काठमाडौँ, २२ वैशाख । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई गुप्तचरहरूले चीनसँग यात्रा प्रतिबन्ध घोषणा गर्नुअघि मात्र जनवरीको अन्त्यतिर कोरोना भाइरस विषय ल्याएको बताए । गुप्तचरहरूले भाइरस खतरा नभएको उल्लेख गरेको समेत ट्रम्पले बताए । ट्रम्पले चीनसँगको यात्रा प्रतिबन्ध गरी लाखौँ मानिसलाई बचाएको दाबी गरे । अमेरिकामा सोमबार साँझसम्म ११ लाख ७९ हजार २४ जना सङ्क्रमित र ६८ हजार ६०९ जनाको मृत्यु भए पनि ट्रम्प हजारौँैलाई बचाएको केटाकेटी कुरा गर्दै छन् । ट्रम्पले फेब्रुअरीको पहिलो हप्तामात्र लकडाउन घोषणा गरेको भए यति धेरै अमेरिकीहरूको मृत्यु नहुने बताइन्छ ।

अमेरिकाको हवाई टापुमा यो भाइरस सङ्क्रमण सन् २०१९ को सेप्टेम्बरमा नै देखिएको थियो । कतिपय अमेरिकीविज्ञहरू जनवरीमा भित्रभित्रै यो भाइरस सङ्क्रमण फैलिसकेको दाबी गर्छन् ।
अहिले अमेरिकी समुद्रमा यात्री नभएका केही डुङ्गा चलेबाट ट्रम्प खुसी मान्छन् । त्यस्तै केही ट्रकहरू सडकमा गुडेको उल्लेख गर्दै ट्रम्प आफ्नो समर्थन ट्रक चालकहरूप्रति भएको दाबी गर्छन् । व्यक्तिगत दूरी कायम नभए खुला गरिएको अर्थतन्त्रझैँ अमेरिकामा सङ्क्रमण बढ्नेछ । ट्रम्प नोभेम्बर ३ मा हुने चुनाव प्रचार गर्न अर्थतन्त्र छिट्टै खोल्ने बताउँदै छन् । तर, यो प्रत्युत्पादक हुने खतरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *