिवेशमा हङकङवासी उत्तेजित भई लाखौँको सङ्ख्यामा सडकमा उत्रेका हुन् । तर, सुपुर्दगी ऐनको वास्तविकता बुझ्दै जाँदा प्रदर्शनकारीहरूको सङ्ख्या दिन प्रतिदिन घट्दै गएको देखिन्छ । यस्तो अवस्थामा स्याल मार्काका पश्चिमेली मुलुकलाई के चाहियो ? हङकङको मौलिक अधिकार नै खोस्न लागेको, राजनीतिमाथि प्रतिबन्ध गर्न खोजेको जस्ता अनेक हल्ला फैलाएर हङकङवासीलाई अझ उत्तेजित पार्न खोजिरहेका छन्, पश्चिमी मिडिया । वास्तवमा सुपुर्दगी सन्धिमा स्पष्ट के उल्लेख गरिएको छ भने हत्याजस्ता जघन्य अपराधमा संलग्न आरोपितलाई मात्र सुपुर्द गर्न पाइने छ । अर्कोतिर सन् १९९७ मा हङकङ चीनमा हस्तान्तरण गर्दा एक देश दुई व्यवस्थाको नीतिअन्तर्गत ५० वर्षसम्म हङकङकै संविधानअनुसार चल्ने र त्यसमा चीनले कुनै हस्तक्षेप नगर्ने सहमतिअनुसार चीनले आफ्नो संयम देखाइरहेको छ । विश्व इतिहासमा सबैभन्दा बढी पीडा, कष्ट सहेको, माटोको सुरक्षाको लागि सयौँ रगतका खोलाहरू बगाएको, लड्दा लड्दै सकिएर फेरि पलाएको, साम्राज्यवादीहरूले पटकपटक नष्ट पार्ने प्रयास गरेर पनि रसातलबाट उठेर अहिले विश्वलाई नेतृत्व गर्न तयार भएको चीनले अझै संयम देखाइरहेको छ ।
सन् १९९७ मा बेलायतबाट मुक्त भएर हङकङ चीनमा समाहित हुँदा हङकङको अन्तिम बेलायती गभर्नर क्रिस्टोफर प्याटनले आँसु झारेका थिए । आफूले हात पारिसकेको सम्पत्ति गुमाउनुपर्दा चित्त त दुख्ने नै भयो । त्यतिमात्र होइन कतिखेर निहुँ पाउँ झम्टी हालौँ भन्ने पनि सोच होला । यस्तै मौका खोज्दा खोज्दा अहिले बेलायतलगायत अमेरिकाको लागि चीनको आर्थिक विकासमाथि इष्र्या फेर्ने मौका भएको छ, हङकङको घटना ।
वास्तवमा हामी नेपालीको लागि हङकङ चासोको विषय हुनुपर्छ । किनकि सन् १९९७ अघि बेलायती सेनाअन्तर्गत भर्ती भएका नेपालीहरू तथा उनीहरूका छोराछोरी हङकङमा बस्न पाउने बेलायतले कानुन बनाएको थियो जसअनुसार थुप्रै नेपालीहरू अहिले हङकङमा बसिरहेका छन् । पछिल्लो पटक हङकङमा बसोबास गर्ने नेपालीहरूमा हङकङ चीनले बनाएको होइन भन्ने भ्रम रहेछ । केही नेपालीहरू हङकङ बेलायतले बनाएर आजको अवस्थामा आइपुगेको हो भन्ने ठान्ने रहेछन् । नेपाली पनि बेलायतकै देनले हङकङमा बस्ने हक पाएका हुन् । जन्मिएको आधारमा बस्ने अधिकार दिने भन्ने कानुन पनि बेलायतले नै बनाइदिएको हो ।
केही नेपालीहरू पनि आन्दोलनमा संलग्न भएको समाचार आइरहेको छ । हङकङमा बस्ने नेपालीहरूले इतिहासलाई भन्दा पनि भविष्यलाई पछ्याउने पो हो कि । हामीले बुझ्नुपर्छ कि हङकङलाई रणभूमि बनाएर चीनको अर्थतन्त्रमा धक्का दिन ठूलै योजनाका साथ पश्चिमा देशहरू लागिपरेका देखिन्छन् । हङकङमा टेकेर चीनको टाउकोमा हिर्काउने पश्चिमाहरूको रणनीति चीनले असफल पार्छ नै । भर्खरै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समयमा चीनले ताइवान र हङकङको बारेमा व्यक्त गरेको कठोर शब्दले पनि सङ्केत गर्छ कि हङकङमा विदेशीले हस्तक्षेप गरेमा चीन कुन हदसम्म जानसक्ने रहेछ । विश्वमा भावी चीनको अर्थतन्त्रसँग नडराउने देश सायद कमै होलान् । त्यही भएर अहिले नै कसरी हुन्छ, के गरेर हुन्छ, चीनलाई कमजोर बनाउन अनेकन प्रोपोगन्डा मच्चाइरहेका छन् ।
तत्कालीन कमजोर चीनलाई शक्तिशाली देशहरू (बेलायत, फ्रान्स र अमेरिका) मिलेर अफिम युद्धमा हराएर हङकङ हडपेर आफ्नो साम्राज्य बनाएर शासन गरे । व्यापारको उपयुक्त यो ठाउँ यस्तो समृद्ध बन्यो । तर चीनको हातमा भएको भए पनि हङकङ यतिको समृद्ध त हुन्थ्यो नै । चीनको अन्य सहरहरूको अवस्था र समग्र चीनको समृद्धि हेर्ने हो भने पनि यो प्रस्ट हुन्छ । प्रत्यक्ष भुक्तभोगीका अनुसार हङकङमा बेलायतले ९९ वर्षमा नगरेको विकास चीनले पछिल्लो १९ वर्षमा गरेको छ ।
बेलायतले गर्दा हङकङ यो अवस्थासम्म आएको हो तर भौतिक संरचना हेर्ने हो भने सन् १९९७ भन्दा पछाडि ब्रिटिस कोलोनी ताकाभन्दा तीव्रगतिले भएको भन्ने कुरा अहिलेका वृद्ध नेपाली लाहुरेहरू भन्छन् । हाल बेलायत बसोबास गर्दै आएका खोटाङ वाकाचोलका विश्वेश्वर राई गत वर्ष हङकङ घुम्नको लागि गएका थिए । उनी बेलायती साम्राज्यको पहरेदार भएर हङकङमै रहेर धेरै वर्ष सेवा गरेर बसेका थिए । उनले त्यत्रो वर्ष हङकङमा सेवा गरेको अवधिमा भएको विकासको तुलनामा हाल भएको विकास र समृद्धिको भिन्नता देखेर चकित भएर भने, “पहिले त ब्रिटिसले यहाँको भएभरको सम्पत्ति आफ्नै देशमा ओसाथ्र्यो र पो हङकङको त्यतिसारो विकास नभएको रहेछ त ।”
बेलायतको इतिहासले भन्छ, यिनीहरू नाफा र साम्राज्यको लागि जे पनि गर्दछन् । सियो भएर पस्ने अनि फाली भएर निस्कने उनीहरूको महामन्त्र हो । आफ्नो साम्राज्यमा जेजति भौतिक संरचना बनाए पनि सबै नाफाको लागि थियो र स्थानीय जनताको लागि धुरी पोलेर खरानीको प्राप्ति नै थियो ।
Leave a Reply