भर्खरै :

लक डाउन, केटाकेटी र सामाजिक सञ्जाल

सिर्जला प्रजापति
कोभिड–१९ को सङ्क्रमणसँगै नेपाल सरकारले चैत ११ गते लक डाउन घोषणा ग¥यो । चैत १६ गते थप लक डाउनको घोषणा ग¥यो । लक डाउनको हप्तौंँ अघिबाट नै विश्वव्यापीरूपमा भयावहरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको समाचार र नेपाल सरकारको लापरबाहीको कारण थुप्रै मन आत्तिएको थियो । त्यसमा म पनि अछुतो रहिनँ । हुन त आत्तिएर समस्याको समाधान भएको कथा मलाई थाहा छैन । जे होस्, हामी नेपालीलाई सबै ठीक छ भन्ने बानी लागेको थियो । भीडभाडमा सार्वजनिक यातायातमै आउने–जाने गर्दै नमस्ते, हात मिलाउने, अङ्कमाल गर्ने सिलसिला जारी नै रह्यो । धन्न अहिलेसम्म आफूमा कोभिड–१९ को सङ्क्रमणको लक्षण देखापरेको छैन ।
लक डाउनमा ‘वर्क फ्रम होम’ (घरबाटै काम) को सिलसिला कायम भए तापनि कामको चाप भने घटेको छ । केही मात्रामा फुर्सद मिलेको छ । विगतका संस्मरणहरू खोतल्ने मौका मिलेको छ । वर्तमानलाई नियालेर केलाउने प्रयास गर्ने मौका पाएकी छु । उपन्यास पढ्ने, चलचित्र हेर्ने, सामाजिक सञ्जालमा व्यस्त हुने मौका पनि जुरेको छ । अरु केही समय व्यस्त हुने मानिसहरूलाई भने लक डाउनको समयमा घुम्ने समय र सामाजिक सञ्जालमा पत्रकारिता गर्ने अवसर जुरेको छ । जुन कार्य नगर्नका लागि लक डाउन गरियो, सोही कार्य गर्न फुर्सद दिएको छ लक डाउनले । नेपालीले बुझ्ने कहिले ?

कक्षामा गुरुले ‘जुरिस्प्रुडेन्स’ पढाउँदै गर्दा अल्छी लागेर झोलाबाट उपन्यास निकालेर पढेको हुनाले गुरुले मलाई सम्झाउँदै झारपात नहुन भन्नुभएको थियो । “धान अति आवश्यक अन्न हो । घाँसको तुलनामा धानको मोल कति हो कति, धेरै हुन्छ । तर, यसको मोल जति नै भए पनि घाँसको खेती गरिएको ठाउँमा धानको बाला उम्रियो भने त्यसलाई झारपात नै भनिन्छ र उखेलेर फालिन्छ । तिमीलाई नपढ भनेको होइन । समय र स्थानको पनि ख्याल गर भनेको ।” यो लक डाउनको सिलसिलामा समयको सदुपयोग गर्दै पुस्तक पढिरहेको भन्ने थाहा पाउनुभयो भने गुरु पनि खुसी हुनुहोला ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका निम्ति घरभित्रै समय बिताउने क्रममा काम सँगसँगै केही पुस्तक पढ्दै छु । पुस्तक पढ्ने समय पाउँदा रमाइलो लाग्छ । झन साँझको समयमा कोठाको झ्यालबाट सरर बग्ने मीठो बताससंँगै कथाका पात्रहरूसँग तिनीहरूकै लोकमा पुग्दाको आनन्द मैले बालककालमा पढेको पहिलो पुस्तक (कक्षा कोठा बाहिरका पुस्तक) ‘लाटोकोसेरोलाई लड्डु’ पुस्तक पढ्दाखेरिको आनन्द र रमाइलो जत्तिकै लाग्छ । पुस्तकको स्वाद लिन मैले त्यही लड्डुबाटै सिकेँ । त्यही स्वादले आजसम्म मेरो पुस्तक पढ्ने यात्रा डो¥याएको छ । हुन त यही स्वाद चाख्ने सिलसिलामा ‘झारपात’ पनि कहलिएको छु । कक्षामा गुरुले ‘जुरिस्प्रुडेन्स’ पढाउँदै गर्दा अल्छी लागेर झोलाबाट उपन्यास निकालेर पढेको हुनाले गुरुले मलाई सम्झाउँदै झारपात नहुन भन्नुभएको थियो । “धान अति आवश्यक अन्न हो । घाँसको तुलनामा धानको मोल कति हो कति, धेरै हुन्छ । तर, यसको मोल जति नै भए पनि घाँसको खेती गरिएको ठाउँमा धानको बाला उम्रियो भने त्यसलाई झारपात नै भनिन्छ र उखेलेर फालिन्छ । तिमीलाई नपढ भनेको होइन । समय र स्थानको पनि ख्याल गर भनेको ।” यो लक डाउनको सिलसिलामा समयको सदुपयोग गर्दै पुस्तक पढिरहेको भन्ने थाहा पाउनुभयो भने गुरु पनि खुसी हुनुहोला । “आजकाल फेसबुकको जमानाका जवानहरूले पुस्तक कहाँ पढ्छन् र ?” भनेर गुनासो गर्दै हुनुहुन्थ्यो मेरा केही अग्रजहरू ।
हुन पनि हो अधिकांश युवाहरूको पुस्तक पढ्ने समय फेसबुकलगायतका सामाजिक सञ्जालमा बित्ने गर्दछ । विचार विमर्श गर्नुपर्ने जमातले आफ्नो बौद्धिकतालाई छेउ लगाई मनोरञ्जनमा भुल्न थालेपछि न उज्ज्वल भविष्यको कल्पना गर्न सकिन्छ न त यो जमातलाई पछ्याउँदै हुर्कदै गरेका हाम्रा साना नानीहरूको उचित हुर्काई र सुन्दर भविष्यको विकासको कल्पना गर्न सकिन्छ । केही महिनाअगाडि मैले मेरा एक शिक्षिका मित्रलाई भेट्दा तिनको पनि गुनासो यस्तै थियो । “अहिले त एकदम गाह्रो भएको छ । पाठ्यपुस्तकका कुरा विद्यार्थीहरूलाई जसोतसो त पढाउन सकिन्छ तर उनीहरूलाई सामाजिकरूपमा शिक्षित बनाउन, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन भने अति नै गाह्रो भएको छ ।” म त यसमा अभिभावकहरूको पनि गल्ती छ भन्छु । सबै पढाइ र सिकाइ विद्यालयमा हुँदैन नि । कत्ति कुरा त घरमै व्यावहारिकरूपमा सिकाउनुपर्छ । विद्यालयमा भएको पढाइ र सिकाइलाई घरमा ‘व्याक अप’ गर्नुपर्छ । घरमा ज्ञानी बनाउन थपक्क मोबाइल दिएर विद्यालयमा बोधो भयो भनेर गुनासो गर्नु त मिल्दैन नि । सिकाइ कहाँ एकोहोरो हुन्छ र ? हुन त हाम्रो पालामा मोबाइल नभएर पनि हुनसक्छ । तर, हामीलाई ज्ञानी बनाउन भनेरै मेरी दिदीले ‘लाटोकोसेरोलाई लड्डु’ ल्याएर दिएकी थिइन् र त्यहीँबाट नै लड्डुजस्ता मीठा कथा, कविता, उपन्यास हुँदै विभिन्न दर्शनका किताबहरूको अध्ययन गर्ने बानी बसेको हो । अहिले र उहिलेको ज्ञानी बनाउने तरिकामा फरक भने मेरा मातापिताले त्यतिबेला छोरी बोधो भइन् भनेर गुनासो गर्नुपरेन ।

पाठ्यपुस्तकका कुरा विद्यार्थीहरूलाई जसोतसो त पढाउन सकिन्छ तर उनीहरूलाई सामाजिकरूपमा शिक्षित बनाउन, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन भने अति नै गाह्रो भएको छ ।” म त यसमा अभिभावकहरूको पनि गल्ती छ भन्छु । सबै पढाइ र सिकाइ विद्यालयमा हुँदैन नि । कत्ति कुरा त घरमै व्यावहारिकरूपमा सिकाउनुपर्छ ।

हुन त मोबाइल चलाउनु आफैँमा गलत होइन । एक्काइसौँ शताब्दीको युग छ । संसारै मोबाइलमा अटाएको छ । तर, मोबाइलमा केटाकेटीले के चलाइरहेका छन् ? सिक्ने प्रयास गरिरहेका छन् कि छैनन् ? पढ्ने जान्ने प्रयास गर्छन् कि गर्दैनन् ? मोबाइल बाहिरको संसारलाई चिन्ने र भिज्ने प्रयत्न गर्छन् कि गर्दैनन् ? यो सबैको निगरानी गर्ने जिम्मेवारी भने अभिभावकले नै लिनुपर्छ । केटाकेटीहरू बुझ्ने उमेरका नभएसम्मका लागि मोबाइलमा केटाकेटीले के हेर्ने, के गर्ने, के पढ्ने भन्नेबारे अभिभावकले नै नियन्त्रण गर्नुपर्छ । केही महिनाअगाडि संरा अमेरिकामा एक बालिका आफ्नी आमासँगै कारमा सयर गर्दै गर्दा प्राय्ङ्क(अरुलाई झुक्याउन) का लागि तिनले झ्यालको सिसाबाट अन्य व्यक्तिहरूलाई ‘यिनी मेरी आमा होइनन्, मलाई बचाऊ’ को पोस्टर देखाइन् । त्यो दृश्य देखेपश्चात् चिन्तित दर्शकहरूले प्रहरीलाई खबर गरे । आफ्ना बालबच्चाले कहाँ कतिखेर के गर्दै छन् त्यसको रेखदेख गर्ने जिम्मेवारी अभिभावकको नै हुन्छ भन्दै पछि तिनी आमा नै दोषी ठहरिइन् । नेपालमा यस्तो कानुन त छैन । तर, आफ्ना केटाकेटीहरूको कार्य र हुर्काइको नैतिक जिम्मेवारी त अभिभावकले नै लिनुपर्दछ ।
कोभिड–१९ को कारण गरिएको लक डाउनमा बाहिर र सामाजिक सञ्जालमा मात्र हल्लीखल्ली गर्न छोडेर एकपटक फेरि आफ्नो पनि पढ्ने बानी व्युँत्याई पढ्ने बानीको बिजारोपण गर्ने प्रयास गर्ने हो कि ? केटाकेटीमा पढ्ने बानीको बिजारोपण अभिभावकबाट नै भएमा पढ्ने बानी दिगो रहनुका साथै केटाकेटी असामाजिक भए वा बोधो भए भनी कसैलाई गुनासो पनि पोख्नुपर्ने छैन । पढ्ने र पढाउने अभियान जारी राखौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *