भर्खरै :

भ्रमण वर्ष र भक्तपुर महोत्सव

राकस्था
जरामा जनता
मूर्त र अमूर्त सम्पदामा अतुल्य भक्तपुरले विगत बीसपच्चीस वर्षमा पर्यटन उद्योगको विकासमा पनि काँचुली फेरेको छ । पर्यटन वर्ष २०२० सँगै जोडेर भक्तपुर नगरपालिकाले आउँदो चैत पहिलो साता गर्ने ‘भक्तपुर महोत्सव’ को कारण भक्तपुरका पर्यटन व्यवसायीमात्र होइन सर्वसाधारण नागरिकसमेत खुशी छन् । नागरिकसमेत स्वतस्फूर्त महोत्सवको तयारीमा जुटेका छन्, किन होला ? भक्तपुर महोत्सवमा जनताको खुशीको अर्थ के हो ? नगरपालिकाको बजेट कति छ ¤ भनपाले कसरी धेरै काम सँगसँगै गर्नसक्छ ? किन भक्तपुरका जनता नगरपालिकाका प्रत्येक कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन्छन् ? यी प्रश्न भने धेरैको मनमा उठेको पाइन्छ ।
२०५५ कार्तिकमा पहिलो भव्य ‘भक्तपुर महोत्सव’ गरेको करिव २० वर्षपछि भक्तपुर नगरपालिकाले आयोजना गरेको दोस्रो महोत्सवले अर्को ऐतिहासिक अभिलेख स्थापित गर्ने आशा गर्नु स्वाभाविक हो । यसअघि २०६९ असोज ६ गते आयोजित सडक महोत्सवका सम्झनाहरू यो लेखकलाई पनि ताजै छ । पर्यटकका जिज्ञासु आँखा, ठाडा कान, द्रुतत्तर पाइला, निरन्तर क्यामेराको क्लिक – क्लिक । महत्वपूर्ण कुरा छुट्ला कि भनी आतुर मानिस । अनि तस्वीर र वृत्तचित्र खिच्न हस्याङ्फस्याङ गरिरहेका मानिसहरू ।
अबको महोत्सवले परम्परागत नाच, गीत र सङ्गीतमा सम्पन्न भक्तपुरका कलाकारहरू, काष्ठ, धातु, मृत्तिका आदि विभिन्न कलाका शिल्पीहरू, दही, चिउरा, कालो टोपी आदिका विज्ञहरू, पैगोडा, मण्डप, शिखर शैलीको मन्दिरका सांस्कृतिक प्राविधिकहरू सबैको सम्मान, प्रशंसा एवम् कदर गर्ने निश्चित छ । यसबाट सबै शिल्पीहरूको शिर सगरमाथाको चुचुरोझैँ अग्लिने छ ।
पर्यटन उद्योगबाट सर्वसाधारणलाई समेत प्रत्यक्ष फाइदा दिनुपर्ने नीति भक्तपुरको पर्यटनको मौलिकता हो । त्यसैले त महोत्सव जनोत्सव बन्नेछ । महोत्सवको आयोजक भक्तपुर नगरपालिकालाई जनसमर्थन प्राप्त हुनु र जनसहभागिता जुट्नुको सैद्धान्तिक पक्ष नै यही हो । कुनै पनि कार्यक्रमको सफलताको जरा हो, जनसहभागिता ।
कोशेढुङ्गा
२०५० साउन ६ गते भक्तपुरले पर्यटक सेवा शुल्क उठाउने एउटा ऐतिहासिक कदम चाल्यो । पर्यटन उद्यमी र सम्बन्धित मन्त्रालयसमेत सेवा शुल्कको विपक्षमा उभिएको बेला स्वायत्त शासन ऐनको बलमा आफ्नो निर्णय लागू गर्न तत्कालीन जनप्रतिनिधि र कर्मचारीलाई कम गा¥हो भएन होला । नयाँ काम गर्दा उत्तिकै चुनौतीको सामना गर्न तयार हुनुपथ्र्यो, सामना भयो नै । सामान्य जनताको निम्ति सम्पदा हेरेबापत कसैबाट शुल्क उठाउन सकिन्छ भन्ने कल्पनातीत कुरा थियो । जनताको साझा संस्था नगरपालिकाले विदेशी मुद्रा आम्दानी गर्दा जनता खुशी हुनु उत्तिकै स्वाभाविक छ । कुनै पर्यटक गाइडले बेइमानीपूर्वक चोर बाटो देखाएर शुल्क छल्ने कुप्रयास गरे जनता स्वयम्ले सूचना दिने भएपछि विभिन्न समयमा ठगहरू पक्रिएका छन् । आफ्नो सम्पत्तिप्रति जनताको चिन्ता र चासो हुनु भक्तपुरको सफलताको महत्वपूर्ण कडी हो । कोहीप्रति कसैको सकारात्मक भावना उठ्नुपछाडि उसबाट प्राप्त हुने सामूहिक लाभ अझ मूल्यवान् हुँदो रहेछ । भक्तपुरका जनतामा पर्यटकप्रति सकारात्मक भावना हुनुको पछाडि उनीहरूले प्राप्त गरेको अप्रत्यक्ष तर सामूहिक लाभ हो भन्ने लाग्छ यो पङ्क्तिकारलाई ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले धेरैपटक सार्वजनिक सभाहरूमा पर्यटक भक्तपुर किन आउँछन् भन्नेबारे सर्वसाधारण जनताले बुझ्ने भाषामा बोल्नुभएको यो लेखकले सुनेको छ । पर्यटक पक्कै पनि कङ्क्रिटका घर हेर्न आउने होइनन् । नेपाली शैलीका घर, मन्दिर, पाटी, पौवा, धारा नै तिनका चासोका विषय हुन् । यहाँका कलात्मक झ्यालढोका, बुट्टे इँटा, बान्की परेका सयौँ वर्ष पुराना धरोहरहरू नै सात समुद्रपारिका पर्यटकका आकर्षण हुन् भन्ने सुन्दा ज्येष्ठ नागरिकहरूमा धेरैपटक आश्चर्यजनक भावभंगिमा पढेको छ, पङ्क्तिकारले । पुराना मन्दिर, पाटी, ढुङ्गेधारा, इनार हेर्न त्यत्रो पैसा खर्च गरेर आउने ती पर्यटकलाई कतिपय मानिसले ‘मूर्ख’ को संज्ञा पनि दिएका छन् । कस्तुरी आफ्नो बिनाको खोजीमा भौँतारिएझैँ ऐतिहासिककालदेखि पाएको अमूल्य सांस्कृतिक सम्पदाको प्रयोजन नबुझेर सायद भक्तपुरले आफ्नो कर्मलाई कैयौँ पटक धिक्का¥यो होला ।

काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाले पर्यटकसँग सेवाशुल्क उठाउन सुरु गरे । विरोधको सामना गर्दै र सरोकारवालासँग बहस गर्दै भक्तपुर नगरपालिकाले आफ्नो ऐतिहासिक निर्णय कार्यान्वयन गर्दा बेफाइदा कसैलाई भएन, बरु नगरपालिकाले आफ्नो कला, संस्कृति जोगाउन कोही विदेशीसँग हात थापेर स्वाभिमान गुमाउनु परेन । पुर्खाले सिर्जेको कला र संस्कृतिबाट धन बनाउन दरोसँग पाइला चाल्ने सबैलाई सलाम गर्नैपर्दछ । त्यसपछि भक्तपुर नगरपालिकाको महत्वपूर्ण आम्दानीको स्रोत पर्यटक सेवा शुल्क बन्यो । उठेको सेवा शुल्कबाट विगत २५ वर्षमा पाँचतले मन्दिरदेखि भैरव मन्दिर, ५५ झ्याले दरबारमात्र नभई दर्जनौँ पाटी, विहार, मन्दिर, देवघरको पुनः निर्माण एवम् जीर्णोद्धार भयो । शिक्षा क्षेत्रमा आफ्नो २५ प्रतिशत बजेट विनियोजन गर्ने देशकै एउटै नपा भक्तपुर हो भन्ने रेकर्ड कायम ग¥यो । नगर सफाइमा ठूलो बजेट खर्च गर्ने स्रोत पनि कला–संस्कृति संरक्षणको उपज हो भन्दा फरक पर्दैन ।
जीवन बदल्न
पर्यटनले आर्थिक गतिविधि बढाएको साँचो हो । आन्तरिक होस् या बाह्य पर्यटकले नगर प्रवेश गरेपछि केही न केही रुपियाँ खर्च गरेकै हुनुपर्छ । पच्चीस वर्षअघि तीन चारवटामात्र होटेल एवम् गेस्ट हाउस थिए, अहिले नगरमा कम्तीमा ५ दर्जन छन् । रेस्टुरेन्ट वा पर्यटक खाजाघरको सङ्ख्या एक दुईवटाबाट बढेर कम्तीमा ३ दर्जन पुगेबाट पर्यटन उद्योगले विकासको एक खुड्किलो उक्लेको मान्नुपर्दछ । विगततर्फ फर्र्किएर तुलना गर्दा पर्यटकलाई सामान बेच्ने पसल लायकू, टौमढीबाट विस्तार भएर नगरको पूर्वको च्याह्मासिंह हुँदै पश्चिमको भार्वाचो पुगेको पाइन्छ । एक समय हराउनै लागेको काठमा बुट्टा कुँद्ने पेशाले पुनर्जीवन पाएको छ यही २५ वर्षमा । हस्तकला उद्योग, मुकुन्डो बनाउने परम्परागत पेशा, थान्का, नेपाली कागज र नेपाली तयारी पोशाक उद्योगले निरन्तरता पाउनुमा पर्यटन उद्योगको योगदान रहेकोमा कसैको विमति नहोला । भक्तपुर नगरमा कम्तीमा ७ दर्जन ह्यान्डिक्राफ्ट्स पसल छन्, पर्यटक केन्द्रित दुई दर्जन जुजुधौ पसल, योमरि पसल ३, बारा (ओ) पसल दुई, वुडकार्भिङ वर्कसप ५, थान्का वर्कसप ८ वटा छन् ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले धेरैपटक सार्वजनिक सभाहरूमा पर्यटक भक्तपुर किन आउँछन् भन्नेबारे सर्वसाधारण जनताले बुझ्ने भाषामा बोल्नुभएको यो लेखकले सुनेको छ । पर्यटक पक्कै पनि कङ्क्रिटका घर हेर्न आउने होइनन् । नेपाली शैलीका घर, मन्दिर, पाटी, पौवा, धारा नै तिनका चासोका विषय हुन् । यहाँका कलात्मक झ्यालढोका, बुट्टे इँटा, बान्की परेका सयौँ वर्ष पुराना धरोहरहरू नै सात समुद्रपारिका पर्यटकका आकर्षण हुन् भन्ने सुन्दा ज्येष्ठ नागरिकहरूमा धेरैपटक आश्चर्यजनक भावभंगिमा पढेको छ, पङ्क्तिकारले । पुराना मन्दिर, पाटी, ढुङ्गेधारा, इनार हेर्न त्यत्रो पैसा खर्च गरेर आउने ती पर्यटकलाई कतिपय मानिसले ‘मूर्ख’ को संज्ञा पनि दिएका छन् । कस्तुरी आफ्नो बिनाको खोजीमा भौँतारिएझैँ ऐतिहासिककालदेखि पाएको अमूल्य सांस्कृतिक सम्पदाको प्रयोजन नबुझेर सायद भक्तपुरले आफ्नो कर्मलाई कैयौँ पटक धिक्का¥यो होला । आफूले आफैलाई नचिनेर दुःख पाएको नेवार कथन यस्तै कारणबाट जन्मिएको होला । माल पाएर पनि चाल नपाउँदा भक्तपुरले धेरै गुमाएको थियो । तर, आजको भक्तपुर सचेत र सतर्क छ । तसर्थ पर्यटन उद्योगलाई जनताको जीवनसँग जोड्ने भक्तपुरको थालनीप्रति नतमस्तक हुनैपर्छ  । पुरानो सीप, कला र सौन्दर्यलाई नयाँ स्वाद र आवश्यकतासँग जोडेरै नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउन सकिन्छ । संस्कृति र सम्पदा जोगाउने अमर कलाकारहरूले प्रत्यक्ष लाभ पाएनन् भने हाम्रा अमूल्य निधि सधंँै यसरी नै नजोगिएलान् । अब काम गर्ने ‘कालु मकै खाने भालु’को परिणाम भोग्न कोही भक्तपुरवासी तयार छैनन् । पर्यटन उद्योगले जनताको जीवनलाई बदल्नैपर्छ ।
अझ सुन्दर पार्न
भक्तपुरले पर्यटनकै निम्ति केही सुधार भने तत्कालै गर्नुपर्ने देखिन्छ । सम्पदा नै ढाकिने गरी ठाउँठाउँमा टाङ्गिएका अनेकखाले तारहरूले पर्यटकलाई दिक्क बनाएको बुझिन्छ । कतातिरबाट कसरी तस्विर खिच्ने अलमल हुन्छ । जथाभावी सवारी पार्किङ गरिँदा पर्यटकमात्र होइन स्थानीयसमेत मुख बिगार्छन् । नगरका विभिन्न बाटो निर्माण भइरहँदा सूचना अभावको कारण कताबाट कसरी जाऊँ भन्ने पर्यटकलाई अलमल भएको देखिन्छ । नागरिकले आफ्नो आवास निर्माण कार्य गर्दा थुपार्ने सामग्रीको कारण बाटो अवरुद्ध हुँदा पर्यटकले दुःख पाएको पनि पाइन्छ । निर्माण सामग्रीको कारण उड्ने धुलोबाट थपिने पीडा त छँदै छ । पर्यटन व्यवसायको पर्याप्त ज्ञान नभई लगानी गर्नाका कारणले कतिपय होटल तथा रेस्टुरेन्टको सेवा गुणस्तरीय नहुँदा पर्यटन उद्योगमै नकारात्मक प्रभाव पार्छ भन्छन् व्यवसायीहरू । पर्यटक शौचालय छन्, कतै निः शुल्क त कतै सशुल्क हुँदा विदेशी पर्यटक दोधारमा परेका पनि भेटिन्छन् । एउटा स्वाभाविक प्रश्न छ, हनुमन्ते खोलामा सफा पानी कहिलेबाट बग्छ ? आजभन्दा ३०–४० वर्ष अगाडिजस्तै हनुमन्ते खोलामा माछा मार्ने वातावरण बनाए पर्यटक त्यतिकै ओइरिन्थे । नगर प्रवेश गर्ने नाकाहरू अब दूर्गन्धित नहोऊन् । गाडी गुड्ने सडकमा उड्ने धुलो, गाडीका चर्का ट्याँटूले पर्यटकलाई असहज बनाएको भेटिन्छ । यस्ता सानातिना पक्षमा नगरपालिकाले सुधार गर्न सके ‘सुनमा सुगन्ध’ थपिने विश्वास गर्न सकिन्छ । सन् २०१९ मा नेपाल भ्रमण गर्ने १२ लाखमध्ये करिब २ लाख ६० हजार मात्रले भक्तपुर भ्रमण गरे । सन् २०२० मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भक्तपुर भ्रमण गर्ने २०–२२ प्रतिशतबाट २५–३० प्रतिशत पु¥याउन सकिन्थ्यो कि ¤ भ्रमण वर्षको लक्षित २० लाखमध्ये ५–६ लाख पर्यटक भक्तपुर आए भने भनपाको गत वर्षको आम्दानी २६–२७ करोडबाट बढ्थ्यो । शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ धेरै योगदान गर्न आधार तयार हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *