भर्खरै :

दैलेख डुङ्गेश्वरमा अन्तर्राष्ट्रिय मजदुर दिवस

दैलेख डुङ्गेश्वरमा अन्तर्राष्ट्रिय मजदुर दिवस

दैलेख, १६ वैशाख । नेपाल मजदुर किसान पार्टी डुङगेश्वर गाउँ समितिले आइतबार डुङ्गेश्वर बजारमा १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार बन्दोबस्तको लागि लगानी नगर्ने शासकहरू कम्युनिस्ट हुन नसक्ने स्पष्ट पार्नुभयो ।
कम्युनिष्टको खोल ओढेका एमाले र माओवादी शासक दलहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत निजीकरण गरेको चर्चा गर्दै संयोजक गोसाईंले साम्राज्यवादी हतियारहरू विश्व बैङ्क, मुद्रा कोष, एसियाली विकास बैङ्क माध्यमहरू प्रयोग गरी निजीकरणको नाममा नेपालका सबै उद्योगधन्दा ध्वस्त पारेको बताउनुभयो ।
भारतीय एकाधिकार पुजीको दबाबमा शासकहरूले नेपाललाई परनिर्भर बनाएको उल्लेख गर्दै संयोजक गोसाईंले नेपालमा औद्योगिकीकरण नहुँदा मजदुर आन्दोलन अगाडि बढ्न नसकेको बताउनुभयो । नेपालमा लगानी गर्ने विदेशी कम्पनीले कर छलेर नाफा लुटिरहेको बताउँदै संयोजक गोसाईले शासक दलका नेताहरू र मुख्यसचिव लगायत सरकारी उच्च अधिकारीहरूले विदेशी पँुजीको कर छलीमा सघाइरहेको छ भुन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँ समितिका अध्यक्ष हीरामणि न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासी, जगत ओली, खेमराज दाहाल, विन्दुलाल रेग्मी, हस्त गुरुङले मजदुर दिवस र कार्लमाक्र्सको जीवनीबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *