भर्खरै :

कोभिड – १९ विरूद्ध ट्रम्पको हचुवा टिप्पणी

 
अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २५ का दिन ट्वीट गरे, “कोरोना भाइरस नियन्त्रणको लागि चीनले कडा परिश्रम गर्दै छ । संरा अमेरिका चीनको प्रयास र पारदर्शिताको प्रशंसा गर्दछ । चीनले सबै काम राम्रोसँग गर्नेछ । अमेरिकी जनताको तर्फबाट म चीनका राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।”
विश्व स्वास्थ्य संगठनका अनुसार फेब्रुअरी २३ मा संरा अमेरिकामा एक जना कोरोना भाइरस सङ्क्रमित बिरामी भेटियो । मार्च १६ सम्म अमेरिकामा सङ्क्रमित १,६७८ र मृत्युको सङ्ख्या ४१ पुग्यो । १७ मार्चका दिन ट्रम्पले ट्वीट गरे, “संरा अमेरिकाले ‘चिनियाँ भाइरस’द्वारा घाटा भएका विमान सेवालगायत उद्योगहरूलाई बलियोरूपमा सहयोग गर्नेछ ।”
विश्व स्वास्थ्य संगठनले फेब्रुअरी ११ मा कोरोना भाइरसलाई कोभिड–१९ नामकरण गरेको थियो । तर, ट्रम्पले मार्च १७ अर्थात् एक महिना ६ दिनपछि ‘चिनियाँ भाइरस’ भनी चीनविरूद्ध साम्प्रदायिक आक्रोश पोखे ।
फेब्रअरी ७ मा चिनियाँ राष्ट्रपति सीले समकक्षी ट्रम्पलाई फोनमार्फत कोरोना भाइरसविरूद्धको लडाइँमा सकारात्मक नतिजा निस्केको उल्लेख गर्दै संरा अमेरिकाले कोरोनाविरूद्ध चीनसँग सहकार्य गर्ने अपेक्षा गरे । त्यसबेला समकक्षी ट्रम्पले कोरोनाविरूद्ध लड्न अमेरिकाले विज्ञसहित अन्य सहयोग गर्ने बताएका थिए ।
ट्रम्पले १७ मार्चका दिन पनि अमेरिकाको केही राज्य ‘चिनियाँ भाइरस’ बाट पीडित भएको दोहो¥याए । चीनको विदेश मन्त्रालयका प्रवक्ता के· शुआङले विश्व स्वास्थ्य स·ठनबाट कोभिड–१९ नामकरण गर्दा गर्दै ‘चिनियाँ भाइरस’ भनी गरिएको ट्रम्पको साम्प्रदायिक दाबीको खण्डन गरेका थिए । चिनियाँ प्रवक्ताले समयमै अमेरिकाले आफ्नो गल्ती सुधार्नुपर्ने र कोभिड–१९ विरूद्धको लडाइँमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।
ट्रम्पको यो आक्रोशलाई बुझेका उनका अनुयायीहरूले नै ट्रम्पलाई ‘अमेरिकन भाइरस’ को कल्गी लगाए । कोभिड–१९ को संवेदनशीलता बुझेकाहरूले ट्रम्पको चीनविरूद्ध साम्प्रदायिक आरोपको कारण युद्ध भड्किने खतरा बढेको बताए । एथेन्सको ‘प्लेग’ पच्चीस सय वर्षअघिको नामकरण थियो भने ‘स्पेनिस फ्लू’ एक सय वर्षअघिको थियो । संरा अमेरिका स्थापनाको बेला गोराहरूले कालाहरूलाई दास बनाउँथे । यो अठारौँ शताब्दीको कुरा थियो । अहिले कसैलाई दास राख्नु अपराध हो । सीमा बन्द गरेर मानिसको आवतजावत रोक्न सकिन्छ तर भाइरसको प्रवाह रोकिँदैन ।
ट्रम्पका समर्थकहरूले ‘प्लेग’ र ‘स्पेनिश फ्लु’ जस्तै ‘चिनियाँ भाइरस’ भन्न मिल्ने अठारौँ शताव्दीको तर्क राखेको अचम्म हो । फेरी कोभिड–१९ को स्रोत अमेरिका नै भएको खुल्दै छ ।
यतिबेला चीनले कोभिड–१९ लाई नियन्त्रण गर्दै छ । उहानमा पठाइएका ४० हजार चिकित्सक र नर्सलाई फिर्ता गर्दै चीनले इटाली, इरान, इन्डोनेसिया र दक्षिण कोरियाको निम्ति चिकित्सक र उपकरण सहयोग गर्दै छ । स्पेन, फिलिपिन्स र सर्वियाले चीनसँग उपकरण र अनुभव माग्दै छन् । चीनले नेपाललाई पनि आवश्यक उपकरण र चिकित्सक पठाउँदै छ । चिनियाँ राष्ट्रपति सीसँग पोल्यान्ड र कजाखका नेताहरूले फोनवार्तामा सहकार्यको निम्ति अनुरोध गरेका छन् ।
विश्व स्वास्थ्य स·ठनअनुसार मार्च २४ सम्म कोभिड–१९ बाट संरा अमेरिकामा सङ्क्रमित सङ्ख्या ४२,१६४ पुग्यो भने मृत्यु सङ्ख्या ४७१ पुग्यो । यो भाइरसले न्युयोर्कमा बढी बिरामी बनाएको छ । त्यहाँका गभर्नरले २६ हजार भेन्टिेलटर मगाएकोमा ट्रम्पले चारसयमात्र पठाएको भनी विरोध गर्दै छन् । विश्व स्वास्थ्य स·ठनले न्युयोर्क नै कोभिड–१९ को सङ्क्रमण केन्द्र हुने चेतावनी दिएको छ । प्रत्येक ३ दिनमा सङ्क्रमित दुई गुणा बढिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने–“पहिलो विरामी भेटिएको ६७ दिनपछि एकलाख पुग्यो, त्यसको ११ दिनपछि २ लाख र ४ दिनमा ३ लाख पुग्यो भने अर्को दुई दिनमै यो सङ्ख्या ४ लाख पुग्यो । प्रत्येक सङ्क्रमितको सम्पर्कमा भएका व्यक्तिलाई अलग्याउनु यो भाइरसविरुद्धको लडाइँको महत्वपूर्ण हुने सङ्घको जोड हो ।’ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्र संघको ७५ वर्षको इतिहासमै विनाशकारी स्वास्थ्य सङ्कट भएको बताए ।
यो सड्ढटको घडीमा ट्रम्पले अमेरिका बन्द नहुने र छिट्टै काम सुरू गर्ने बताए । तर, स्रोतअनुसार बुधबारसम्म अमेरिकामा ५३ हजार सङ्क्रमितको सङ्ख्या पुग्यो । ट्रम्प आफै उद्योगी–व्यापारी भएकोले उनले उद्योगी–व्यापारीलाई बलियो सहयोग गर्ने र अमेरिकी उद्योग–व्यापारको क्षेत्र लागि छिट्टै खोल्ने बताए । ट्रम्पको यो हचुवा भनाइको सर्वत्र विरोध भइरहेको छ । ट्रम्पले अमेरिकी धनीलाई १२ सय डलर तर गरिवलाई ६ सय डलर सहयोग गर्ने पक्षपाती नीति बनाउँदै छन् ।
अमेरिकाको एलर्जी र सरुवा रोग राष्ट्रिय केन्द्रका निर्देशक एन्थोनी फाउसीले ट्रम्पको ‘चिनियाँ भाइरस’ जस्ता साम्प्रदायिक आरोपलाई अस्वीकार गरे । ट्रम्पले कोभिड–१९ का विरामीलाई मलेरियाको औषधि खुवाउने प्रस्तावलाई पनि एन्थोनीले अस्वीकार गरे । यसकारण ट्रम्पले मङ्गलबारको प्रेस भेटघाटमा ‘चिनियाँ भाइरस’ भन्ने साहस गर्न सकेनन् ‘भाइरस’ मात्र भने । ट्रम्पको बुद्धिको विर्को खुलेको भए चीनसँग सहकार्य गरी कोभिड–१९ विरुद्ध सहकार्य गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *