भर्खरै :

अँध्यारोबाट उज्यालोतिर

 प्रधान
रामहरी जोशीजीले ‘अतितको आलोक’ भागको ‘जागरण युग’ मा राणाशासनविरोधी त्यसबेलाका बुद्धिजीवी माधवराज जोशीलाई देश निकाला र उनका जेठा छोरा शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको पाटनको बखुँबहाल टोलका नेवार जोशी परिवारको सदस्य तथा तत्कालीन तराईको समाजको धार्मिक गतिविधि एवम् विवाह भोजमा हुने अनावश्यक खर्चको कारण भारतकै प्रभाव उल्लेख गर्नुभएको छ । त्यस ‘जागरण’ मा भारतीय स्वतन्त्रताको प्रसव वेदना र हिन्दुस्तान–पाकिस्तानको विभाजनको चित्र प्रस्तुत छ ।
‘क्रान्तिको लहर’ शीर्षकमा १९९७ सालको ‘प्रजापरिषद् काण्ड’ पछि सन् १९४६ अक्टोबरमा बनारसको बैठकमा बीपी कोइरालाले ‘भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस’ को नाम प्रस्तावित गरे । त्यस नामप्रति गोर्खा लीगका अध्यक्ष डम्बरसिंह गुरुङले ‘नेपाललाई भारतमा मिलाउने भयो’ भनी आपत्ति जनाए । २५ जनवरी १९४७ को दिन कलकत्ताको एक विद्यालयमा झण्डै सय जना जनप्रतिनिधिहरूको बैठक भयो र ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ को उद्घाटन भयो । नेपालको जेलमा रहेका प्रजा परिषद्का अध्यक्ष टड्ढप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय काङ्ग्रेसको सभापति मानियो र बीपी कोइराला ‘अनुपस्थितिमा स्थानापन्न’ सभापति बने ।
त्यसबेला नेपाली राष्ट्रिय काङ्ग्रेसको उद्देश्य संवैधानिक राजतन्त्र र भारतको स्वतन्त्रता सङ्ग्रामलाई सघाउने थियो । संभवतः भारतीय जेलमा बीपीलाई जयप्रकाश नारायण, डा.राम मनोहर लोहियाजस्ता समाजवादीहरूको प्रभाव परेको लेखकको अनुमान हो । संभवतः नेपाली राष्ट्रिय काङ्ग्रेसको अधिवेशनको ‘पम्प्लेट’ को भूमिका लोहियाको थियो र आचार्य नरेन्द्रदेव, अच्युत पटवर्धनको शुभकामना थियो ।
सरकारले तराईका किसानहरूलाई लगाएको ‘प्रतिबिघामा अढाई पसेरी धान’ लिने ‘विघट्टी’ करको विरोधमा जोशीजीले लेखेको पर्चामा गीताको श्लोकको उल्लेख थियो, “यदि यो लडाइँमा तिम्रो मृत्यु भएमा स्वर्ग पाउँछौ र जित्यौ भने पृथ्वीको राज्य भोग्नेछौ ।” राजनैतिक र आर्थिक नाराको सट्टा त्यसबेलाका काङ्ग्रेसजनले धर्मलाई आन्दोलनमा प्रयोग गरेको देखिन्छ । ‘स्वर्ग’ कहाँ छ, के छ भन्नेबारे २५००– ३००० वर्ष पहिले नै छलफलकै विषय थियो । तर, बेलायती उपनिवेशवादको विरोधमा गान्धीजीहरूले पनि धर्मलाई हतियारको रूपमा प्रयोग गरेका थिए ।
अर्कोतिर त्यसैबेला नेपाली भाषामा माक्र्स–एँगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएको थियो । त्यसको सार थियो, “क्रान्तिमा हार भएमा वा सर्वहारावर्गले हारेमा बाँधिएको सिक्रिबाहेक केही गुमाउनुपर्ने छैन र विजयको निम्ति सारा संसार छ ।”
एकातिर एक व्यक्ति मरेमा स्वर्ग जाने विश्वास देखाइन्छ भने जितेमा शासन पाउने लोभ छ । अर्कोतिर बाँधिएको सिक्रिमात्रै गुम्ने हो र सर्वहारावर्गको निम्ति सारा संसार प्राप्त हुनेछ ।
एकातिर एक व्यक्ति ‘स्वर्ग’ र ‘शासन’ आशा देखाउँछ भने अर्कोतिर संसारका सम्पूर्ण कामदार वर्गको निम्ति संसार (शासन सत्ता) मा समेत वर्गीय विजयको सन्देश दिन्छ । एउटामा वास्तविक जीवन र व्यापकता छ भने नेकांका हरेक कार्यकर्ता र नेतामा भारतीय काङ्ग्रेस र गान्धीजीको प्रभाव देखापर्छ ।
‘विभाजनको बीजारोपण’ शीर्षकमा लेखकले नेपाली राष्ट्रिय काङ्ग्रेस र शुवर्ण शमशेर एवम् महावीर शमशेरहरूको ‘नेपाल डेमोक्रेटिक काङ्ग्रेस–एनडिसीे’ बीच २७ मार्च १९५० मा कलकत्तामै एकता भई ‘नेपाली काङ्ग्रेस’ जन्म्यो । नेराकांले ‘राष्ट्रिय’ शब्द झिक्यो र ‘नेपाल डेमोक्रेटिक काङ्ग्रेस’ ले ‘डेमोक्रेटिक’ शब्द झिक्यो । बीपी कोइराला नेपालमै जेलमा हुँदा मातृकाप्रसाद कोइराला अध्यक्ष भए ।
लेखक जोशी र जयनारायण गिरीले बीपीको रिहाइको निम्ति जवाहरलाल नेहरूसँग भारतको प्रधानमन्त्रीको हैसियतले राणा सरकारलाई दबाब दिन आग्रह गरे । नेहरूको उत्तर थियो, “म यस्तो कदापि गर्न सक्दिनँ ।” तिनीहरूले नेहरूसँग सोधे–“हामी विद्यार्थीले राजनीतिमा भाग लिने या नलिने ?”
नेहरूको उत्तर थियो, “विलकुल नलिने, बीपीपछि तपाईँको मुलुकको गाडी हाँक्ने को छ ? तपार्इँ पहिले पढेर बीपीजस्तो बन्नुस् अनिमात्र राजनीतिमा लाग्नुस् ।” तिनीहरूले नेहरूसँग सोधे, “उसो भए सन् १९४२ को अगष्ट क्रान्तिमा तपाईँहरूले विद्यार्थीलाई कलेज छाडेर क्रान्तिमा लाग्न किन आह्वान गर्नुभयो ?”
नेहरूले झर्कदै भने, “तपाईँहरू मसँग सल्लाह लिन आउनुभएको हो या बहस गर्न ?”
तब जोशीजीहरू निरुत्तर भए ।
यसले थाहा हुन्छ– काङ्ग्रेसको राणा विरोधी आन्दोलन सारमा भारतकै आड भरोसामा चल्थ्यो ¤ तर कार्यकर्ताहरू लागिरहन्थे सबै कुरा नबुझिकनै ¤ त्यसको ऋण अहिलेसम्म नेपालसँग एक एक गरेर लिँदैछ – कालापानी, लिम्पियाधुरा र लिपुलेक अनि सुस्ता ¤
‘सशस्त्र क्रान्ति’ शीर्षकमा वर्माको समाजवादी सरकारको सहयोग काङ्ग्रेस शिविरभित्रै राणा पक्षको गुप्तचरीहरूको वयान थियो । तर थिरबम मल्ल र अन्य दुई जनासँगै पुष्पलाल पनि वर्मामा गुरिल्ला सेनाको तालिममा जाने सूचीमा थियो । सम्भवतः सुन्दरराज चलिसेले सबैसँग तस्वीर खिचेका थिए । भारतीय कम्युनिस्टहरूले पुष्पलाललाई होसियार बनाएपछि उनी उता गएनन् र थिरबम मल्ल मारिए ।
‘दिल्ली सम्झौता’ शीर्षकको वयानबाट प्रस्ट हुन्छ, नेपाली काङ्ग्रेसमा नेताहरू ‘कुहिराका काग’ थिए, राजा त्रिभुवन भारतका ‘कठपुतली’ थिए । सबै काम नेहरू र उनले खटाएका भारतीयहरूले गर्थे ।
त्यसैबेला नेहरू बेलायत गएको जोशीको संस्मरणमा लेखिएको छ । सम्भवतः बेलायती र पश्चिमीहरू एकै पटक राणाहरू फाल्ने पक्षमा थिएनन्, त्यसैले राजाको सचिवसमेत एक भारतीय गोविन्द नारायण थिए ।
लेखकको भनाइमा ‘… भारतको मध्यस्थतामा राजा त्रिभुवन र मोहनशमशेरबीचको सम्झौता थियो त्यो’ । (पृष्ठ–४७)
‘कलह–कटुता’ शीर्षकमा लेखकको निष्कर्ष छ– ‘राजा जे गर्थे, भारतीय प्रधानमन्त्री नेहरूकै सल्लाहमा गर्थे ।’ (पृष्ठ ५१)
नेपाली काङ्ग्रेसका नेताहरूसँग प्रधानमन्त्रीको नामबारे राजा त्रिभुवनले भने, “हामीले यसबारे दिल्लीसँग नसोधी हुँदैन ।”
‘विदेशी चलखेल’ शीषर्कमा लेखकको ठम्याइ छ– “…चीनले सन् १९५० मा तिब्बतमाथि कब्जा ग¥यो तब नेपालमाथि पनि आक्रमण गर्ला कि भन्ने भारतलाई शड्ढा हुन थाल्यो ।” (पृष्ठ ६१)
‘तिब्बतको ७०० वर्षको इतिहास’ को अध्ययनबाट तिब्बत ७०० वर्षदेखि कै चीनको अभिन्न अ· थियो । सन् १८९९ मा भारतका लागि बेलायतका भाइसराय (ख्ष्अभचयथ) लर्ड कर्जन (ीयचम प्गचशयल) ले काश्मीरमा रहेका बेलायती सहप्रशासक र भूटानमा रहेका भारतीय प्रशासकलाई दलाइ लामालाई पत्र लेख्न लगाए । तिब्बत र छि· सरकारबीच फाटो ल्याउन प्रत्यक्षरूपमा तिब्बती अधिकारी र दलाइ लामासँग सम्पर्कको माग राखे । बेलायतको प्रतिरोध गर्न दलाइ लामाको इच्छालाई कमजोर पारेर तिब्बती जनतालाई आक्रमणकारीहरू सामु झुकाउन प्रयास गरेका थिए । बेलायतीहरूले तिब्बतमा १ वर्ष १४ दिन (८ सेप्टेम्बर १९०३ देखि २२ सेप्टेम्बर १९०४) सम्म लुटपाट गरे । भनिन्छ ९२० बोरा बहुमूल्य सामान बेलायतले लग्यो ।
केन्द्रीय जनसरकार र तिब्बतको स्थानीय सरकारबीच तिब्बतको शान्तिपूर्ण मुक्तिका उपायहरूबारे पेकि·मा २३ मई १९५१ मा सम्झौता भएको थियो । तर, यस्ता विषयमा नेपाली पुस्तकहरूको अभाव सा¥है खट्किने विषय हो ।
लेखकको भनाइमा “भारतका कतिपय हस्तक्षेपकारी भूमिकाका कारण नेपालमा भारतविरोधी मानसिकताको विकास भएको थियो ।” (पृष्ठ ६२)
तर ‘मानसिकता’ शब्द उपयुक्त छैन । नेपाली जनतामा भारतविरोधी ‘भावना’ फैलिनु स्वाभाविक हो ।
भारतको थिचोमिचोबारे लेखकको अभिव्यक्ति यस्तो छ, “भारतले नेपाललाई सिँचाइको क्षेत्रमा सहयोग गर्ने भनेर कोसी बाँध निर्माण ग¥यो । यसमा नेपाल नराम्रोसँग ठगिएको छ, जसबाट भारतले भने ठूलो फाइदा उठाएको छ ।” (पृष्ठ ६४)
सन् १९५० को सन्धिले, “नेपाललाई सम्प्रभुतासम्पन्न स्वतन्त्र राष्ट्र माने पनि यसको मुख्य उद्देश्य नेपाललाई सधैँ भारतको उपनिवेश बनाइराख्ने थियो । यस सन्धिका दुई भाग छन्, आर्थिकमा नेपाललाई सधँै भारतमाथि भर पर्नुपर्ने र राजनीतिमा ‘दुवै देशसम्बन्धी कुनै काम गर्नुपरेमा आपसमा सल्लाह गरी गर्ने ।”
तर, भारतले रसियावाल खुर्दलोटन बाँध र बाँकेमा लक्ष्मणपुर बाँध बनायो । त्यसले हरेक साल त्यहाँका ५–६ गाउँ डुब्ने गरेको छ ।
‘सङ्घर्षमय दिन’ शीर्षकमा लेखकले अमेरिका भ्रमण गर्दा अमेरिकामा जातीय भेदभाव देखे । अनि मार्टिन लुथर किङको भाषण सुन्ने मौका पाए सबै लेखक पञ्चायतकालमा आफू स्नातक तहको उम्मेदवार भएको विषयमा चर्चा छ ।
‘मेलमिलापको मर्म’ शीर्षकमा लेखकले ‘रेड बिग्रेड’ को पर्चा, धरानको खनाल नामको कम्युनिस्ट काठमाडौँको सिटी मजिष्ट्रेड भएका राजा वीरेन्द्रले आफ्ना सहपाठी झापा बिर्तामोडका केशरबहादुर बुढाथोकीलाई “…कम्युनिस्ट आए पनि स्थापित हुन अझै २० वर्ष लाग्छ तर काङ्ग्रेस त आइसक्यो । मेरो तत्कालको शत्रु भनेको काङ्ग्रेस नै हो ।” भनी उल्लेख गरेका छन् ।
लेखकले इन्डोनेसियामा ‘अडिट फर्मुलाअनुसार’ सत्ता कब्जाको असफल प्रयास गरेको भनी लेखे तथा अफगानिस्तानमा रुसको सहयोगमा सेनाले सत्ता कब्जा गरेको उल्लेख गरे ।
लेखक नेपाली काङ्ग्रेसका एक इमानदार सिपाही र नेता भएपनि बीपी कोइरालाको बेलायत यात्रा सा¥है विवादास्पद विषय बन्यो । पश्चिमी देशका मित्रहरूले उनलाई नेपालमा कम्युनिस्ट चीनको प्रभाव बढ्दै गएको र थप केही वर्ष बीपी भारतमा रहने हो भने नेपालमा नेका र बीपीको नाम–निशाना नरहने बताइएको चर्चा चलेको थियो । यस्तै विश्लेषण पनि कलिर्ज गरिएका थिए । नेपाली समाचारपत्रहरू र पाठ्य पुस्तकहरूमा बीपी कोइरालाको उल्लेखसमेत नहुँदा ‘भित्रै गएर सङ्घर्ष गर्ने र राजासँग मिल्ने’ उपाय खोजिएको थियो । नेपाली काङ्ग्रेसका कार्यकर्तालाई ‘बाहिरबाट र सशस्त्र सङ्घर्ष होइन’ भित्रै गएर शान्तिपूर्णरूपमा पञ्चायतको विरोध गर्ने नीति बताइयो । यसबारे साधारण कार्यकर्तामात्र होइन नेका नेताहरूसमेत ‘कुहिरो काग’ बनेमा थिए ।
जहाँसम्म इन्डोनेसियाको अडिट फर्मुलाको हल्ला हो । त्यो वास्तवमा डा. माझी गुटको रुसी फर्मुला थियो– खु्रश्चेमी संशोधनवादको । अडिट रुसी संशोधनवादी पक्षघर थिए, उनकै अवसरवादी नीतिको कारण इन्डोनेसियामा जनसङ्ख्याको १० प्रतिशत समर्थक भएको देशमा पार्टीको लडाकु भावना र सोहीअनुसारको तयारीको विरोध गर्दा साम्राज्यवादी र प्रतिक्रियावादी हमलाको कारण १५ लाख कम्युनिस्ट कार्यकर्ता मारिएका थिए । कैयौँ कारण आजसम्म कम्युनिस्ट आन्दोलनले त्यहाँ टाउको उठाउन सकेन ।
भियतनामको बदला लिन संरा अमेरिकाले अफगानिस्तानमा, खास गरी काबुलमा कम्युनिस्ट सरकार गठन गर्न दिई रुसलाई संसारको सबभन्दा विकट ठाउँमा फसाएको परिणामले बतायो । संरा अमेरिकाले मध्य एसिया वा सोभियत सङ्घबाट टुक्रिएका मुस्लीमगणतन्त्रहरूबाटै तेल र ग्यास ल्याई कराचीमा खसाल्ने योजना थियो अरब देशहरूबाटै विरोधको कारण आज अमेरिका आफैँ अफगानिस्तानमा फस्यो र मुक्त हुन सकेन ।
राजाले पञ्चायती कार्यकर्तालाई बीपीजस्तो माछालाई हिन्द महासागरबाट रानीपोखरीमा ल्याउने सूत्र बताएर थामथुम पारे । अन्तर्राष्ट्रिय प्रतिक्रियावादी खेलकै सिलसिलामा राजपरिवार र राजतन्त्र समाप्त भयो एवम् नेपालको कम्युनिस्ट आन्दोलनलाई समेत नेका, राप्रपा र मधेसवादीमा सामेल गराइयो । त्यसैको सिलसिला सार्कलाई बिम्स्टेकमा पु¥यायो र बिम्स्टेक हिन्द–प्रशान्त सैन्य गठबन्धनमा टुङ्ग्यो । नेकपा सिद्धान्त र व्यवहारले ३० वर्षपछि भाइकाङ्ग्रेस साबित भयो ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *