भर्खरै :

कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदनको सार–२

अध्यक्ष किम जोङ्ग उनले कृषि उत्पादन उल्लेखनीयरूपमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । विज्ञान र प्रविधिको ज्ञान एवम् दक्ष जनशक्ति अनन्त रणनीतिक सम्पत्ति भएको बताउनुहुँदै उहाँले विज्ञान र प्रविधि आज जस्तो आर्थिक कार्यमा कठिन अवस्थामा विकासको मार्गमा बाटो उज्यालो पार्ने प्रकाशका रूपमा अगाडि आउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा क्षेत्रमा क्रान्तिको युगको आवश्यकताअनुसार देशको शिक्षा क्षेत्रमा पनि आधारभूत सुधारहरू गर्नुपर्ने कार्यबारे उहाँले मार्गनिर्देश गर्नुभयो ।
अध्यक्ष किम जोङ उनले भन्नुभयो, “राष्ट्रपति किम इल सुङ र राष्ट्रिय रक्षा आयोगका अध्यक्ष किम जोङ इलले स्थापना र विकास गर्नुभएको जनताको सेवा गर्ने विशेषता तथा स्रोतसाधन र प्राविधिक आधारसहितको समाजवादी सार्वजनिक स्वास्थ्य प्रणालीको कार्यमा देखापरेका महत्वपूर्ण कुराहरू कोरियाको स्वास्थ्य प्रणालीले स्वास्थ्य क्षेत्रका सबै चिकित्सक, नर्स, स्वास्थ्य कार्यकर्ताहरूलाई महान् मानवीय प्रेम र उच्च चिकित्सा योग्यताहरूसहित देश र जनताप्रति बफादार हुने तालिमले सम्पन्न बनाएको छ ।”

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति महान् नेता किम इल सुङ र प्रजग कोरियाको राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष प्रिय नेता किम जोङ्ग इल पेक्डु पर्वतमाथि ।


उहाँले उत्पादन वृद्धि गर्न, अर्थतन्त्र सुनिश्चित गर्न, पर्यावरणीय वातावरण रक्षा गर्न र त्यसको गुणस्तर वृद्धि गर्न तथा प्राकृतिक प्रकोप रोकथामका सम्भाव्य सबै उपाय लगाउन बहुआयामिक आन्दोलन सञ्चालन गर्न आह्वान गर्नुभयो । उहाँले राजनीतिक, कूटनीतिक र सैनिकरूपमा अग्रगामी सफलता सुनिश्चित गर्नका निम्ति आह्वान गर्नुभयो ।
“अतुलनीय कडा चुनौती र कठिनाइमाथि विजय हासिल गरी अग्रगामी सफलतामा सुनिश्चित विजयका लागि शक्तिशाली राजनीतिक, कूटनीतिक र सैनिक सुनिश्चितता हुनुपर्छ र विद्यमान परिस्थितिअन्तर्गत हाम्रो कूटनीतिक मोर्चालाई बलियो बनाउने नीतिलाई अगाडि बढाउनुपर्छ ।” उहाँले औँल्याउनुभयो ।
कोरियाली प्रायःद्वीपमा सिर्जना गरिएको चुनौतीपूर्ण परिस्थिति र चालू अन्तर्राष्ट्रिय सम्बन्धको जटिल संरचनाको विस्तृत र गहन विश्लेषणपछि अध्यक्ष किमले राज्यको सार्वभौमिकता र सुरक्षा विश्वसनीय ढङ्गले सुनिश्चित गर्न चाल्नुपर्ने पहलकदमीपूर्ण कार्यबारे मागनिर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “संरा अमेरिकाले हाम्रो देशलाई शत्रुका रूपमा व्यवहार गर्दै ‘दुष्ट मण्डली’ र ‘संरा अमेरिकाको सर्वप्रथम आणविक आक्रमणको तारो’ भन्यो । त्यसले हाम्रो देशविरुद्ध सबभन्दा क्रुर र अमानवीय प्रतिबन्धहरू लगायो र विगत सात दशकदेखि हाम्रो देशमाथि निरन्तर आणविक अस्त्र आक्रमणको धम्की दिइरह्यो । कोरियाली प्रायःद्वीपको वर्तमान अवस्था झन् बढी खतरनाक बन्दै गएको छ र गम्भीर चरणमा पुगेको छ । संरा अमेरिकाको प्रजग कोरियाप्रतिको शत्रुतापूर्ण नीति झन् – झन् गहिरो बन्दै गएको छ ।”
विगत दुई वर्षमा मात्रै जब प्रजग कोरियाले आफ्नो आणविक परीक्षण र आईसीबीएम परीक्षण प्रक्षेपण रोक्ने महत्वपूर्ण निर्णय लियो एवम् प्रजग कोरिया संरा अमेरिका वार्ताको विश्वासको वातावरण बनाउनका लागि आणविक अस्त्र परीक्षण स्थलहरू बन्द ग¥यो, संरा अमेरिकाले त्यसको जवाफमा उपयुक्त र सकारात्मक कदम चाल्नुको साटो दसौँ ठूला र साना सैन्य अभ्यासहरू गर्न लगायो । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजग कोरियाविरुद्ध लक्षित त्यस्ता सैन्य अभ्यासहरू बन्द गर्न लगाउने र दक्षिण कोरियालाई बर्सेनि दिँदै आएका अत्याधुनिक युद्धका अस्त्रका खेप बन्द गर्ने वाचा गरेका थिए तर त्यसलाई पनि तोडे । संरा अमेरिकाले विश्वलाई देखाउनकै लागि प्रजग कोरियाविरुद्ध दस वटा छुट्टाछुट्टै प्रतिबन्धहरू लगायो र पुनः एकपटक संरा अमेरिका आफ्नो पुराना असफल नीतिहरूमै रहेको देखियो ।” – उहाँले उल्लेख गर्नुभयो ।
“यस्तो अवस्थामा हामी एक पक्षीयरूपमा हाम्रा प्रतिबद्धतामा अडिग रहिरहनुपर्ने कुनै आधार भएन । हाम्रो प्रतिबद्धताको विपरीत पक्ष नै छैन र यो विश्वव्यापी आणविक निःशस्त्रीकरण तथा अप्रसारको हाम्रो प्रयासमाथि नै गम्भीर प्रहार हो ।”– उहाँले भन्नुभयो ।
विद्यमान स्थितिले प्रजग कोरियाको शक्ति पर्याप्तरूपमा वृद्धि गरेर आफ्नो प्रतिरक्षा गर्ने मार्ग सही भएको प्रमाणित गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रस्ट पार्नुभयो, “त्यसबाट हाम्रा दुश्मन फौजलाई किनारामा राखिदिएको छ र तिनीहरूले हाम्रो सार्वभौमिकता र सुरक्षामाथि हात हाल्ने हिम्मत गर्न सकेका छैनन् । कुनै द्विविधा र हिच्किचाहटविना हाम्रो सार्वभौमिकता र सुरक्षाको सुनिश्चितता गर्नु नै कोरियाली मजदुर पार्टीको संरा अमेरिकाप्रतिको नीति हो ।”
अतुलनीय सैनिक बल र त्यसको निरन्तर सुदृढीकरणसहित राष्ट्रिय प्रतिरक्षा शक्ति निर्माण गर्नु कोरियाली मजदुर पार्टीको अडिग लक्ष्य भएको उल्लेख गर्नुहुँदै उहाँले कुनै पनि शत्रु देशले आफ्नो सशस्त्र फौज प्रजग कोरियाविरुद्ध प्रयोग गर्ने आँट गर्न नसक्ने गरी राष्ट्रिय प्रतिरक्षा शक्ति विस्तार र सुदृद्ध गर्नु कोमपाको इच्छा र राष्ट्रिय प्रतिरक्षाको मूल उद्देश्य भएको बताउनुभयो ।
प्रजग कोरियाले अझ सक्रियरूपमा रणनीतिक अस्त्र विकास परियोजनालाई अगाडि बढाउनुपर्छ भन्नुहुँदै उहाँले विश्वले नजिक भविष्यमै नयाँ रणनीतिक अस्त्र भएको देख्ने विश्वास दिलाउनुभयो ।
उहाँले स्पष्ट पार्नुभयो – “शत्रुका क्रियाकलाप र हामीविरुद्धको आणविक धम्की बढिरहेको आजको यथार्थमा देखिने आर्थिक परिणाम तथा क्षणिक खुशी र सुविधाका लागि हामी हाम्रो भविष्यको सुरक्षालाई त्याग्न सक्दैनौँ । हामीले आर्थिक निर्माण र हाम्रो आणविक फौज विकास सँगसँगै गर्न थालनी गरेको समयदेखि आजसम्मको स्थितिमा कुनै तात्विक परिवर्तन भएको छैन । आज पनि संरा अमेरिकाको गुण्डागर्दीस्तरको व्यवहारका बीच हाम्रो आर्थिक निर्माणमा जोड दिइरहेका छौँ । हामीले हामीमाथि संरा अमेरिकाले लगाएका प्रतिबन्धहरू हटाइने कुनै आशा राखेका थिएनौँ भनी भन्न कुनै हिच्किचाहट छैन र अहिले हामीले संरा अमेरिकाको वास्तविक नियत नजिकबाट देखिसकेका छौँ । यदि संरा अमेरिका प्रजग कोरियाप्रतिको आफ्नो शत्रुतापूर्ण नीतिमा टाँसिइरहन्छ भने कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरण कहिल्यै सम्भव हुने छैन र प्रजग कोरियाले आफ्नो सुरक्षाका लागि पूर्व आवश्यकताका रूपमा रहने रणनीतिक अस्त्रहरूको विकासमा निरन्तरता दिइ नै रहनेछ । जबसम्म संरा अमेरिका प्रजग कोरियाप्रतिको शत्रुतापूर्ण नीतिबाट पछि हटेर दीर्घकालीन र टिकाउ शान्ति–संयन्त्र बनाउँदैन प्रजग कोरियाले रणनीतिक अस्त्रहरूको आविष्कार र विकासको परियोजना रोक्ने छैन ।”
उहाँले ठूला शक्ति राष्ट्रसँग मात्र भएका रणनीतिक अस्त्रहरू प्रजग कोरियासित हुनु ठूलो सफलता भएको तर त्यसभन्दा बढी सफलता विज्ञान र प्रविधिको क्षेत्रमा प्रतिभाशाली र प्रतिबद्धहरूको फौज नै हुनु हो भन्दै त्यसबाट कोरियाली मजदुर पार्टीले अपेक्षा गरेका महत्वपूर्ण परिणाम हासिल हुने स्पष्ट पार्नुभयो ।

सिङ्गापुरमा सम्पन्न प्रजग कोरिया–संरा अमेरिका र्वार्तामा प्रजग कोरियाको राष्ट्रिय मामिला आयोगका अध्यक्ष किम जोङ्ग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हात मिलाउँदै ।


उहाँले राष्ट्रिय प्रतिरक्षाका लागि वैज्ञानिक अनुसन्धान कार्य र अस्त्र उद्योगहरूलाई कोमपाको राष्ट्रिय प्रतिरक्षा निर्माण गर्ने नीतिअनुसार पूर्ण बफादारी र पूर्णतयाः उँचो उठाइएको नाराबमोजिम हुनुपर्ने बताउनुभयो । उक्त नारा पूर्वनिर्धारित लक्ष्यहरू पूर्ति गर्न उच्च र शीघ्र कार्य हरेक कुरा (ए देखि जेडसम्म) मा आत्मनिर्भरता र जुछेको सिद्धान्त लागू गरौँ ¤ रहेको छ ।
अध्यक्ष किमले अस्त्र उद्योग क्षेत्रका अधिकारी र वैज्ञानिकहरूलाई देशको प्रतिरक्षा क्षमता विस्तार गर्ने पवित्र क्रियाकलापलाई तिव्रता दिन हरेक हिसाबले थप मेहनत गर्न आह्वान गर्नुभयो । उहाँले ती अधिकारी, वैज्ञानिक र मजदुरहरूको पार्टी एवम् क्रान्तिप्रतिको अचल निष्ठा र भावना, आणविक अस्त्र विकास तथा निर्माण गर्न तीन वर्ष लामो कठिन र अद्वितीय सङ्घर्षको प्रशंसा गर्नुभयो ।
उहाँले बृहत्रूपमा पार्टीव्यापी, राष्ट्रव्यापी र समाजव्यापीरूपमा समाजवादविरोधी र गैर समाजवादी कार्यहरूविरुद्ध सङ्घर्ष चलाउनुपर्ने विषय पनि अगाडि सार्नुभयो र कामदार जनताको सङ्गठनहरूको कार्य बलियो बनाउँदै जाने तथा पूरै समाजमा नैतिक अनुशासन कडा बनाउँदै लानुपर्नेमा पनि जोड दिनुभयो ।
सो अवसरमा उहाँले पार्टी र क्रान्तिको नेतृत्वदायी अङ्गलाई बलियो बनाउँदै नेतृत्वको भूमिकालाई उँचो उठाउनुपर्ने पनि उल्लेख गर्नुभयो ।
उहाँले पार्टीलाई वैचारिक र साङ्गठनिकरूपमा थप बलियो बनाउन अपनाउनुपर्ने सैद्धान्तिक विषयवस्तु एवम् व्यावहारिक उपायबारे प्रस्ताव पेश गर्नुभयो र युगको आवश्यकता तथा क्रान्तिको विकासका लागि कार्यकर्ताको भूमिका उच्च महत्वको रहेको उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो – “हाम्रो क्रान्ति बहुआयामिकरूपमा अगाडि बढिरहेको छ तर शत्रु शक्तिहरूले यसको अगाडि निरन्तररूपमा र अझ कडा चुनौतीहरू खडा गरिरहेका छन् । आजका कठिनाइहरू सामना गर्न त्यति सजिलो छैन, कोमपाले अर्को वीरतापूर्ण सङ्घर्ष चलाउने निर्णय गरेको छ र उक्त सङ्घर्षले हाम्रो क्रान्तिको अन्तिम विजय हुनेछ साथै हाम्रा महान् जनताले राम्रो जीवन जीउन पाउनेछन् । हामी भविष्यमा विजयी हुने या नहुने वा हाम्रो समाजवादी व्यवस्थाको भविष्य चौराहामा उभिन पुग्छ या पुग्दैन भन्ने कुरा हाम्रो पार्टीको एकताबद्ध शक्ति र यसको मार्ग निर्देशक भूमिकामा निर्भर हुन्छ । त्यसैकारण, कोमपाले आफ्नो अडान अडिगरूपमा राख्दै संरा अमेरिका र त्यसका पिछलग्गूहरूमाथि गम्भीर प्रहार गर्दै सधैँ हाम्रा जनताको खुसी र दुःखमा साथै रहनेछौँ ।
हाम्रा जनताले आत्मनिर्भरता र आत्मपरिपूर्णताको तरिका जानिसकेका छन्, शत्रुलाई परास्त गर्ने र कठिनाइमाथि विजय पाउने तथा इतिहासमै नभएको कठिन वातावरणमा पनि आफ्नो स्वाभिमान एवम् अधिकार रक्षा गर्ने तरिका पनि जानिसकेका छन् ।”
उहाँले देशको स्वाभिमानको रक्षा र साम्राज्यवादलाई परास्त गर्ने अस्त्र भनेको दृढ क्रान्तिकारी विश्वास र पेटी कसेर पनि गर्ने विकास र समृद्धि भएको स्पष्ट पार्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “यदि हामी अदम्य क्रान्तिकारी विश्वास, अडिग देशभक्ति अपराजयी सङ्घर्षको भावनाले अगाडि बढ्ने हो भने हाम्रा कठिनाइहरूमाथि विजय पाउन सक्छौँ र नयाँ विजयले युक्त दिनमा हामी पुग्न सक्नेछौँ र तब हाम्रो गीत ‘विश्वमै सबभन्दा खुसी हामी हौँ’ सम्पूर्ण जनताको वास्तविक जीवन बन्नेछ ।”
उहाँले क्रान्तिका गहन कठिनाइहरू समाधान गर्न र वीरतापूर्ण सङ्घर्षबाट सफलतासम्म पुग्न एवम् एक शक्तिशाली समाजवादी राष्ट्र निर्माणको आदर्श भावनालाई कार्यान्वयन गर्न गौरवपूर्ण सङ्घर्षका लागि सबैलाई आह्वान गर्नुभयो ।
त्यसपछि विस्तारित बैठकमा पहिलो विषयमाथिको लिखित भाषणहरू प्रस्तुत गरियो ।
वक्ताहरूले कोमपाका अध्यक्ष किम जोङ उनको उत्कृष्ट विचार र अग्रगामी सफलता हासिल गर्ने रणनीतिहरूको पूर्ण समर्थन र पारित गर्नुपर्ने बताउँदै तिनको कार्यान्वयनका कार्यक्रमहरूमा समर्पित हुन आह्वान गरे । वक्ताहरूले आत्मपरिपूर्णताको महान् लक्ष्य शीघ्राति शीघ्र हासिल गर्न समाजवादी निर्माण अगाडि बढाउने मार्गका सबै चुनौती र कठिनाइहरूमाथि विजय पाउने विश्वास व्यक्त गरे ।
उनीहरूले विस्तारित बैठकको सामु पार्टी केन्द्रीय समितिले अगाडि सारेका गौरवमय अभ्यासहरूलाई अझ उँचो उठाउने विचार र अग्रगामी सफलता हासिल गर्नुपर्ने आह्वान गरे ।
विस्तारित बैठकमा पहिलो विषयमाथिको मस्यौदा प्रस्तावमाथि गहन र सकारात्मक अध्ययन तथा छलफलपछि त्यसलाई सर्वसम्मतरूपमा पारित गरियो । उक्त प्रस्तावमा निम्न लिखित निर्णयहरू समाविष्ट छन् ः
िहामीले देशको आर्थिक आधारहरूको पुनः व्यवस्थापन गर्नेछौँ, देशको आर्थिक विकास र जनताको जीवनका आवश्यकता पूरा गर्न सम्भव भएका सबै स्रोतहरू सूचीकृत गरी उपयोगमा ल्याउनेछौँ ।
हामी विज्ञान र प्रविधिको महत्वमा सकारात्मक रहनेछौँ र समाजवादी व्यवस्थाको प्रतिनिधित्व गर्ने शिक्षा र स्वास्थ्योपचार सेवालाई सुधार गर्नेछौँ ।
हामी पर्यावरणीय वातावरण संरक्षण गर्नेछौँ र प्राकृतिक प्रकोपविरुद्ध राष्ट्रिय सङ्कट नियन्त्रण प्रणाली स्थापना गर्नेछौँ ।
हामी शक्तिशाली राजनीतिक, कूटनीतिक र सैनिक पहलकदमीको माध्यमले अग्रगामी सफलताको विजय सुनिश्चित गर्नेछौँ ।
हामी समाजवादविरोधी र गैरसमाजवादी कार्यविरुद्धको सङ्घर्षलाई चर्काउने छौँ र नैतिक अनुशासनलाई कडाइ गर्नेछौँ । साथै कामदार जनताका सङ्गठनहरूले वैचारिक शिक्षा निरन्तररूपमा प्रचार गर्नेछन् ।
हामी पार्टी क्रान्तिको नेतृत्वदायी अङ्गलाई थप मजबुत बनाउनेछौँ र नेतृत्वको भूमिकालाई थप क्रान्तिकारी बनाउनेछौँ । िक्रान्तिका जिम्मेवार अधिकारीहरू नेतृत्वदायी सदस्यहरूले आफ्नो जिम्मेवारी क्रान्ति र पार्टीप्रतिको कर्तव्य पूरा गर्न निरन्तर एवम् अथक प्रयासमा जोड दिनेछौँ र अग्रगामी सफलता प्राप्तिको सङ्घर्षमा कठिनाइहरूमाथि विजय प्राप्त गर्दै समाजवादी निर्माणलाई झन्झन् अगाडि बढाउनेछौँ । िसबै तहका पार्टी सङ्गठन र राजनीतिक अङ्गहरूले आफूलाई तोकिएको जिम्मेवारीअनुसार साङ्गठनिक एवम् राजनीतिक कार्य गरेर पार्टीको निर्णय लागू गर्ने छन् । सम्बन्धित अङ्गजस्तो सर्वोच्च जनसभाको अध्यक्ष मण्डल र मन्त्रीमण्डलले पार्टीको निर्णयले निर्देश गरेका कार्य पूरा गर्न व्यावहारिक उपायहरू लागू गर्नेछन् ।
विस्तारित बैठकले दोस्रो विषयका रूपमा साङ्गठनिक विषयमाथि छलफल ग¥यो । बैठकले पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो (पोलिटिकल ब्युरो) का सदस्य र वैकल्पिक सदस्यहरूलाई फिर्ता ग¥यो र पुनः निर्वाचित ग¥यो ।
बैठकले रि इल ह्वान, रि प्योङ चोल र किम तोक हुनलाई पार्टी केन्द्रीय समितिको पोलिटिकल ब्युरो सदस्यमा निर्वाचित ग¥यो ।
त्यस्तै किम जोङ ग्वान, पाक जोङ चोन, किम ह्योङ जुन, हो चोल मन, रि हो रिम र किम इल चोललाई पार्टी केन्द्रीय समितिको पोलिटिकल ब्युरोको वैकल्पिक सदस्यमा निर्वाचित ग¥यो ।
बैठकले पार्टी केन्द्रीय समितिका थप सदस्य र वैकल्पिक सदस्यहरू निर्वाचित ग¥यो ।
पार्टी केन्द्रीय समितिका वैकल्पिक सदस्यहरू किम ह्योङ जुन, हान क्वाङ साङ, काङ जोङ ग्वान, किम क्वाङ चोल, किम क्योङ जुन, याङ सुङ हो, क्वाक चाङ सिक, पाक क्वाङ जु, पाक म्योङ सु, रि पोङ चुन र सोड सोक वनलाई पार्टी केन्द्रीय समिति सदस्यमा निर्वाचित ग¥यो भने हो चोल मन, रि हो रिम, ओ इल जोङ, किम योङ ह्वान, किम हल चोल, किम जोङ हो, सोन योङ हुन, रिम क्वाङ इल र चोय साङ गोनलाई पनि पार्टी केन्द्रीय सदस्यमा निर्वाचित ग¥यो ।
त्यस्तै जाङ क्वाङ म्योङ, जोन ह्योल चोल, सिम होङ बिन, रि थाय इल, चोय क्वाङ इल, रि वान सिक, रि योङ चोल, चोय चुन गिल, किम हाक चोल, किम चोल, पाक जोङ गुन, जोन हाक चोल, जो योङ डोक, सिन योङ चोल, किम सुङ जीन, मुन जोङ उङ, रि जोङ गिल, चोय सोङ नाम, जोन ह्योङ गिल, काङ सोन, किम योङ बाय, किम कि र्योङ, सिन होङ चोल र किम योङ नामलाई पार्टी केन्द्रीय समितिको वैकल्पिक सदस्यमा निर्वाचित ग¥यो ।
त्यस्तै पार्टी केन्द्रीय समितिको अनुशासन आयोगका अध्यक्षका रूपमा रि साङ वनलाई र त्यसका अरू सदस्यहरूलाई निर्वाचित ग¥यो ।
पार्टी केन्द्रीय विभागका केही निर्देशकहरूलाई हटाई नयाँ निर्देशकहरू चयन गरियो ।
रि इल ह्वान, किम ह्योङ जुन, चोय ह्वी, रि प्योङ चोल, किम तोक हुन, योय पु इल, हो चोल मन, रि हो रिम, हान क्वाङ साङ र ओ इल जोङलाई पार्टी केन्द्रीय समितिका विभिन्न विभागका निर्देशकको जिम्मेवारी दिइयो ।

विस्तारित बैठकले विभागका उप–निर्देशकहरू पनि चयन ग¥यो । किम तोङ इल, रि योङ गिल, किम यो जोङ र रि योङ सिकलाई पार्टीका भिन्नाभिन्नै विभागका उपनिर्देशकमा चयन ग¥यो ।
बैठकले पार्टीको केही प्रान्तीय समितिका अध्यक्षहरू हटाएर नयाँ अध्यक्षहरू निर्वाचित ग¥यो । बैठकले किम योङ ह्वानलाई ¥याङग्याङ प्रान्तीय समितिको अध्यक्षमा चयन ग¥यो ।
बैठकले राज्यको अङ्गमा काम गर्ने केही कार्यकर्ताहरू पनि फेरबदल ग¥यो । राष्ट्रिय योजना आयोगका अध्यक्ष रहनुभएका किम इल चोललाई मन्त्री परिषद्को उपप्रधानमन्त्रीमा चयन गरियो भने जोन हाके चोललाई कोइला उद्योगमन्त्री, जोन म्योङ सिकलाई संस्कृतिमन्त्री, किम सुङ जिनलाई राष्ट्रिय विज्ञान प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरियो ।
विस्तारित बैठकले तेस्रो विषयमाथि छलफल गरी पार्टी केन्द्रीय समितिले जारी गर्ने नाराहरूको सङ्कलनलाई परिमार्जित गर्ने र थप गर्ने निर्णय ग¥यो । बैठकले चौथो विषयमाथि पनि छलफल गरी कोरियाली मजदुर पार्टीको ७५ औँ स्थापना वार्षिकोत्सव भव्यताका साथ मनाउने निर्णयका साथै विभिन्न कार्यक्रमबारे निर्णय ग¥यो ।
विस्तारित बैठकको समापन सत्रमा अध्यक्ष किम जोङ उनले वर्तमान स्थितिमा अग्रगामी सफलता प्राप्तिका लागि विस्तारित बैठकको महत्व र विशेषताबारे उल्लेख गर्नुहुँदै त्यसले क्रान्तिमा नयाँ लहर ल्याउने चर्चा गर्नुभयो ।
उहाँले कोमपाको सातौँ केन्द्रीय समितिको पाँचौँ विस्तारित बैठकको आधारभूत विचार र भावना स्पष्ट पार्नुहुँदै अग्रगामी सफलताका लागि अगाडि बढ्ने र स्थिति राम्रो हुने प्रतिक्षा गरी नबस्ने बताउनुभयो ।
“अर्काे शब्दमा, हामीले संरा अमेरिका र शत्रु शक्तिहरूले हामीलाई एक्लै शान्तिपूर्वक बस्न दिने सपना देख्नु हुँदैन बरु हामीले आत्मनिर्भरताको शक्तिको लहर ल्याएर अग्रगामी सफलता प्राप्त गर्न समाजवादी निर्माण अगाडि बढाउने मार्गका कठिनाइहरूमाथि जीत हासिल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
“हामीले हाम्रो सङ्घर्षको मार्गमा वस्तुगत तत्वहरू अनुकूल आफूलाई ढाल्ने र तिनीहरूबाट नियन्त्रित बन्ने होइन बरु हामीले अग्रगामी सफलता प्राप्त गरी वस्तुगत तत्वहरूलाई हाम्रो नियन्त्रणमा राख्नुपर्छ । ” –उहाँले थप स्पष्ट पार्नुभयो ।
उहाँले बैठकका निर्णय र निर्देशहरू कार्यान्वयनमा लानका लागि प्रभावकारीरूपमा पार्टीव्यापी छलफल चलाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीका नीति निर्णयहरू लागू गर्न ठोस कार्ययोजना र सही विधि अपनाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष किम जोङ उनले क्रान्तिलाई अगाडि बढाउन क्रान्तिकारीहरूले आफ्नो सम्पूर्ण जीवन जनताको विश्वास जित्न समर्पित गर्न, जनताको सेवामा लगनशील र समर्पित सेवक बन्न हार्दिक आह्वान गर्नुभयो । सो अवसरमा अध्यक्ष किमसित पार्टीको केन्द्रीय नेतृत्वदायी अङ्गका सदस्य र विभिन्न विभाग एवम् प्रान्तका सदस्यहरूले सामूहिक फोटो खिचाउनुभएको थियो ।
(Report in 5th Plenary Meeting of 7th C.C WPK_
– Bulletin, The Embassy of the Democratic People’s Republic of Korean in Nepal.

अनुवाद ः प्रकाश
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *