भर्खरै :

अन्न भण्डारमै छैन सिँचाइ

भीमदत्तनगर, २७ कार्तिक । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ परासनका सुखसागर रानाले जग्गा भाडामा लिएर खेती गर्न थालेको २५ वर्ष भयो । वार्षिक चार बिघा खेत भाडामा लिएर खेती गर्दै आएका राना सिंचाइको व्यवस्था नहुँदा भने अनेकन समस्या झेल्नुपरेको पीडा यहाँ आउने प्रायः जनप्रतिनिधि या कृषिसँग सम्बन्धित निकायका पदाधिकारीसित पोख्नुहुन्छ ।
“आफूसित भएको खेतमा लगाएको अन्नले परिवारको छाक टार्न नपुगेपछि अरूको खेत भाडामा या अधियाँ गरेर कृषि पेशामै लामो समय गुजारिसके”, रानाले भन्नुभयो । वर्षात्मा दोदा नदीमा आउने बाढीले खेतीयोग्य जमीन डुबानमा पर्दा धान रोप्न समस्या हुने गरेको रानाको भनाइ छ ।
जिल्लाको दक्षिण क्षेत्र यहाँको अन्नभण्डार नै मानिन्छ । महाकाली सिँचाइ दोस्रो चरणअन्तर्गत दक्षिण क्षेत्रको बेल्डाँडी नगरपालिका र बेलौरी नगरपालिकाका केही भूभागमा सिँचाइ पुगे पनि पुनर्वास नगरपालिकामा सिँचाइ सुविधा पुग्न सकेको छैन । पुनर्वास–५ का सुरज राना पनि गहुँ खेतमै काम गरिरहेको अवस्थामा भेटिनुभयो । सिँचाइ सुविधा भए उब्जनी पनि बढी हुन्थ्यो”, उहाँले भन्नुभयो । बोरिङको पानीले खेती गर्नुपरेको छ ।”
उहाँले खेतीका बेला रसायनिक मलको समेत अभाव हुने गरेको बताउनुभयो । “महाकाली सिँचाइबाट पनि यहाँ नहर पु¥याउन सर्वे भएको थियो”, उहाँले भन्नुभयो, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले खेतीका लागि पुनर्वास क्षेत्र निकै राम्रो भएको बताउनुभयो । उहाँले सो क्षेत्रको करीब १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउन आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको मूल नहर बने यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीबाट शाखा नहर निर्माण गरेर पुनर्वास क्षेत्रमा सिँचाइ पु¥याउने योजना रहेको थापाको भनाइ छ । “फुलेलीबाट कलुवापुर हँुदै पुनर्वाससम्म करीब ३० किलोमिटर शाखा नहर बनाउनुपर्छ”, उहाँले भन्नुभयो । त्यसैगरी सिँचाइ आयोजनाले पुनर्वाससम्म सिँचाइ पु¥याउन मूल नहरबाट स्याली नदीमा पानी फाल्ने विकल्पमा समेत अध्ययन भइरहेको थापाले बताउनुभयो ।
“स्याली नदी हँुदै सिँचाइका लागि पुर्नवाससम्म पानी पु¥याउन करीब २० किलोमिटर नहर खन्नै पर्दैन”, उहाँले भन्नुभयो, “नदीबाट लगे करीब रू. तीन अर्व लगानी कम हुने अनुमान गरेका छौँ ।” पुर्नवास क्षेत्रका अधिकांश किसानले डिप बोरिङबाट पानी निकालेर सिँचाइ गरिरहेका छन् भने वर्षात्का बेला आकाशे पानीका भरमा खेती गर्नुपरेको पुनर्वास–५ का नन्दराम जोशीको भनाइ छ । उहाँले बोरिङबाट निकालेको पानी खेतमा पु¥याउन आर्थिकरूपले भार परिरहेको दुखेसो पोख्नुभयो । सिँचाइ तेस्रो चरणअन्तर्गत १३ किलोमिटर मूल नहर बनिसकेको छ भने करीब १५ किलोमिटर नहर हाल निर्माणाधीन चरणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *