भर्खरै :

धर्मबारे माक्र्सवादी दृष्टिकोण– १

 गोरख पाण्डेय
भूमिका
आधुनिक युगलाई छाडेर पहिलेका तमाम युगहरूमा धर्म सबै ज्ञान–विज्ञानको स्रोत र नियन्ता मानिथ्यो । मानव–समाज भिन्न–भिन्न अवस्थाबाट पार भएर साधारणबाट जटिल, स्थूलबाट सूक्ष्म हुँदै गएजस्तै धर्म पनि देश कालअनुसार विभिन्न अवस्थाहरूबाट पार हुँदै साधारणबाट जटिल र स्थूलबाट सूक्ष्म हुँदै गयो । वर्तमान आधुनिक प्रगतिबाट धेरै टाढा रहेका आदिम जातिहरूको अध्ययन गरेर अधिकांश नृतत्वशास्त्रीहरूले अनुमान लगाएका छन् कि प्रारम्भिक अवस्थामा धर्म जादूको (कम्परेटिभ रिलिजन, ६२) रूपमा रहेको हुनुपर्छ । अन्धकार युगको रूपमा प्रसिद्ध मध्य युगमा यो सबभन्दा स्पष्ट, मुखर र प्रभावशाली रह्यो ।
विश्व र मानव जातिका समस्या र प्रश्नहरूको धर्मले (इसूज इन रिलिजन, ९६) विशेष प्रकारले समाधान प्रस्तुत गर्दछ । हुन त धर्महरू पनि अनेक छन्, तिनीहरूको विश्वास र कर्मकाण्ड पनि फरकफरक लाग्दछन् तर सबै धर्ममा प्रचलित विश्वास र मान्यताहरूमा केही न केही सामान्य तत्व (ग्लिम्पसेज अफ वल्र्ड रिलिजन्स, १६) निहित छन् । यो त सामान्यरूपमा देखिने कुरा भयो । तिनीहरूले इन्द्रिय र बुद्धिबाट अलग्ग रहेको सत्ताको ज्ञान उपलब्ध गराउने दाबा गर्दछन् । प्रत्येक धर्मले तर्कको ठाउँमा विश्वासमा जोड दिन्छ । आरम्भिक बौद्ध धर्मलाई छाडेर प्रायः सबै धर्मले यस्तै सचेतन सत्तालाई जगत र जीवनको मूल स्रोत मान्दछन्, जुन परम शुभ, दिव्य र सार्वभौम छ । यो जगतबाट टाढा कुनै सुन्दर, आनन्दमय स्थान छ भन्ने धारणा सबै धर्ममा पाइन्छ । धर्मलाई आनन्द, श्रेष्ठता र मुक्तिको साधन पनि मानिएको छ ।
धर्म यसै संसारको मानव समाजमा देखिँदै आएको छ, तर धर्मका आँखाबाट हेर्दा यो संसार र मानव समाज निम्नकोटिका देखिन्छन् । त्यसले मानवलाई परगामी सत्ता र जगत्सित परिचित गराउँछ, त्यसको सम्पर्कमा ल्याउँछ तथा जगतमा खास ढफ्को समाज व्यवस्थामा हुर्किएर तिनीहरूलाई बलियो पनि बनाउँछ । यहुदी र सिन्तोजस्ता धर्महरू पनि छन् । जुन कुनै न कुनै राष्ट्रको (दि ग्रेट रिलिजन्स अफ दि मोडर्न वल्र्ड, २२४,१४१) निजी र विशिष्ट अभिव्यक्तिका अतिरिक्त अरू केही लाग्दैनन् । सामन्ती व्यवस्थालाई धर्मले पूरापूर संरक्षण गरेको हो । यद्यपि त्यसका विरुद्ध सङ्घर्षको भावनात्मक अभिव्यक्ति पनि सर्वप्रथम धर्मका रूपमा नै भएको थियो ।
धर्मका आधारमा जाति र राष्ट्र सङ्गठित (साउथ एसियन पोलिटिक्स एन्ड रिलिजन, ४६) भएका छन् । कुनै धर्म राष्ट्रको सीमाभन्दा बाहिर पनि छन् । यिनबाट प्रेरित भएर मान्छेले आत्मत्याग पनि गरेका छन् र युद्ध पनि गरेका छन् । इतिहास साक्षी छ, ठूला–ठूला चिन्तक र विचारकहरूले आफ्नो समयमा प्रचलित धर्म र व्यवस्थाका विरुद्ध क्रान्तिकारी आन्दोलन चलाएका थिए । तिनीहरूले नयाँ धर्म र व्यवस्थाको स्थापनाको निम्ति नयाँ प्रेरणा पनि दिएका थिए । धर्मको नाममा जनविद्रोहलाई पनि सजिलै गरी दमन गरिएको थियो । सुकरातलाई प्रतिष्ठापित देवताहरूको विरोध गरेको आरोपमा विष पिलाइएको थियो र इसाई धर्मका जन्मदाता ‘क्राइष्ट’ लाई सुलीमा झुन्ड्याइएको थियो ।
फेरि पनि सबै धर्मले एक स्वरमा मान्छेलाई उसको साधारण र सङ्कटग्रस्त स्थितिबाट माथि उठाउने दाबा गर्दछन् । धर्मले भन्छ, मान्छेले आफूलाई कर्मकाण्ड र विश्वासप्रति पूर्णरूपमा समर्पण (महाभारत द्वि.सं.३४४, सर्वधर्मान् परित्यज्य मामेक’ शरण ब्रज, अहं त्वां सर्वपापेभ्यो, मोक्षयिष्यामि मा शुच ः।) गरिदिनुपर्छ । जसलाई विशिष्ट धर्मको भिन्न मान्यता प्राप्त छ । त्यसका अतिरिक्त मान्छेको मुक्तिको कुनै बाटो छैन, धर्मका आदेशहरूले उसलाई अत्यधिक प्रभावित गर्दै आएका छन् । समाजमा धार्मिक संस्थाहरू सबभन्दा बढी आदर र श्रद्धाका विषय बनेका छन् । मान्छेलाई साँच्ची नै सङ्कटापन्न पतित अवस्थाबाट माथि उठ्ने उपाय भनेको धर्ममा नै देखिन्थ्यो ।
वृक्ष, पशु, पर्वत र मनुष्य तथा व्यक्तित्वरहित शक्ति–धर्मद्वारा प्रस्तुत पारगामी सत्ताले यी अनेक रूपहरू (दि ग्रेट रिलिजन्स अफ दि मोडर्न वल्र्ड, १४९) ग्रहण गरेका छन् । कुनै समयमा त्यो सत्ता समग्र जगत्को प्रक्रियामा निहित सञ्चालक शक्तिको काम गर्दछ, कहिले संसारको बाहिरबाट त्यसको नियमनमात्र गर्दछ । कतै मनुष्य मौलिक अपराधबाट ग्रस्त मानिन्छ, धर्मोपदेशक ईश्वरका वाणीको धर्तीमा प्रचार गर्नका लागि आउँछन्, कतै मनुष्यमा दिव्यता स्वभावतः विद्यमान मानिन्छ ।
व्यक्ति प्राकृतिक सङ्कट र सामाजिक अन्तरविरोधहरूद्वारा घेरिएको छ । त्यो निरन्तर पतन र पीडाको स्थितिमा रहन्छ । यसको कारण के हो ? बुद्ध भन्छन्, दुःख र पतनको मूलमा अविद्या (बुद्धिज्म ः दि माकर््िसस्ट एप्रोच, ३१) र तृष्णाले काम गर्दछ । पश्चिमा धर्महरूका मतमा दुरात्मा (शैतान) ले आदमलाई ईश्वरीय नियमहरूको उल्लङ्घन गर्न प्रेरित गरेको थियो, उसले शैतानको वशमा परेर यस्तो खराब काम ग¥यो, जसले गर्दा सबै स्वर्गबाट तल खसे । त्यहाँदेखि समस्त मानव जाति पतनको ‘(कम्परेटिभ रिलिजन, २२०) खाडलमा भास्सिइरहेको छ ।
मानव अस्तित्वको क्रिया–प्रतिक्रियाको प्राथमिक परिणाम र व्यवहार संवेगहरूमा हुन्छ । त्यसपछि मात्र विचारको जन्म हुन्छ । तिनीहरूको कार्य, अस्तित्व र त्यसका परिस्थितिहरूका नियमलाई बुझेर सफल व्यवहारलाई निर्देशित गर्नु हो । अस्तित्वका समस्याहरू एवम् प्रश्नहरूको भावना अनि विश्वासद्वारा हल गर्ने कारण धर्म संवेगात्मक उद्वेलनमा सफल हुन्छ ।
समाजवादी समाजमा धर्म अल्पसङ्ख्यक वृद्धवृद्धाहरूको आस्थाको विषयमात्रै बनेको हुन्छ । तर, यसभन्दा पहिलेका सबै समाजमा यो कुनै न कुनै रूपमा मान्य थियो । यसले मानवीय गुणहरू जस्तै भ्रातृत्व, करुणा, दया, प्रेम आदिको प्रचार गर्दछ साथै व्यवस्थित भएपछि माथिल्लो वर्गको मिर्थन गर्न थाल्दछ । यी अन्तरविरोधी कुराहरूमा प्राचीन कालदेखि अनेक विचारकहरूले आफ्नो तरिकाले प्रहार गरेका छन् । संसारबाट विरुक्त भएपछि भौतिक देहबाट मुक्ति पाउने धारणा यो संसारमा भ्रातृत्व र प्रेम विस्तार गर्ने धारणासँग स्पष्टतः मेल खाँदैन । त्यसैगरी ईश्वरको दृष्टिमा सबैको समानताको धारणा तथा जाति, राष्ट्र र वर्गका दायराहरूलाई स्वीकृति दिने धारणामा स्पष्ट विरोध छ । बुद्धले वैदिक कर्मकाण्डहरूमा निहित हिंसाको जबर्जस्त विरोध गरेका थिए । उनीभन्दा पहिले ‘चार्वाक’ (चार्वाक दर्शन– अग्निहोत्र, त्रयीतन्त्र भस्मपुण्ड्रकम् प्रज्ञा पौरुषम् निःस्वानानाम् जीवो जल्पति जीविकाः ।) ले कर्मकाण्डहरूको खुलेर खिल्ली उडाएका थिए र भौतिकवादी विचारधाराको प्रचार गरेका थिए । एकजना ग्रीक दार्शनिकका मतमा देवी–देवता मनुष्यकै प्रक्षेपित प्रतीक हुन् ।
यसरी धार्मिक मान्यताहरू र कर्मकाण्डहरूप्रति स्वीकृति र निषेधका दृष्टिकोण सधैँ रहेका छन् । पहिले निषेधहरूमा स्वीकृृति हावी रह्यो । युरोपमा पुनःजागरणकाल (धर्मः कार्लमाक्र्स और फेडरिक एँगेल्स, १२७) यसबारेमा सर्वाधिक निर्णायक मानिन्छ । त्यो समय त्यहाँ प्रचलित क्याथोलिक चर्चा कट्टर सामन्ती व्यवस्थाको अफ् बनिसकेको थियो । सामन्ती व्यवस्थाका साथै क्याथोलिक चर्चलाई पनि विभिन्न कोणबाट चुनौतीको सामना गर्नुपर्ने परिस्थितिको सुरुआत भएको थियो । नयाँ वैज्ञानिक आविष्कारहरूले धर्मका प्रचलित मान्यताहरूमा गम्भीर प्रहार गरेका थिए । धर्ममाथिको प्रहारले ती सामाजिक शक्तिहरूलाई प्रोत्साहित ग¥यो, जो सामन्तवादको गर्भमा उत्पन्न भइरहेका थिए । धर्म र तत्कालीन व्यवस्थाका बीच एउटा यस्तो हिंसक तालमेल थियो कि नयाँ विचारको प्रचार गर्ने वैज्ञानिकहरू, दार्शनिकहरूलाई भयानक दमन र उत्पीडनको सामना गर्नुप¥यो ।
यसैबीचमा देकार्त (१५९६–१६५०), हब्स (१५८८–१६७९), रुसो (१७१२–१७७८) जस्ता प्रख्यात दार्शनिकहरू र समाजशास्त्रीहरूका विचारधारहरू प्रकाशमा आए । यी दार्शनिकहरू र समाजशास्त्रीले विश्व र मानव समाजका समस्याहरूलाई हल गर्नुमा मुख्यतः बुद्धि तथा अनुभवको प्रयोग गर्न थाल्दछन् । यिनीहरूले परम्परादेखि चल्दै आएको धार्मिक रुढीहरूमा जबर्जस्त हमला गरे अनि चिन्तनका नयाँ आयाम विकसित गरे । रुसोले स्पष्ट रूपबाट समाजको विकासको भौतिक–सामाजिक स्थितिका सम्बन्धमा व्याख्या गरे । देकार्तले (ए हिस्ट्री अफ फिलोसोफी (मोडर्न फिलोसोफी) ६७,४८,४९) चेतना र पदार्थका बीच सम्बन्धको मौलिक दार्शनिक प्रश्नलाई नयाँ ढफ्ले उठाए र विश्वमा यान्त्रिकता देखे । हब्सले अनुभवको प्रमाणिकतामा बल दिए तथा धर्मको स्रोतमा भय र जिज्ञासा पाए ।
उद्योगहरूको विकास र वैज्ञानिक अनुसन्धानहरूको प्रक्रिया तीव्रगतिले जारी रह्यो । पन्ध्रौँ÷सोह्रौँ शताब्दीमा कोपर्निकस (समकालीन धर्म दर्शन, २८) १४३२–१५४३ ले विश्वको केन्द्र पृथ्वी नभएर सूर्य हो भन्ने कुरा प्रमाणित गरे । त्यसपछि ग्यालिलियो (१५६४–१६४२) ले सूर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले सूर्यको परिक्रमा गर्ने कुरा प्रमाणित गरे । क्याथोलिक चर्चका मान्यतामा यो भीषण प्रहार थियो । परम्परागत इसाई मान्यताअनुसार पृथ्वी चेप्टो छ र यो नै ब्रह्माण्डको केन्द्र हो भन्ने थियो । सूर्य र अन्य ग्रहहरूले पृथ्वीको परिक्रमा गर्दछन् । पृथ्वीको केन्द्र मान्छे हो जसलाई ईश्वरले सृष्टि गरेका हुन् । धार्मिक मान्यताको यो लामो कडी विज्ञानको आघातले टुट्न थाल्यो । रोमन चर्चका अधिकारीहरूले वैज्ञानिक ज्ञानको गतिलाई रोक्नका लागि दमन–चक्र चलाए ।
रोमन क्याथोलिक चर्चलाई वैज्ञानिक क्षेत्रबाट मात्र चुनौतीको सामना गर्नुपरेको थिएन त्यसका अतिरिक्त लुथर, काल्विन आदिका नेतृत्वमा ‘प्रोटेस्टेन्ट’ नामबाट नयाँ धार्मिक आन्दोलन पनि सुरु भयो । फ्रान्स, जर्मनी, बेलायतजस्ता देशहरूमा नयाँ शक्तिहरूको भावना लिएर यो आन्दोलनले रोमन चर्चका विरुद्ध विद्रोहको झन्डा बुलन्द ग¥यो । लुथरले पोपको धर्मादेशलाई च्यातिदिए, चर्चलाई ईश्वरको लौकिक प्रतिनिधि मान्नबाट अस्वीकार गरे एवम् चर्चलाई माध्यम नबनाएर व्यक्ति र ईश्वरको सम्पर्कको धारणा अपनाए ।
एकाधिपत्यवादी सामन्तवादलाई तोड्नमा व्यक्तिगत स्वतन्त्रताको नाराले जादूकोे काम गरिरहेको थियो । ‘प्रोटेस्टेन्ट’ धर्मले पनि यो नारालाई पूरा जोडका साथ प्रस्तुत ग¥यो । त्यसपछि पुँजीवादको उत्साहजनक विकासले फ्रान्सेली क्रान्तिमा धर्मलाई नितान्त किनारा लगाएरमात्र समानता र बन्धुत्वलाई मानवीय स्वभावको रूपमा प्रस्तुत ग¥यो । यो क्रान्तिले आधारभूत किसिमबाटै पुराना मान्यता र रुढीहरूलाई उखेलेर फाल्यो र नयाँ प्रतिमानहरूको स्थापनाको मार्ग प्रशस्त ग¥यो ।
यता विज्ञान र भूगोलका अनुसन्धानहरूले (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) ५) प्रकृति र मान्छेका बारेमा नयाँ–नयाँ रहस्यहरूको उद्घाटन जारी राखे । सत्रौँ शताब्दीमा न्यूटन (समकालिन धर्म दर्शन,३०) १६४२–१७२७ ले सबै भौतिक घटनाहरू गुरुत्वाकर्षण नियमबाट सञ्चालित हुन्छन् भन्ने कुरा देखाए । प्रकृतिमा स्वयं अनिवार्य नियमहरू निहित छन् । न्यूटनको मान्यताअनुसार बीचबीचमा ईश्वरले नक्षत्रहरू फुटेर झर्ने जस्ता घटनाहरूलाई रोक्नका लागि हस्तक्षेप गर्दछ ।
फेरि खगोल शास्त्री लाप्लास (त्यही, ३०) (१७४९–१८२७) ले यस्तो धारणालाई भ्रामक सावित गर्दै भने, ‘नक्षत्रहरू पथभ्रष्ट हुने कुरा निराधार हो । ’ प्राकृतिक नियमअनुसार नै ग्रहहरूको मार्ग निर्धारित हुन्छ, तिनै नियमहरूका आधारमा नै सबै कुरा ठीक पनि गरिन्छ । यस व्यवस्थामा ईश्वरको कुनै अस्त्वि छैन । सम्राट नेपोलियनले (१८०८–१८७३) आश्चर्य मान्दै लाप्लास (१७४९–१८२७) सँग सोधेका थिए, ‘ईश्वर नभइकन यो व्यवस्थाको व्याख्या कसरी गर्न सकियो ?’ उनले सजिलै उत्तर दिए, “महोदय, त्यो परिकल्पनाको आवश्यकता नै परेन ।” उनले सिद्ध गरेर देखाए – विश्वको प्रक्रिया यान्त्रिक छ, त्यसलाई सञ्चालन गर्नका लागि कुनै चेतन बुघि अर्थात् ईश्वरको कल्पना गर्नु आवश्यक छ ।
दर्शनको क्षेत्रमा भाववादी विचारधारमा भौतिकवादी विचारधारा हावी हुँदै गइरहेको थियो । विज्ञानका नयाँ अनुसन्धान र प्रयोगहरूले यो विचारधारलाई बलियो बनाए । फ्रान्स र बेलायतका अधिकांश क्रान्तिकारी विचारकहरू भौतिकवादी थिए । धर्मका सम्बन्धमा नयाँ परिप्रेक्ष्यमा विचार भइरहेको थियो । यी विचारकहरूले त्यसलाई मानव जातिको देन माने तर तिनीहरूले भौतिक परिस्थितिहरूको विश्लेषण गर्न सकेनन् । जसमा धर्मको उदय अनिवार्य थियो ।
यो धर्मसङ्कटको अवस्थामा धर्म र विज्ञानको क्षेत्र अलग्ग अलग्ग (त्यही, २९) हो भन्न थालियो । जहाँ विज्ञान समाप्त हुन्छ, त्यहाँ धर्मको सुरुआत हुन्छ । केही वैज्ञानिकहरूले पनि धर्मको पक्षपोषण गरे, यद्यपि तिनीहरूको खोज धार्मिक मान्यताका विपरीत थियो । भाववादी विचारधारले नयाँ अन्दाजका साथ धर्मराएको आस्था र विश्वासलाई पुनः उठाउन थाल्यो । कान्ट (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) २३२) जसले आफै वैज्ञानिक चिन्तनलाई विकसित गरे, पछि तिनै अज्ञेयवादतिर झुके । यसले धर्मको महत्वलाई जोगाइ राख्न सहयोग ग¥यो । हेगेलले (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) ३०५) सार्वभौम चिन्तनको उदाहरण प्रस्तुत गरे र भाव (क्ष्मभब) लाई जगत्को मूलविन्दु माने । उनले जगत्को द्वन्द्वात्मक विकासको धारणा प्रस्तुत गरे । यो धारणा विज्ञानको विकासवादी धारणासँग मेल खान्थ्यो । विकासवाद आधुनिक युगको लाक्षणिक धारण बनिसकेको थियो । तर परम भाव या परम विचार वैज्ञानिक धारणाको स्पष्ट रूपमा विरुद्ध थियो । स्पिनोजाको चिन्तन जगत (ए हिस्ट्री अफ फिलोसोफी (एम.पी.) ३०५) कुनै कर्ता ईश्वरसित सर्वथा अलग्ग थियो तर तिनको झुकाव पनि भाववादमा थियो । बेलायतमा भौतिकवादी विचारधाराको चुनौतीलाई पादरी ‘वर्कले’ ले (मैटेरियलिज्म एन्ड इम्पिरियो क्रिटिसिज्म, १५,१६) स्वीकार गरे । उनी भौतिकवादलाई उखेलेर फाल्नका लागि कम्मर कसेर लागे । उनका अनुसार धर्मको रक्षाका लागि भौतिकवादलाई वैचारिक धरातलबाटै नष्ट गर्नु आवश्यक थियो ।
यिनै सामाजिक विकासका साथै चिन्तनका विकासको यस्तै उथलपुथलकारी अवस्थामा कार्लमाक्र्स (माक्र्स एँगेल्स माक्र्सिज्म, १८, १९) १८१८–१८८३ ले जन्म लिए । औद्योगिक संस्थाहरूमा सफ्ठित मजदुर वर्गले सामाजिक परिवर्तनमा भाग लिइरहेका थिए । सामन्तवादका विरुद्ध पुँजीवादको क्रान्तिकारी लडाइँका बीचबाट यो नयाँ आन्दोलनकारी वर्गको लडाइँ सुरु भइरहेको थियो । माक्र्स आफूलाई यसै लडाइँको उपज र प्रवक्ता मान्दथे ।
प्रसियाको ट्रिएर नगरमा माक्र्सको जन्म ५ मई, १८१८ मा भएको थियो । उनका पिता वकिल थिए । पहिले उनी यहूदी थिए, पछि प्रोटेस्टेन्ट धर्म अफ्ीकार गरेका थिए । ट्रिएरको जिम्नाजियमबाट स्नातक उत्तीर्ण भएपछि माक्र्सले क्रमशः वोन र बर्लिन विश्वविद्यालयमा अध्ययन गरे । कानुनका विद्यार्थी भएर पनि उनको दर्शन र इतिहासमा गहिरो रुचि थियो । १८४१ मा एपिक्युरसमा आफ्नो शोध प्रबन्धका (धर्मःमाक्र्स एँगेल्स, १३) साथै उनले महाविद्यालयको अध्ययन पूरा गरे । माक्र्स त्यतिबेला आफूलाई एउटा हेगेलवादी भाववादी मान्दथे ।
बर्लिनमा ब्रुनो बोबर (१८०९–१८८२) आदि वामपन्थी हेगेलवादी विचारकहरूसँग उनको सम्बन्ध रह्यो । यी वामपन्थी हेगेलवादी हेगेलका दर्शनबाट नास्तिक र क्रान्तिकारी निष्कर्ष निकाल्दथे ।
माक्र्स पहिले शिक्षक बन्न चाहन्थे । सरकारका प्रतिगामी नीतिहरूका कारण फायरवाखलाई (१८०४–१८७२) अध्यापक पदबाट हटाइयो, ब्रुनो बोबेरलाई भाषण गर्न रोक लगाइयो र माक्र्सलाई शैक्षणिक जीवन छोड्न बाध्य पारियो । त्यसै समयमा फायरवादको ‘इसाई धर्मको सार’ ले (धर्मःमाक्र्स एँगेल्स, २९९, ३००) धर्मशास्त्रको आलोचनाद्वारा दर्शनमा प्रभावाशाली भूमिका निर्वाह गर्न सुरु गरेको थियो । पछि उनको पुस्तक –भविष्यको दर्शनको सिद्धान्त’ ले एँगेल्सका शब्दमा ‘मुक्तिदायी’ प्रभाव पा¥यो र माक्र्स–एँगेल्सका साथै धेरै युवकहरू फायरवाखका शिष्य भए ।
१८४२ मा कोलोनबाट प्रकाशित ‘राइनिसे जाइटुङ’ (माक्र्स, एँगेल्स मार्कसिज्म १९, २०) का उनी प्रधानसम्पादक भए । सरकारले त्यस पत्रिकालाई बन्द गर्ने प्रयत्न ग¥यो । फलस्वरूप माक्र्सले सम्पादक पदबाट राजीनामा दिनुप¥यो ।
१८४३ मा माक्र्सले जेनीसित (१८१४–१८८१) विवाह गरे । जेनी एउटा सम्पन्न घरकी छोरी थिइन्  । पछि पेरिसबाट पत्रिका निकाल्नका लागि माक्र्सले जर्मनी छोडिदिए तर त्यो पत्रिका चलने । त्यसमा उनले हरेक वस्तुको निर्मम आलोचना गरे, खास गरेर शास्त्रहरूको र जनता तथा सर्वहारालाई सम्बोधित गरेका थिए ।
१८४४ मा माक्र्स र एँगेल्सको भेट भयो । दुवै क्रान्तिकारी मित्रहरूले आजीवन विचार र क्रान्तिकारी सङ्घर्षमा साथ नछोड्ने वाचा गरे । माक्र्सलाई पेरिसबाट निष्काशित गरियो । कम्युनिस्ट लिग (१८४७) को निर्देशनमा उनीहरूले ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ (१८४८) लेखे । निकै स्पष्टताका साथ माक्र्सको नयाँ विश्व दृष्टि यस पुस्तकमा अभिव्यक्त भएको छ ।
फेब्रुअरी १८४८ को क्रान्तिको समयमा उनलाई बेल्जियमबाट बाहिर निकालियो । त्यहाँबाट पेरिस हुँदै कोलोन, जर्मनीमा प्रवेश गरे । फेरि ‘न्यु राइनिशे जाइटुङ’ को सम्पादन कार्य सुरु गरे । जर्मनीमा क्रान्ति पराजित भइसकेको थियो । प्रतिक्रान्तिवादी सरकारले माक्र्समाथि मुद्दा चलायो, फेरि निर्वासित ग¥यो । पेरिस पुगेपछि एउटा प्रदर्शनमा भाग लिएका कारण उनलाई पुनः निर्वासित गरियो । लण्डन गएर माक्र्स स्थायीरूपले बस्न थाले । कठिन गरिबी अवस्थासित (माक्र्स, एँगेल्स मार्कसिज्म, २०) सङ्घर्ष गर्दै उनले ‘पुँजी’ नामक विशाल ग्रन्थको रचना गरे । ‘फान्समा गृहयुद्ध’ गोथा कार्यक्रमको आलोचना’ लुइबोनापार्टको अठारौँ ब्रुमेयर’ दर्शनको दरिद्रता’ आदि माक्र्सका अन्य प्रसिद्ध रचनाहरू हुन्  । १४ मार्च १८८३ मा उनको मृत्यु भयो । यद्यपि माक्र्सका सहयोगी एवम् अनन्य मित्र एँगेल्सले ‘माक्र्सवाद मूलतः माक्र्सकै देन हो’ भनेको भए तापनि उनको सहयोग नभएको भए माक्र्सवाद अधुरो हुने थियो । एँगेल्सले ‘ड्युहरिङ मत खण्डन’ (१८८४) ‘प्रकृतिमा द्वन्द्व’, ‘व्यक्तिगत सम्पत्ति, परिवार र राज्यको उत्पत्ति’, समाजवाद–काल्पनिक र वैज्ञानिक’ आदि ग्रन्थहरूद्वारा माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादलाई विशदीकरण गरे । माक्र्सले सामान्य खाका बनाएर छोडेका विषयवस्तुहरूलाई एँगेल्सले वैज्ञानिकको गहिरो दृष्टिले हेरेर दुनियाँका अगाडि राखे । माक्र्सको समयमा र त्यसपछि पनि माक्र्सवादको विरोधी व्याख्या हुन थालेको थियो । तिनीहरूको खण्डन गर्ने र नयाँ परिस्थितिहरूमा आफ्नो सिद्धान्तको स्पष्टीकरण गर्नमा एँगेल्स अन्त्यसम्म लागिरहे ।
‘रोबर्ट (दो अननोन् कार्लमाक्र्स, रोबर्ट पाइने निबन्धका शीर्षक – १. ‘जोनका अनुसार, आधार र सार, निरूपाधिक आवश्यकता र परिणामहरूका आधारमा वर्णित, क्राइस्ट तथा धर्मनिष्ठको एकताका बारेमा । २. के आगस्टका राज्यलाई रोमन साम्राज्यका सर्वाधिक सुखमय युगहरूमा वस्तुतः लिन सकिन्छ । ३. ‘पेसा रोज्ने सम्बन्धमा युवकको विचार ।’) पाइनेले ‘अज्ञात माक्र्स’ नामक ग्रन्थमा लेखेका छन् । ट्रिएर जिम्नाजियममा भेटिएका माक्र्सका तीन निबन्धअनुसार माक्र्स किशोरावस्थासम्म आफ्नो परिवारको धार्मिक परम्पराबाट पुरै प्रभावित थिए । त्यस अवस्थामा माता–पिताबाट प्राप्त क्रिश्चियन धर्ममा उनले दृढ विश्वास गरेका थिए । समाज र इतिहासका बारेमा उनको रुचि भने त्यसै समयबाट अङ्कुरित हुन थालेको थियो ।
अनुवादः बुद्धिसागर भट्टराई
धर्मबारे माक्र्सवादी दृष्टिकोण पुस्तकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *