सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
बारा । नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिका सदस्य सरल मियाँको आइतबार असामयिक निधन भएको छ ।
बारा जिल्ला कलैया निवासी मियाँ युवा अवस्थादेखि नै वामपन्थी विचार लिई प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा सक्रियतापूर्वक लाग्नुभएको थियो । उहाँ २०६४ सालदेखि नेमकिपा बारा जिल्ला समितिको सदस्य रहनुभएको थियो भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाको प्रतिनिधिसभा उम्मेदवारसमेत हुनुहुन्थ्यो । मियाँ ७३ वर्षका हुनुहुन्थ्यो ।
उहाँको अन्तिम संस्कार सोमबार गरियो । उहाँको पार्थिव शरीरमा नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादव र मुख्तार अन्सारीले पार्टीको झन्डा ओढाई श्रद्धासुमन व्यक्त गर्नुभयो । मियाँका ४ छोरा र ३ छोरी छन् ।
Leave a Reply