भर्खरै :

युवा प्रम बालेन र अन्धकार छाउँदै नेपाल !

युवा प्रम बालेन र अन्धकार छाउँदै नेपाल !

नयाँ पुस्ताको नामबाट आएका प्रधानमन्त्रीको भारत भ्रमणको निम्ति गौचर हवाई अड्डामा बिदाइ गर्दा सैनिक बिदाइको परम्परा र नेपाली राष्ट्रिय पोशाक नहुनु तथा भारतमा नेपालका नयाँ प्रमको स्वागतमा भारतीय प्रम मोदी देखा नपर्नुको अर्थ ‘के नेपाल एक स्वतन्त्र र सार्वभौम राज्य स्वीकार नगरेको अर्थ लाग्छ – होइन ?’
‘दार्चुलाको पुल प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा उद्घाटन’ गर्नुको अर्थ महाकाली नदीको नेपाली पुल भारतकै मातहतमा जाने राजनैतिक दृष्टिकोणबाट हेर्नुपर्नेबारे जनता चिन्तित छन् । नेपालको ‘महाकाली नदी’ ‘नेपाल र भारतको आधा आधा’ भनियो । अब महाकाली नदी पुरै भारतको हुने दाबी राखेमा आश्चर्य नहुने केही संवेदनशील समूहको व्याख्या सुनिँदै छ ।
‘बन्दे भारत एक्सप्रेस’ दिल्लीबाटै भारतीय प्रम मोदीले उद्घाटन हुने विषय पनि नेपालको बालेन शाह साक्षी मात्रै बसेको ठहर्न बेर छैन ।
अबदेखि नयाँ पुस्ताका सरकारहरू नेपाल र भारतको सम्बन्धमा ‘हुन्छ’ मा परिने सम्भावना छ । बालेन शाहलाई उफ्री उफ्री ‘काठमाडौँको मेयर बनाउनुको गुह्य कुरा भर्खर भर्खर बुझ्न थालेको अनुमान गरिएको छ भन्ने गरिन्छ । देशको राजधानी २४ सै घण्टा सचेत रहन्छ । तर, व्यवहारले थाहा पाइन्छ – ‘काठमाडौँ दिउँसै सुतेको देखियो र रातको त कुरा बेग्लै !”
काठमाडौँका बुद्धिजीवी, राजनीतिक कार्यकर्ता र ज्यापु समाजमा भर्खर ‘यो के भएको’ भनी कानेखुसी हुँदै छ भन्ने उपत्यकामा व्यापक चर्चा छ ।
युवा पुस्ता र महिला नेतृत्वको ‘प्रगतिशील’ नाराभित्रको भित्री यथार्थ खुल्दै जाँदा ‘नेपाल सुतेकै हुने हो कि’ भन्ने पिर कत्तिलाई हुन्छ; हेर्दै जाने समय आएको छ ।
जनताबाट निर्वाचित आ–आफ्नो पदबाट ‘राजीनामा’ वा ‘आत्मसमर्पण’ गरेका ‘राष्ट्रपति’, ‘प्रधानमन्त्री’ को के होला भन्ने जिज्ञासा व्यापक छ ।
– एक अबुझ नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *