भर्खरै :

पुँजीवाद र समाजवादको व्यवहारमा सामान्य भेद

 क्रिश्चिना
पुँजीवादी व्यवस्थामा मुठ्ठीभर अरबपति र खरबपतिको शासन हुन्छ । यसकारण त्यस व्यवस्थालाई अल्पतन्त्रको शासन भनिन्छ । पुँजीवादी व्यवस्था कामदार वर्गको शोषणमा आधारित हुन्छ । शोषक वर्गले ठूलो जनसमुदायको शोषण गर्दागर्दै देश वा समाजको ७०–८० प्रतिशत सम्पत्ति झन्डै १०–१५ प्रतिशत शोषक वर्गको हातमा पुग्छ । व्यापक जनताको क्रयशक्ति घट्दै जान्छ । जनताले बजारको सामान किन्न सक्दैनन् र भएको सामान बिक्दैनन् । कल–कारखाना र उत्पादन क्षेत्रमा माग नहुँदा उत्पादन गर्दैनन् । अनि कारखाना बन्द हुन्छ । कामदार वर्गको हातमा ज्याला नभएपछि सामान किन्ने सम्भावना समाप्त हुन्छ । बोरा बुन्ने जुट, कपास वा अन्य औद्योगिक कृषि उत्पादन पनि बन्द भएपछि खेती मजदुरले पनि काम पाउँदैनन् । बहुमत जनता बेरोजगार हुन्छ र बजारमा भएका सामान किन्ने मानिसहरू हुँदैनन् । यसरी समाजमा आर्थिक सङ्कट सिर्जना हुन्छन् । सन् २००८ मा पनि पुँजीवादी देशमा आर्थिक सङ्कट देखापरेको थियो । पुँजीवादी व्यवस्थामा झन्डै हरेक १० वर्षमा एक न एक पटक आर्थिक सङ्कट हुन्छ ।

आर्थिक सङ्कट, मजदुर आन्दोलन, स्थानिय लडाइँ र एकाधिकार पुँजीको कारण साम्राज्यवादी देशहरू संसारका बजारलाई पुनःभागबन्डा गर्न पुँजीवादी शक्तिमार्फत उपनिवेशहरू हत्याउन क्षेत्रीय लडाइँ सँगसँगै विश्व युद्धको स्थितिमा पु¥याउँछन् । पहिलो र दोस्रो विश्वयुद्धमा पुँजीवादी शक्ति गुटको उपनिवेश कब्जा गर्न प्रतिस्पर्धा चलेको थियो । पश्चिमी देशको कूटनैतिक जालसाझीले फासीवादी जर्मनी, इटाली र जापानी सैन्यवादले सोभियत सङ्घमाथि हमला गर्ने प्रपञ्च गरे । आखिर सोभियत सङ्घकै अगुवाइमा फासीवादले पराजय भोग्यो  ।

मुठ्ठीभर पुँजीपति वर्गको सम्पतिको केन्द्रीकरणको कारण आर्थिक सङ्कटलाई टार्न २००८ मा पुँजीवादी सरकारले जनताबाट उठाइएको खरबौँ खरबको रकम बैङ्क र अन्य पुँजीवादी संस्थालाई सहयोग गरेर आर्थिक सङ्कटलाई खुकुलो पा¥यो र पुँजीपति वर्गले पनि नयाँ–नयाँ उपाय प्रयोग ग¥यो । त्यसको विरोधमा दसौँ लाख कामदार वर्ग, युवा, विद्यार्थी र बेरोजगार मानिसले संरा अमेरिकाको पुँजीपति वर्गले ‘थिङ्क ट्याङ्क’ वाल स्ट्रिटको विरोधमा ठूलो धर्नासहित विरोध प्रदर्शन गरे । एक रातमा हजारौँ हजार सुरक्षाकर्मी, प्रहरीले पानीको फोहरा लगाउने, लाठीचार्ज गर्ने र अश्रुग्यास प्रयोग गर्ने आदि हिंस्रक सरकारी टोलीहरूले तीनतिरबाट प्रदर्शनकारीमाथि हमला गरी रातभर सबै विरोधलाई मसानजस्तै मौनतमा परिणत गरे । हत्या, हिंसा, घाइते र पीडित जनतालाई रातारात बेपत्ता गरी अमेरिकी सरकारले मानव अधिकारको हनन ग¥यो ।
आर्थिक सङ्कट, मजदुर आन्दोलन, स्थानिय लडाइँ र एकाधिकार पुँजीको कारण साम्राज्यवादी देशहरू संसारका बजारलाई पुनःभागबन्डा गर्न पुँजीवादी शक्तिमार्फत उपनिवेशहरू हत्याउन क्षेत्रीय लडाइँ सँगसँगै विश्व युद्धको स्थितिमा पु¥याउँछन् । पहिलो र दोस्रो विश्वयुद्धमा पुँजीवादी शक्ति गुटको उपनिवेश कब्जा गर्न प्रतिस्पर्धा चलेको थियो । पश्चिमी देशको कूटनैतिक जालसाझीले फासीवादी जर्मनी, इटाली र जापानी सैन्यवादले सोभियत सङ्घमाथि हमला गर्ने प्रपञ्च गरे । आखिर सोभियत सङ्घकै अगुवाइमा फासीवादले पराजय भोग्यो  ।
अब सारमा पुँजीवाद र समाजवादको सरल भिन्नतालाई निम्न ढङ्गले प्रस्ट पारिन्छ–
१) पुँजीवादमा व्यक्तिवादलाई प्रश्रय दिन्छ भने समाजवादमा समाजको सामूहिक हितलाई प्राथमिकता दिन्छ ।
२) पुँजीवादमा पुँजीपति वर्ग वा धनीहरूको महत्व हुन्छ भने समाजवादमा बहुमत कामदार वर्गको शासन हुन्छ ।
३) पुँजीवादमा पुँजीपति वर्ग आफ्नो नाफा कुम्ल्याउँछ भने समाजवादमा व्यापक समाजको उन्नतिको निम्ति निःस्वार्थरूपले लाखौँ करोडौँ श्रमवीरहरूले विनाज्यालाको श्रम गर्छन् ।
४) पुँजीवादी व्यवस्थामा बैङ्कका मालिक र मेनेजरहरूले वा अन्य पुँजीवादी संस्थाहरूका माथिल्ला व्यक्तिको ज्याला बढाउँछ भने समाजवादमा कामअनुसारको ज्यालाको बन्दोबस्त गरिन्छ ।
५) समाजवादमा कामदार वर्गको हितलाई प्राथमिकता दिन्छ भने पुँजीवादी व्यवस्थामा हाकिम र पुँजीपति वर्गको हितलाई प्राथमिकता दिइन्छ ।
६) पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गले मात्र प्रजातन्त्रको उपयोग गर्न पाउँछ भने समाजवादमा अत्यन्त बहुमत कामदार वर्गको प्रजातन्त्रको हकदार हुन्छ ।
७) पुँजीवादी व्यवस्थामा पुँजीपति वर्ग नभई संसार नचल्ने दावा गर्छ भने समाजवादी व्यवस्थामा पुँजीवादी वर्गको चिहानमा समाज समृद्ध हुन्छ ।
८) पुँजीवादमा कामदार वर्गलाई हेला हुन्छ भने समाजवादी व्यवस्थामा शोषकहरूलाई हेला हुन्छ कामदार वर्गको इज्जत हुन्छ ।
९) पुँजीपति वर्ग आत्मकेन्द्रित हुन्छ भने समाजवादमा व्यापक जनतालाई श्रेय दिन्छ ।
१०) पुँजीवादमा शोषक वर्गलाई केन्द्रमा राखिन्छ भने समाजवादमा कामदार वर्गलाई केन्द्रमा राखिन्छ ।
११) पुँजीवादमा उत्पादनका साधन व्यक्तिको वा निजी हुन्छ भने समाजवादमा उत्पादनका सेवा र साधन समाजको हुन्छ ।
१२) कम काम गर्नेले पुँजीवादमा धेरै पैसा पाउँछ भने बढी काम गर्ने कामदार वर्गले थोरै ज्याला पाउँछ, पुँजीवादको उल्टो समाजवादमा कामदार वर्गले बढी ज्याला पाउँछ भने कामचोरहरूले कम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *