भर्खरै :

कमलविनायक साकोसद्वारा हस्तलेखन तालिम सुरु

कमलविनायक साकोसद्वारा हस्तलेखन तालिम सुरु

भक्तपुर, १६ वैशाख । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा कक्षा ५ र सोभन्दा माथिका बाल बचतकर्ताहरूको अक्षर सुधारको लागि पन्ध्रदिने हस्तलेखन तालिम सरस्वती विद्यागृह माविमा शनिबार सुरु भयो ।
संस्थाका संस्थापक सल्लाहकार न्हुछेबहादुर खाताखोले प्रस्ट र सुन्दर अक्षरबाट व्यक्तिको व्यक्तित्व पहिचान हुने बताउँदै भविष्य निर्माणको लागि सहयोगी भूमिका निभाउने बताउनुभयो ।
तालिमका प्रशिक्षक सुरज दिदियाले सुन्दर अक्षर लेखनको लागि गरिएको मेहनतबाट विद्यार्थीहरू अझ बढी अरु क्षेत्रमा पनि मेहनत गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष सुनिल मगजूले संस्थाको विभिन्न गतिविधि सञ्चालन र हालको अवस्थाबारे जानकारी दिनुभयो ।
संस्थाका व्यवस्थापक नारायणप्रसाद ह्यौँमिखाले नगरवासीको बचत रकम बहुउद्देश्यीय सहकारीबाट सुरक्षित नभएको अवस्थामा विकल्पको रूपमा स्थानीय व्यक्तिहरू मिलेर सहकारी स्थापना भएको बताउनुभयो ।
३६ जना बाल बचतकर्ताहरू सहभागी भएको उक्त कार्यक्रममा युवा तथा खेलकुद उपसमितिका संयोजक विश्वराम मगजूलगायत रामकृष्ण सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *