भर्खरै :

समर्पण र सरलताका प्रतीक हो चि मिन्ह – ५

हो चि मिन्हलाई अन्तिम सलामी
३ सेप्टेम्बर १९६९ को दिन हनोइमा भियतनामी मजदुर पार्टीको केन्द्रीय समितिले पार्टी सदस्य र देशवासीको नाममा एक दुःखद विज्ञप्ति प्रकाशित गर्‍यो । विज्ञप्तिमा भनिएको छ –
‘कामरेड हो चि मिन्ह, भियतनामी मजदुर पार्टीका केन्द्रीय समितिका सभापति, भियतनामी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति केही समयको बिरामीपछि एक गम्भीर हृदयघातको कारण ७९ वर्षको उमेरमा ३ सेप्टेम्बर १९६९ को दिन हनोइमा बिहान ९ बजे ४७ मिनेट जाँदा बित्नुभयो ।
त्यस दुःखद खबरले सम्पूर्ण भियतनाम, हिन्द–चीन, एसिया र संसारका प्रगतिशील जनता, साम्राज्यवादविरोधी स्वतन्त्रताप्रेमी जनता र संसारका सच्चा कम्युनिस्ट पार्टी एवम् सदस्यहरू स्तब्ध भए ।
५ सेप्टेम्बर १९६९ को दिन भियतनामी मजदुर पार्टी को मुखपत्र न्हान डान मा त्यस दुःखद समाचार पहिलो पृष्ठमा छापियो । हरेक ठाउँ र कठिन परिस्थितिमा पनि उहाँ काम गर्नुहुन्थ्यो र चुरोट खाने बानीको कारण बरोबर अस्वस्थ देखिनुहुन्थ्यो । उहाँलाई औलो र क्षयरोगसमेत लागेको थियो ।
९ सेप्टेम्बर १९६९ को बिहान ६:३० बजे उहाँको पार्थिव शरीरलाई हनोइको ऐतिहासिक स्थल बा डिन्ह चोक ९द्यब म्ष्लज क्त्रबचभ० मा श्रद्धाञ्जलीको निम्ति राखिएको थियो । एक लाख जनताले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे ।
हो चि मिन्हले भियतनाम स्वाधीन भएको घोषणा गर्दा प्रजातान्त्रिक गणतन्त्र भियतनामको राष्ट्रिय गीतको धुन बिहान ७:३० मा बज्यो । राजधानीका जनता पूर्णरूपले मौन र गम्भीर थिए । ७:४० बजे पार्टीका महासचिव द्वानले दबुलीबाट घोषणा गरे– “हो चि मिन्हले हाम्रो राष्ट्र र मातृभूमिलाई सम्मान र गौरव प्रदान गर्नुभयो ।”
हो चि मिन्हले पूरा गर्न बाँकी कार्यलाई पूरा गर्ने बाचा द्वानले गरे –
“म प्रतिज्ञा गर्छु ।” उपस्थित सारा जनताले पनि दोहोर्‍याए, ‘म प्रतिज्ञा गर्छु ।’ उहाँको इच्छापत्रको पहिलो वाक्य सुन्नासाथै सबैको आँखाबाट आँसुको धारा बग्यो र सुँक्कसुँक्कको आवाज गुञ्जियो । भियतनाम आँसुमा डुब्यो ।
८:०५ बजे ‘अन्तर्राष्ट्रिय’ गीतको धुन बज्यो, अनि हो प्रतिको श्रद्धाञ्जली धुन बज्यो । २१ टोपको सलामी दिइयो र हवाई सेना र अन्य सैनिक टुकडीहरूले अन्तिम सलामी दिए ।
मञ्चमा उहाँको ठूलो तस्वीर राखिएको थियो । नेताहरूले एकै स्वरमा घोषणा गरे, “काका होका असल भतिजा र भतिजीहरू ….. अब उहाँलाई हामीले देख्ने छैनौँ ।” सबै रोए । नेता र कार्यकर्ताहरूले आ–आफ्ना श्रद्धाञ्जलीका वाक्यहरू पूरा गर्न सकेनन् ।
का. होको शव राखिएको काँचको बाकस विस्तारै जनसागरसँगै अगाडि बढ्यो । उहाँ माओ त्सेतुङको जस्तो खाकी पोशाकमा हुनुहुन्थ्यो । सेतो तकिया थियो, ओछ्यान रातो रेशमको थियो, सानो काँचको बाकसमा  मोटरको पाङ्ग्राबाट बनाइएको उहाँको गुरिल्ला जुत्ता राखिएको थियो । पार्टी र सरकारको झन्डा दायाँ – बायाँ झुकाइएको थियो ।
पताकामा लेखिएको थियो, “हाम्रा महान र प्रिय अध्यक्ष हो चि मिन्हलाई हामी सदा सम्झिरहने छौँ !”
“हाम्रा महान, प्रिय अध्यक्ष हो चि मिन्हप्रति हामी सदा आभारी छौँ ।”
हो चि मिन्ह आफ्नो सम्पूर्ण जीवन आफ्नो उद्देश्य र आदर्शको निम्ति दृढतापूर्वक निःस्वार्थ रूपले सेवामा समर्पित हुनुहुन्थ्यो ।
हो चि मिन्ह र अध्ययन
हो चि मिन्ह अध्ययनबारे लेनिनलाई सम्झनु हुन्थ्यो । लेनिनलाई उहाँले विश्व सर्वहारा वर्गका गुरुको रूपमा मान्नुहुन्थ्यो । लेनिनले अध्ययनबारे भन्नुभएको थियो, “अध्ययन गर, फेरि अध्ययन गर, सदा अध्ययन गर ।”
अध्ययनको उद्देश्य के हो ?”
यस प्रश्नको उत्तरमा हो चि मिन्ह भन्नुहुन्थ्यो – “अध्ययन आफूलाई फेर्नको निम्ति हो र आफ्नो क्रान्तिकारी भावनालाई अझ उँचो उठाउनलाई हो । … …आफ्नो विचार सही भएमात्र आफूले सही ढ·ले काम गर्नसक्ने छ र क्रान्तिकारी कार्यलाई पूरा गर्नसक्नेछ ।”
१९५० मा उहाँले तालिम र शैक्षिक कार्यको निर्देशन दिनुभयो, “अध्ययनको उद्देश्य कार्य हो, अध्ययन र कार्य सँगैसँगै अगाडि बढाउनुपर्छ । अध्ययनविना कार्य बेकार हुन्छ । अध्ययनविना कार्यलाई अगाडि बढाउन गार्‍हो हुन्छ ।”
३० नोभेम्बर १९५४ मा हनोइमा कार्यकर्ता र कर्मचारीहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “हरेकले विद्यालयका पुस्तकहरूबाट सिक्नुपर्छ, एक आपसबाट र जनताबाट सिक्नुपर्छ । जनताबाट नसिक्नु सार्‍है गम्भीर कमजोरी हो ।”
तालिमबारे उहाँले निर्देशन दिनुभयो, “सिद्धान्त र व्यवहार सँगसँगै लानुपर्छ ।”
“हरेकले आफ्नो देशको क्रान्तिको समृद्ध अनुभवलाई मूल्याड्ढन गर्नुपर्छ र त्यसबाट सैद्धान्तिक रूपले निष्कर्ष निकाल्नुपर्छ । यसो गर्न हरेकले संशोधनवाद, कोरा सिद्धान्तवाद र व्यवहारसिद्ध अनुभववादको विरोधमा सङ्घर्ष गर्नुपर्छ ।”
विश्व कम्युनिस्ट आन्दोलन र नेताहरूबारे हो को विचार
माक्र्स, एंगेल्स, लेनिन र स्तालिन विश्व क्रान्तिका साझा शिक्षक हुनुहुन्छ ।
माओ त्सेतुङले माक्र्स, एंगेल्स, लेनिन र स्तालिनको विचारधारालाई कुशलतापूर्वक ‘चिनियाँकरण’ गर्नुभयो, त्यसलाई चीनको व्यावहारिक परिस्थितिमा ठीकसित प्रयोग गर्नुभयो र उहाँले चिनियाँ क्रान्तिलाई पूर्ण विजयसम्म नेतृत्व गर्नुभयो ।
भौगोलिक, ऐतिहासिक, आर्थिक र सांस्कृतिक परिस्थितिको कारण चिनियाँ क्रान्तिले भियतनामी क्रान्तिमा ठूलो प्रभाव पार्‍यो । त्यसबाट सिक्नुपर्छ र निश्चय पनि त्यसका धेरै अनुभवहरूबाट भियतनामी जनताले सिकेका छन् ।
चिनियाँ क्रान्ति र माओ त्सेतुङ विचारधाराको अनुभवप्रति भियतनामी जनता आभारी छन् । माक्र्स, एंगेल्स, लेनिन र स्तालिनको विचारधारा अझ बुझेर धेरै धेरै सफलताहरू निरन्तर रूपले प्राप्त गरे ।
विदेशी नेताहरूको आँखामा हो
गिनीका राष्ट्रपति सेकु तुरेले भन्नुभयो, “राष्ट्रपति हो चि मिन्ह अफ्रिकी जनतामा सार्‍है परिचित र सम्मानित हुनुहुन्छ । मुक्ति आन्दोलनलाई, औपनिवेशी जनताको ऐतिहासिक महत्वको आन्दोलनलाई माथि उठाउन उहाँको महत्वपूर्ण योगदान छ ।”
इन्डोनेसियाका राष्ट्रपति सुकार्नोले भन्नुभयो, “सबभन्दा महान मानिसहरूमध्ये उहाँ पनि एकजना हुनुहुन्छ ।”
भारतीय प्रधानमन्त्री नेहरूले भन्नुभयो, “भारतीय जनता राष्ट्रपति होलाई भियतनामको प्रतिनिधिको रूपमा मात्र होइन बरु हाम्रो युगको सबभन्दा प्रिय व्यक्तिको रूपमा पनि लिन्छन् ।”
उहाँले थप्नुभयो, “संसारको ५० वर्षको इतिहासमा राष्ट्रपति हो सार्‍है ठूलो मानिस हुनुहुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *