भर्खरै :

कोभिड–१९ को बन्दाबन्दी र राहत

भैरव रिसाल
कोरोना भाइरस–कोभिड–१९ ले आज विश्वलाई आतड्ढित गराएको छ, थर्कमान गराएको छ । आजसम्म विश्व मानव समाज यसरी थर्कमान भएको थिएन, कामेको थिएन, हल्लिएको थिएन । विश्व मानव समाज आजको अवस्थामा उभिन अनेकौँ खालका सभ्यता स्थापना भए, परिष्करण भए, परिवद्र्धन भए र रूपान्तरण कार्य पनि । विज्ञान र प्रविधिका अनेर्कौँ प्रयोग भए, पाइला पाइला गर्दै मान्छे रोबोट युगसम्म उक्लेको छ । पाँच हजार वर्षअघिको विश्व यति सानो थिएन । विभिन्न महामारी आउँथे । तिनीहरूसँग जुध्ने उपाय र उपचार थिएनन् । मान्छेको जात सारै जोधाहा जात । एकपल्ट प्रयोग ग¥यो, सफल भएन, फेरि प्रयोग ग¥यो विफल भयो तर हारेन, हार स्वीकार गरेन । फेरि प्रयास ग¥यो, फेरि प्रयास ग¥यो, फेरि प्रयत्न ग¥यो, सफलताको अङ्कुरण भयो । फेरि परिश्रम ग¥यो, हार मानेन, नयाँ नयाँ विषय पत्ता लगायो । पानीबाट शक्ति निकाल्यो जसको नाम नेपालीमा बिजुली भनियो । यो पानीबाट बिजुली निकालेपछि संसारका थोरै ठाउँ अर्कै भए । नेपालले विसं १९६८ सालमा जलविद्युत् निकाल्यो फर्पिङबाट । संसारमा पहिलोपल्ट ३३ वर्ष अघिमात्र पानीबाट बिजुली निस्केको थियो । कति चाँडै ? सन् १८७९ मा पहिलोपल्ट जलविद्युत् उत्सर्जन भएको हो । मान्छेले पानीबाट विद्युत् ऊर्जा निकालेपछि पनि चित्त बुझाएन, मान्छेको जात अघाएन । सूर्यको तातोबाट, हावाको चिसोबाट समेत विद्युत् उत्पादन गर्न सफल भयो– सौर्य ऊर्जा, वायु ऊर्जा । जल, ऊर्जा त छँदै थियो । यही मान्छेका जात आज कोरोना पीडित भएको छ ।
महामारीले सन्तुलन कायम राख्ने
डेढसय दुईसय वर्ष अघिसम्म पनि यो पृथ्वीमा मान्छे सारसौँदो भएर बाँच्न कठिन थियो । बेला–बेला महामारी आउने । गाउँका–गाउँ, टोलका टोल स्वाहा हुन्थे । औलो–मलेरियाले धेरै मान्छे मर्थे । झापा, मोरङतिर औलोको प्रकोप थियो । एक रूपैयाँको चामल बाचुञ्जेलसम्म पनि खाइसकिँदैन भन्ने चलन थियो । चामल सस्तो पहाडतिरका मान्छे औलो पचाउन नसक्ने । तराई झ¥यो चामल किनेर राख्यो । औलोले समात्यो, म¥यो । चामल खाइसकेकै छैन । तर, तराईमा नै जन्मिएका, हुर्किएका राजवंशी, धिमाल, चौधरी, थारू, दुसाध, रायजस्ता धेरै जातिलाई औलोले नछुने, औलो पचाइसकेका । अर्को महामारी थियो हैजा । हैजाले पनि टोलका टोल लैजान्थ्यो । अर्को काल थियो बिफर, दादुराजस्ता रोगहरू । यिनले पनि महामारीकै रूप लिन्थे । अमेरिका पत्ता लागेका थिएन । रोग धेरै, मान्छे थोरै । तब पृथ्वी, वनस्पति, मान्छे, वातावरण सन्तुलित थियो । हवाईजहाज निस्केको थिएन । निस्के पनि व्यवहारिक थिएन । हाम्रो विश्वेश्वरप्रसाद कोइराला क्यान्सर रोगको उपचार गर्न जाँदा पनि जहाज–जहाजबाट कैयौँ दिन लगाई बेलायत पुगेका । कति वर्ष भयो र ? यो थियो दुनियाँ !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाग्रह राखेर ‘चाइनिज भाइरस’ भन्नेजस्ता हठ गरे निकै पछिसम्म । तर चीनको सहयोगविना यो रोग जित्न सकिन्न भन्ने लागेपछि बल्ल कोभिड–१९ भन्न बाध्य भएका छन् । जसले जे भने पनि सत्य भनेको सत्य नै हुन्छ । अझै सबै एकजुट भएर कोभिड–१९ सँग जुध्नुको विकल्प छैन ।

डोनाल्ड ट्रम्प आखिर गले
कति वर्ष भयो र जंगबहादुर कुँवर बेलायत यात्रामा गएको । विसं १९०७ सालमा त हो ! १६९ वर्षअघि । तर पानीजहाजबाट !  जातपातको चलन यति कडा, धेरै कडा । भान्छे, बाहुन र नोकर–चाकरसहित ४१ जनाको टोली । दूधका लागि दुहुनु गाई पनि पानीजहाजबाटै लगिएको ! खानेपानी ठूलठूला तामामा ४० वटा गाग्रीभरि ! तर विज्ञान र प्रविधिको अभूतपूर्व विकास भयो । औलो उन्मूलन भयो । बिजुली निकालियो । मान्छे मार्ने धेरै रोग उन्मूलन भए । अनेकौँ ओखती पत्ता लाग्यो । मान्छेको आयु लम्बियो । शिशु मृत्यु दर घट्न लाग्यो । मातृ मृत्यु दर पनि निकै तल झ¥यो । वृद्धवृद्धा बढी उमेरसम्म बाँच्न लाग्यो । यसरी यो पृथ्वी ग्रहमा अहिले सवा सात अर्ब जति मान्छे पुगे होलान् । अब अलिकति मान्छे घटाउन यो कोरोना आएको होला । यी हरफ लेख्दा २०७६ चैत १६ गतेसम्म ३१,७२५ जना मान्छेको मृत्यु भइसकेको छ । एउटै इटालीमा मात्र १० हजार २३ मान्छे लगिसक्यो कोरोनाले । स्पेनमा ६ हजार ५२८, अनि इरानमा २६४० । यो कोभिड–१९ को नाम पनि अनेक रहेको छ । सुरूमा नोवेल कोरोना भाइरस, पछि विश्व स्वास्थ्य संगठनले यस महामारीको नाम ‘कोभिड–१९’ राख्यो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वाग्रह राखेर ‘चाइनिज भाइरस’ भन्नेजस्ता हठ गरे निकै पछिसम्म । तर चीनको सहयोगविना यो रोग जित्न सकिन्न भन्ने लागेपछि बल्ल कोभिड–१९ भन्न बाध्य भएका छन् । जसले जे भने पनि सत्य भनेको सत्य नै हुन्छ । अझै सबै एकजुट भएर कोभिड–१९ सँग जुध्नुको विकल्प छैन ।
सानो ठूलो सापेक्षमा निर्भर ?
अब अहिले पूर्वीय जीवनशैली, पूर्वीय सभ्यता, पूर्वीय संस्कृतिबारे विश्वव्यापी छलफल प्रारम्भ भएको छ । एक–आपसमा अभिवादन वा सम्मान हात मिलाएर गर्ने प्रचलनभन्दा दुई–तीन मिटरको दूरीबाट नमस्कार गर्ने संस्कार नै उच्च र सुरक्षित रहेछ भन्न लागिएको छ । बाहिरबाट घर फर्कनासाथ हात–गोडा धुने, सफा हुने र अनिमात्र घरको काममा लाग्ने सभ्यता एवं संस्कार माथिल्लो दर्जाको रहेछ भन्न थालिएको छ । तर यसमा यसरी हतास गर्नु उपयुक्त लाग्दैन । वास्तवमा यो हो के ? नमस्कारको अभिवादन कि ह्यान्डसेक–हात मिलाएर गर्ने अभिवादन कुन सर्वोत्तम, उत्तम, सामान्य, निकृष्ट । यहाँ यो निकृष्ट शब्द सुहाएन कि ? हात–गोडा धुने विषय सर्वमान्य नै होला । हामी दीर्घ शौच–दिसा गरेपछि–सफा हुन पानी प्रयोग गर्ने । तर ट्वाइलेट पेपर प्रयोग गर्ने अर्काथरीसँग छलफल चलाउने कि ? यो कोभिड–१९ ले यस्ता नयाँ बहस सुरू गराएको छ । यी विषयमा कतैतिरबाट पूर्वाग्रह, आग्रह, दुराग्रह नराखी खुला बहस निकै चरणमा गरी निष्कर्षमा पुगियो भने परिणाममुखी होला कि ? यो देख्दा सानो विषय हो । तर सानोको मूल्य र मान्यता भने सधैँ सानो हुँदैन मानिसलाई । निवृत्त हुनुप¥यो–दिसा गर्नुप¥यो, पिसाब गर्नुप¥यो । सहर–बजार वा खुला दिसामुक्त क्षेत्रमा । कहाँ पस्ने, कहाँ बस्ने ? शौचालय पाइयो र निवृत्त हुन पाइयो भने त्यो क्षणको त्यो आनन्द र सन्तोष अरू कुनै ठूला कुरा र कामले दिनसक्दैन । यसो एकपल्ट घोट्लिऔँ त । तर, सानो–ठूलो कुरो भनेको सापेक्षमा निर्भर गर्छ भन्ने लाग्छ ।
पहिले टाढा अहिले नजिक !
कोरोना चीनमा देखिएको हो पहिला । चीनमा पहिलोपल्ट देखियो भनेर रोगको नाम नै चिनियाँ भाइरस राख्नु कहाँको न्याय हो ? के न्याय हो ? यसो भन्नुको उद्देश्यमात्र चीनलाई होच्याउनु हो भन्दा बढी नहोला । यसको प्रतिक्रिया संरा अमेरिका र युरोपमा एसियाली मूलका अझ विशेषतः चिनियाँ मूलका मानिसहरूमाथि जातीय घृणामा आधारित हमलासमेत हुन थालेको थियो । त्यो चिनियाँ भाइरस शब्दावली किन बारम्बार दोहो¥याइरहेको भन्ने प्रश्न गर्दा चीनबाट सङ्क्रमण सुरू भएको भाइरस भएकोले यसलाई चाइनिज भाइरस भनेको हो भन्नेजस्ता हचुवा जवाफ दिने गर्थे ट्रम्प । यस्तो जवाफ वस्तुतः अराजनीतिकमात्र होइन शिष्टता बाहिरको पनि हो । एउटा तर्क– चीनबाट फैलिएको कोभिड–१९ लाई चाइनिज भाइरस भन्न मिल्ने हो भने अमेरिकाबाट निस्केको एचआइभी÷एड्सलाई अमेरिकी भाइरस भन्नुपर्ने होइन र ? यस्ता तर्क आउन थालेपछि राष्ट्रपति ट्रम्प आफ्नो हठबाट पञ्छन थाले । अब त ट्रम्प आफ्नो ट्वीटमार्फत कोभिड–१९ प्रतिरोधी लडाइँमा चीनसँगको सहकार्यविना विजय हासिल गर्न असम्भव भएको स्पष्ट सड्ढेत गर्न लागेका छन् । उनले ट्वीटमा चीनका राष्ट्रपति सीसँग भर्खरै निकै राम्रो कुराकानी भयो । यसबारे चीनले राम्रो काम गरेको छ । हामीसँगै काम गरिरहेका छौँ पनि भने ।
चीन सहयोग गर्न तयार
केही दिन अघिसम्म चीनको कटु आलोचक ट्रम्पको बोलीमा धेरै परिवर्तन आएको छ । कोभिड–१९ भाइरसविरूद्ध चीनले प्राप्त गरेको सफलता र त्यसको अनुभवको प्रशंसा साँच्चै चीनको अर्को सफलता हो । ट्रम्प र सीसँगको टेलिफोन कुराकानीमा कोभिड–१९ को आक्रमण भएयता त्यस सम्बन्धमा चीनले समयमै सम्पूर्ण सूचना सम्प्रेषण गरेको जानकारी बाँडेको पनि खुला ग¥यो । उक्त भाइरसबारे र त्यसको सङ्क्रमणबारे, रोकथाम, नियन्त्रण र उपचारबारे आफूसँग भएका सबै जानकारी निःसर्त सबैलाई बाँडिरहेको कुरा पनि चीनले उल्लेख गर्न बाँकी राखेन । यस रोगविरूद्ध लडिरहेका मुलुकहरूलाई आवश्यक परे चीनले आफूसक्दो सहयोग गर्दै आएको पनि जानकारी दियो । यस्ता महामारीको कुनै राष्ट्रिय सिमाना वा जात–जाति हुँदैन । यो कोभिड–१९ सम्पूर्ण मानव जातिको साझा शत्रु हो । यसर्थ यसलाई पराजित गर्न सबैको साझा प्रयासबाट मात्र सकिन्छ । अन्तर्राष्ट्रिय समुदाय नै लागेरमात्र परास्त गर्न सम्भव छ रे । विश्व स्वास्थ्य सºठनलाई अझ बढी प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउन चीन संरा अमेरिकाका साथसाथै अन्य देशमा पनि काम गर्न तयार रहेको वचन दिएर सीले अझ संरा अमेरिकी प्रतिरोधी सङ्घर्षमा आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।

यो एकान्तबासले के–के नयाँ उपाधि निस्कने हो भन्न सकिँदैन । कोठा, कौसी के–कस्ता ठाउँ उपलब्ध छन् तिनको अधिकतम उपयोग र प्रयोग गर्नु बुद्धिमत्ता होला कि ! आफ्नै बुद्धि घोट्नु उत्तम । यो महामारीको एउटा उल्लेख्य पक्ष भनेको पद, दर्जा, धनी, गरिबको आधारमा पक्षपात गर्दोरहेनछ । तर महामारी भनेको महामारी नै हो । एकान्त बसौँ, बसाऔँ र जोगिऔँ ।

सुकिला, मैला, मोटा, दुब्ला केही नभन्ने
यो कोरोना भाइरसले धनी, गरिब, पदमा बसेका, नबसेका केही भन्दोरहेनछ । यसले ब्रिटेनका युवराज चाल्र्स र उनकी श्रीमतीसमेत शंकामा थिए । तर युवराज सङ््क्रमित रहेछन्, ७२ वर्षीया उनकी पत्नी भने सङ्क्रमित रहिनछन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि सङ्क्रमित भएछन् । जर्मन चान्सलर एञ्जेला मार्केल पनि सङ्क्रमणमा परिछन् । उनी सेल्फ आइसोलेसनमा बसेकी छन् र उपचार भइरहेको छ । कोरोना भाइरसको प्रहारबाट स्पेनका उपप्रधानमन्त्री कर्मेन काल्भो पनि बचेनछन् । यस्तै इरानको महिला तथा पारिवारिक मामिलासम्बन्धी उपराष्ट्रपति पनि सङ्क्रमणमा परेको पुष्टि गरिएको छ । यो भाइरसको आक्रमणबाट आक्रान्त नहुन सबभन्दा सुरक्षित उपचार एकाड्ढी जीवन र एकान्तबास रे ! यस्तो एकान्तबास पुरानो भारतीय समाजमा तपस्या हो । समुदायलाई एकाड्ढी जीवनशैली यो आजको ग्लोबल भिलेजको युगमा कति सम्भव छ ? भन्ने एउटा पक्ष छ । अर्को पक्ष भन्छ, यो एकान्तबास निर्विकल्प हो अर्थात् यसको विकल्प छैन । एकान्तको परिभाषा भने अलि उदार छ । एकजना मान्छेसँग दुईमिटर याने ६ फिटको अन्तर भनिएको विश्व स्वास्थ्य संगठनको मानक छ । यो एकान्तबासले के–के नयाँ उपाधि निस्कने हो भन्न सकिँदैन । कोठा, कौसी के–कस्ता ठाउँ उपलब्ध छन् तिनको अधिकतम उपयोग र प्रयोग गर्नु बुद्धिमत्ता होला कि ! आफ्नै बुद्धि घोट्नु उत्तम । यो महामारीको एउटा उल्लेख्य पक्ष भनेको पद, दर्जा, धनी, गरिबको आधारमा पक्षपात गर्दोरहेनछ । तर महामारी भनेको महामारी नै हो । एकान्त बसौँ, बसाऔँ र जोगिऔँ ।
राहतका पोका
नेपाल सरकारले अस्ति आइतबार यो कोभिड–१९ को प्रहारबाट जोगिने सन्दर्भमा अनेक किसिमका राहतको घोषणा गरेर ढिलै भए पनि राम्रै ग¥यो । अकस्मात् बन्दाबन्दी घोषणा ग¥यो सरकारले । हो, त्यसको विकल्प पनि थिएन । त्यो आकस्मिक बन्दाबन्दीको घोषणासँगै यो अस्ति आएको राहतको पोको पनि सार्वजनिक गर्नसकेको भए सरकारको परिपक्वता र कौशल देखिन्थ्यो । तर, त्यो अवसर गइसक्यो । ढीलै भए पनि सरकार जनताप्रति जिम्मेवार छ भन्ने सन्देश दिएको छ यसले । यो पनि नराम्रो होइन । तर अब अर्को गम्भीर चरण आयो । उक्त राहत प्याकेजको निर्विघ्न कार्यान्वयन । हामीकहाँ मूल जङ्घार नै कुनै पनि अठोटको कार्यान्वयन हो । अस्तिको सरकारको निर्णयको व्यावहारिक प्रयोग कम जटिल हुँदैनन्, यो प्याकेजमा पनि पहिले–पहिलेजस्तै टाठाबाठाको हालीमुहाली भयो भने अनर्थ हुनजान्छ । हाम्रो समाज लोभ–लालचग्रस्त छ । स्थानीय सरकारहरू धेरै छन् । फेरि राजनीतिक पार्टीको नेतृत्वमा स्थानीय सरकारहरू हुने भएकाले राहत वितरणका चरणमा शुभ–लाभको भाइरस पस्यो भने फेरि अर्को अनर्थ हुनजान्छ । यो भयावह भविष्यको कारण र कारक बन्नसक्छ । यस दिशातर्फ सुरूदेखि नै गम्भीर ध्यान जानु नितान्त जरूरी छ । पाउनुपर्नेले नपाउला नपाउनुपर्नेले पाउला । तसर्थ यस दिशातिर प्रारम्भदेखि नै सारै चनाखो भई पक्षपातरहित हुने संकल्प गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *