अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, १६ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समिति भक्तपुरको आयोजनामा आइतबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले मानव समाजको विकासको सिलसिला अध्ययन गर्दा पीडक र पीडितवर्गबिच सङ्घर्ष भएको चर्चा गर्दै दास मालिक र दासबिच, सामन्त र भूदासबिच, पुँजीपति र मजदुरवर्गबिच सङ्घर्ष त्यसैको सिलसिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका शासक दलहरूले २००७, २०४६ र २०६२÷६३ सालमा सहरकेन्द्रित आन्दोलन गरेर सत्ता कब्जा गरे । यसकारण, मौलिक परिवर्तन भएन । देश र जनताको हितको लागि गाउँ–गाउँमा आन्दोलन हुनु जरूरी छ ।”
“उद्योगको विकाससँगै पुँजीपति र मजदुरवर्गको जन्म भयो† मजदुरवर्गको सङ्गठित र सचेत सङ्घर्षबाट पुँजीवाद समाप्त हुने माक्र्सवादको निष्कर्ष हो । चुनावबाट समाजवादको सपना देख्नेहरू संशोधनवादी र अवसरवादी हुन्”, उहाँले स्पष्ट पार्दै भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “मजदुरवर्गको सरकारले मात्र मजदुरहरूको हित गर्छ । सन् १८७१ को पेरिस कम्युनले मन्त्री र मजदुरको तलब बराबर निर्धारण ग¥यो । अक्टोबर समाजवादी क्रान्तिपछिको रूसले पुँजीवादी देशहरू बेलायत र अमेरिकाले २–३ सय वर्षमा गरेको उपलब्धि २०–३० वर्षमा ग¥यो । यसकारण, समाजवाद अपरिहार्य छ ।”
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को कम्युनिस्टहरू मरेपछि ‘स्वर्ग’ जाने इच्छा पाल्दैनन् बरू देश र जनतालाई नै ‘स्वर्ग’ बनाउने अभियानमा लाग्छन् भन्ने भनाइलाई आत्मसात गरी मजदुर किसान कार्यकर्ताहरू पनि लाग्नु आवश्यक भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “शत्रुको तारिफबाट सचेत हुने र आफ्नै साथीहरूको आलोचनाबाट सिक्ने र थप दृढ भएर पार्टीको काममा लाग्ने आजको आवश्यकता हो । निजी बैङ्कहरूको कारण नेपालको अर्थतन्त्र झन्झन् खस्किँदै छ । विनोद चौधरीको ‘वाई वाई चाउचाउ’ स्वास्थ्यको लागि हानिकारक भए पनि सरकारले यसको शेयर बिक्री गर्न गराउन अनुमति दिएको देशघाती कदम हो । थँबहीको सरकारी जग्गा कब्जा गरी पन्ध्र तलाको छाया कम्प्लेक्स बनाउने जनद्रोहीहरूले अन्य जनतालाई शेयर बेचेर फसाएझैँ वाईवाई चाउचाउले जनतालाई फसाउँदै छ । सबै सचेत हुनु आवश्यक छ ।”
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले सन् १८८६ मई १, २, ३ र ४ गतेको अमेरिकी मजदुर आन्दोलनको फल आज संसारका मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम गर्ने र ८ घण्टा मनोरञ्जन गर्ने अधिकार उपभोग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मजदुर वर्गको सङ्घर्षले नै सन् १८७०–७१ मा फ्रान्समा पेरिस कम्युन स्थापना गर्न सफल भएको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका विष्णुराम दुमरूले सन् १८८६ अघि अमेरिकामा मजदुरहरूले दिनको १८ घण्टासम्म काम गरे पनि एक छाक खान मुस्किल भइरहेको चर्चा गर्दै मजदुरमाथि शोषण गरेरै पुँजीपतिवर्ग धनी भएको उल्लेख गर्नुभयो ।
मजदुरहरूको आन्दोलनकै कारण पुँजीपतिहरू झुकेर ८ घण्टाको काम र ज्याला बढेको विचार व्यक्त गर्दै उहाँले उक्त मजदुर आन्दोलन मई १ को आन्दोलनले प्रसिद्ध भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समिति भक्तपुरका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर.प्रजापति र राजाराम गोसाईले मई दिवसको आवश्यकताबारे चर्चा गर्नुभयो ।
Leave a Reply