भर्खरै :

“कोभिड–१९ पछि शैक्षिक चुनौती र अवसर” बारे अनलाइन कार्यशाला

वैशाख २२, भक्तपुर । इन्जिनियर समाज नेपालको आयोजनामा ‘कोभिड–१९ पश्चात् शैक्षिक चुनौती एवं अवसर’ विषयक एक अनलाइन कार्यशाला सम्पन्न भएको छ ।
गोष्ठीमा काठमाडाँै विश्वविद्यालयका प्रोफेसर डा. मनिष पोखरेलले कोभिड–१९ पछाडि नेपालको शैक्षिक क्षेत्रमा देखिने चुनौती तथा अवसरहरूका विषयमा आफ्नो विचार राख्नुभएको थियो । मानव जातिले प्रकृतिमाथि गरेको अन्यायको फलस्वरुप कोभिडजस्तो महामारी व्यहोर्नुपरेको बताउँदै उहाँले विपद्ले हरेक क्षेत्रमा नयाँ चुनौतीसँगै अवसरहरू पनि सिर्जना गरेको बताउनुभयो ।
डा. पोखरेलका अनुसार कोभिड–१९ को विश्वव्यापी महामारीपश्चात् हामीले अरु देशबाट हाम्रो शैक्षिक सुधारका लागि सहयोग हुन्छ भनी आशा गर्नुभन्दा आफैँले शैक्षिक सुधार गरेर देखाउनुपर्दछ । अहिले विश्व चौथो औद्योगिक क्रान्तिको मार्गमा हिँडिरहँदा विद्यार्थीलाई प्रविधिमा आधारित अनलाइन सिकाइसँगै प्रोजेक्टमा आधारित शिक्षा एवम् चुनौतीमा आधारित सिकाइ आवश्यक हुने उहाँले बताउनुभयो ।
विश्वविद्यालयको पाठ्यक्रम एवम् परीक्षा प्रणालीमा सुधार गर्दै विद्यार्थीहरूको मूल्याङ्कन परीक्षामुखी नभई निरन्तर सिकाइ र सहभागितामा हुनुपर्ने तथा शिक्षकहरूले पनि विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित शिक्षा नभई समस्या एवम् चुनौतीहरूको समाधान कसरी गर्ने भन्ने विधि अपनाई सिकाउनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । भविष्यको पुस्ता प्रविधिसँगै हुर्कने भएकोले परम्परागत सिकाइ एवम् अध्यापन विधिको स्थानमा आधुनिक प्रविधिको सहायतामा प्राविधिक सँगसँगै सामाजिक सीप विकास गर्ने शिक्षा दिनुपर्ने उहाँले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालत्न्दा धेरै पछाडि स्थापना भएको चीन, सिङ्गापुरका केही विश्वविद्यालयहरूको उदाहरण प्रस्तुत गर्दै उहाँले हाम्रो शैक्षिक अवस्था किन यस्तो भयो सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
गोष्ठीमा प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेँले माक्र्स आफँैले प्रविधिको विकास र त्यसले समाजमा आउने परिवर्तनहरूबारे राम्रो जानकार राख्ने गरेको चर्चा गर्दै विद्यार्थीको ३ घन्टाको परीक्षामुखी मूल्याङ्कनभन्दा पनि राज्यले  निरन्तर परीक्षण प्रणाली अपनाउनुपर्ने बताउनुभयो ।
गोष्ठीमा उपप्राध्यापक सरोजराज गोसाईँले पँुजीवादी शिक्षा नीति असफल हुँदै गएकोले सामूहिक भावना बढाउने, श्रमको सम्मान गर्ने सिकाउने तथा समूहगत सिकाइको अवधारणा लागू गर्ने शिक्षा आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।
ई. नरेश खत्रीले अनलाइन जुममा सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा समाजका अध्यक्ष ई. रवीन्द्र फोजूले कोभिड–१९ पश्चात् शिक्षा क्षेत्रमा सूचना तथा प्रविधिको भूमिकाका विषयमा आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *