दुग्ध विकास संस्थानमा भ्रष्टाचार र ?
- कार्तिक १७, २०८३
भक्तपुर । देकोचा – साँखु सडक निर्माण भइरहेको ४ वर्ष हुन लागेको छ । २ वर्षभित्र करिब १० किमि बाटो सम्पन्न गर्ने योजना बनाइएको थियो । आज वर्षाैँ बित्दा पनि भक्तपुर नपा क्षेत्रको १.५ किमि र मनोहरा पुलदेखि चाँगुसम्म निर्माण कार्य सम्पन्न भएर पनि बिग्रने अवस्थामा पुगिसकेको छ । चाँगुनारायण नपा वडा नं. ३, ५ तथा ४ वडाअन्तर्गत करिब ४ किमि बाटो बनेको छैन । भक्तपुर नपा र चाँगुनारायण नपाको सिमानास्थित बारे पुलदेखि पिखेल पुलसम्म बाटो फराकिलो बनाई दुवैतर्फ ग्राबेलिङ वाल लगाइएको छ । तर, कालोपत्रे गरिएको छैन । साथै भक्तपुर नपा क्षेत्रभित्र दुवैतर्फ ढल निकास र फुटपाथसमेत निर्माण भइसकेको छ । तर, छालिङ र झौखेल सिमानाको बाटो फराकिलो बनाइसकेको भए पनि ढल निकास र फुटपाथ निर्माण गरिएको छैन । सो बाटो खण्डको पूर्वतर्फ २०३८/०३९ सालसम्म राजकुलोजस्तै कुलो थियो । उक्त सडक खण्डमा भक्तपुर नपाको खण्डमा जस्तै ढल निकास राखिने हो कि होइन ? साथै पिखेल र पौवा क्षेत्रमा बाटो फराकिलो कहिले गर्ने हो ? चाँगुनारायण नपा वडा नं. ३, ४ र ५ का वडाध्यक्षहरूले पहल गर्नुपर्ने होइन र ? मनोहरा पुलपारि शङ्खरापुर नपा क्षेत्रमा करिब १ किमि बाटो ज्यादै साँघुरो छ । किन सडक नबनेको हो ? सम्बन्धित निकायको तत्काल ध्यान जाओस् ।
साँखु क्षेत्र पहिला भक्तपुर जिल्लाकै भूभाग थियो । भनिन्छ, मनोहरा खोलाले मान्छे बगाएपछि काठमाडौँमा गाभिएको थियो । भक्तपुर–साँखु बाटो निर्माण गर्नुपर्ने कुरा पञ्चायतकालदेखि निरन्तर रूपमा उठेको र पहलसमेत भइरहेको हो । अहिले बाटो निर्माण गर्ने आयोजना आउनु स्वागतयोग्य छ । तर, विडम्बना ! चाँगुनारायण नपा र बजेट कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको प्राथमिकतामा परेको देखिँदैन । यसतर्फ पनि ध्यान जानु आवश्यक छ ।
– टी.बी. थुया, झौखेल
Leave a Reply