भर्खरै :

हाम्रो अनुरोध छ

सामाजिक संस्कारलाई निरन्तरता दिन र दिन लगाउन कमलविनायक मन्दिर परिसर सुधार समितिले कमलविनायक गणेश मन्दिर अगाडिको खाली भागमा भोजघरको निर्माण गर्यो। उक्त भोजघरका कारण धेरैले लाभ उठाए।
विशेषगरी पार्टी प्यालेस टाढा भएकाहरु, आर्थिक कारण ती स्थानमा जान नसकेकाहरु र कम इष्टमित्र भएकाहरुको लागि सुधार समितिको त्यो पहल अत्यन्त सकारात्मक रह्यो। यस क्षेत्रमा बढदै गएको बस्तीका कारण जनमानसमा नकारात्मक असर पार्ला भने हेतुले सुधार समितिले राती ९ बजे पछाडि साउण्ड सिष्टम बन्द गर्नुपर्ने र ठूलो आवाजमा बाससहित बज्ने डीजेको प्रयोगमा बन्देजसहितको सार्वजनिक सूचनाको माध्यमबाट अनुरोध गरिएको पनि धेरैलाई थाहा भएकै कुरा हो।
यति हुँदाहुँदै पनिे  भोजको आयोजना गर्ने धेरै महानुभावहरुले कहिले ९ः३० बजेसम्म त कहिले १० बजेसम्म पनि साउण्ड सिष्टमको ठूल–ठूला आवाजहरु घन्काइरहने कारण हामी स्थानीय सार्‍है पीडित भएका छौं। सुधार समितिको सार्वजनिक सूचनालाई बेवास्ता गरेर हो वा आन्तरिक समझदारी हो डीजे बजाइदिनाले हामीले थप सास्ती भोग्नु परेको छ।
विशेषगरी बिरामी भएको घर परिवार र परीक्षाको तयारी गरिरहेका हामीजस्ता विद्यार्थीहरुलाई यसले ठूलो असर पारेको छ। तसर्थ यस विषयमा सुधार समितिले थप ध्यान पुर्‍याइदिन र भोजको आयोजना गर्ने आदरणीय महानुभावहरुले पनि त्यहाँ रहेको विशेष सूचनालाई ध्यानमा राखी दिनुभएको खण्डमा आभारी हुने थियौं।
– प्रतीक र प्रज्ज्वल भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *