भर्खरै :

एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

संयुक्त राष्ट्रसङ्घ, ११ मंसिर (सिन्ह्वा) । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु भएको पाइएको छ ।
युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्कअनुसार हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको हो ।
पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरूको मृत्यु भएको जनाइएको छ ।
सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआईभीसहित बाँचेका छन् । उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
बिरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत बिरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत बिरामीको पहुँच देखिएको छ ।
त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वीएसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका, क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्यअफ्रिकामा २८ प्रतिशत बिरामीलाई मात्रै औषधि उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ ।
सन् २०१८ मा  एड्सबाट सङ्क्रमित भएका ,नौ वर्षसम्ममा १ लाख ६० हजार नयाँ बिरामी थपिएका छन् ।
विश्वभरी अहिले यही उमेर समूहका एचआईभी सङ्क्रमित बालबालिकाको सङ्ख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *