भर्खरै :

जनप्रतिनिधिमाथि ‘गाली’ को वर्षा

निर्वाचित भएको महिना दिनसम्म बधाई र शुभकामनाको ओइरो आइरहँदा एकजना अङ्ग्रेजले भन्नुभएको याद हुन्छ । “अहिले त सबैले ताली पिट्छन् तर पछि गालीको वर्षा पनि हुन्छ है । सहन तयार भएर बस्नू ।” त्यतिबेला उहाँको कुरालाई महत्व दिइएन । अत्यधिक मतले विजयी भएपछि सबैजना शुभचिन्तक भइहाले । त्यसमाथि आपूmले गलत काम नगरे पछि गाली किन गर्लान् र ? जस्तो लागेको थियो ।
पछिल्लो समयमा विश्वव्यापी सङ्क्रमण फैलिएको कोरोना भाइरस
(कोभिड– १९) रोग नेपालमा रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा भएका केही घटनाले माथिको घटनालाई स्मरण गरायो । यसअघि पनि जनप्रतिनिधिको विषयमा टिप्पणीहरु भरिएको गाइँगुइँ नसुनेको होइन । तर, आफँैले सुन्ने गरी नभनेकोले त्यति मतलब राखिनँ ।
‘गाली’ सृङ्खला ः
लकडाउनको केही समयअघि ः
“चीन, इटाली र स्पेनमा फैलिएको रोग नेपालमा आउने कहिले हो कहिले ? अहिलेदेखि नै हामीलाई पर्चा दिएर तर्साउने जनप्रतिनिधिहरू! केही काम छैन, कुर्सीमा आरामले बस्या’ छ, हल्ला ग¥या’छ !”
“जाबो एउटा साबुन दिएर, कति दिन हात धुुनलाई पुग्ने हो ? हामीले नगरपालिकामा कर तिरेकोमा राहत होला, होइन ?”
बन्दाबन्दीको सुरुका दिन ः
‘सबै टोलमा हात धुनलाई ट्याङ्की राखेर पानी भरिदिने, अनि हाम्रो गल्लीमा चाहिँ किन नराखेको ? किन पक्षपात
गरेको ?’
“टोल टोलमा ट्याङ्की राखेर, साबुनको समेत व्यवस्था गरेर के गर्न खोजेको जनप्रतिनिधिले ? लकडाउनको समयमा घरबाट ननिस्कनु भनेर माइकिङ पनि गर्ने, अनि टोल टोलमा हात धुनलाई साबुन पानीसहित ट्याङ्की पनि राख्ने ? दुईजिब्रेहरू ¤”
लकडाउनको समयमा घरबाट बाहिर निस्केकाहरूलाई सम्झाउन जाँदा ः
“आपूmहरू बाहिर आउन मिल्ने, अनि हामीलाई घरभित्र बस भन्ने ? नेपालमा कोरोना आएकै छैन । हामीले काम गरेर खान पर्दैन ? कसले घरघरमा दानापानी ल्याइदिन्छ ?”
चाडपर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दा ः
“हाम्रो संस्कृतिमाथि धावा बोल्ने अधिकार जनप्रतिनिधिलाई कसले दियो ? हाम्रो सनातन परम्परामाथि अङ्कुश लगाउने ? प्रजातन्त्र र गणतन्त्र आयो भन्ने, अनि संस्कृति पनि मान्न नदिने ?”
तरकारी बजार व्यवस्थापन गर्दा ः
“नगरपालिकाले भनेको किन मान्ने ? हामी आपूmले मन लागेको ठाउँमा तरकारी बेच्छौँ र किन्छौँ, उनीहरूको पेट किन पोल्छ हँ ?”
“कुनै दिन सडकमा थुक्न पनि उनीहरूसँग अनुमति लिनुपर्ने दिन आउन सक्छ है ।”
अत्यावश्यक अवस्थामा एक घरबाट एक जनामात्र घरबाहिर निस्कने अनुमति पत्र वितरण हुँदा ः
“यो के नौटङ्की हो ? सबैलाई घरभित्रै थुन्ने ?”
“डेरामा बस्नेहरू चाहिँ बाहिर निस्कन नपाउने ?”
“पास वितरण गर्ने अधिकार नगरपालिकालाई कसले दियो ?”
“१८ हजारभन्दा बढी घरसङ्ख्या भएको नगरमा प्रत्येक घरबाट एकै समयमा बाहिर निस्के भने झन् भीड हुन्छ । के गर्न खोजेको नगरपालिकाले ? कहीँ नभएको जात्रा … …”
टोल टोलमा स्वयंसेवक परिचालन गर्दा ः
“होइन, जनप्रतिनिधि र स्वयंसेवकहरूलाई कोरोना भाइरसले ड्रेस र परिचयपत्र हेरेर चिन्छ कि क्या हो ? उनीहरूलाई भाइरसले आक्रमण नगर्ने, हामीलाई मात्र गर्ने ? के पारा हो यो ?”
राहत वितरण गर्दा ः
“डेरामा बस्ने र दैनिक ज्यालादारीमा काम गर्नेलाई मात्र राहत सामग्री वितरण गर्ने, हामीलाई किन नदिएको ? कर हामीले तिर्ने, राहत उनीहरूलाई मात्र ?”
“चुनावमा पनि उनीहरूसँग नै भोट माग्न जान्छ होला नि, होइन ?”
धानको बीउ वितरण गर्दा ः
“नेपाली ताइच्यून जातको मात्र धानको बीउ वितरण गरियो । चाइनिज हाइब्रीड धानको बीउ दिनुप¥यो नि ।”
“एक रोपनीलाई मात्र पुग्ने गरी बीउ दिएर हुन्छ ? जसलाई जति चाहिन्छ, त्यति दिनुप¥यो, नभए के काम ?”
“धानको बीउ मात्र दिएर हुन्छ ?, रासायनिक मल र पोतास पनि त निःशुल्क दिनुपर्छ ।”
“बीउमा औषधि राखेर किन दिएको ? कम्तीमा एक परिवारलाई चार दिनसम्म भात खान पुग्ने त । बीउ राख्नेले राख्छ, नराख्नेले कम्तीमा खान त पाउँछ । बदमास जनप्रतिनिधिहरू ¤”
निजी पसलमा चाइनिज हाइब्रीड धानको बीउ बिक्री गरिएको समयमा भद्रगोल नगर्न आग्रह गरिँदा ः
“हामीलाई कोरोना लागे लागोस्, जनप्रतिनिधिहरूलाई के मतलब ? स्वास्थ्त्न्दा धानको बीउ प्यारो छ, हामीलाई ।”
“सक्छ भने नगरपालिकाले चाइनिज हाइब्रीड धानको बीउ वितरण गरेर देखाओस् ।”
“पुलिसभन्दा जनप्रतिनिधि जान्ने हुनुपर्ने ¤”
नगरमा आरडीटी पोजेटिभ केस देखिँदा ः
“खुबै जान्ने भएर राहत वितरण गर्नुपर्छ, साबुन बाँड्नुपर्छ । कति न उपकार गरेजस्तो गरी धानको बीउ वितरण गर्नुपर्छ । उनीहरूलाई कोरोना नलागे कसलाई
लाग्छ ?”
“आरडीटी पोजेटिभ केस के फेला प¥यो, जनप्रतिनिधिहरू घरभित्र लुके कि क्या हो ? हामी जनतालाई जे भए पनि भयो, उनीहरूलाई केही नभए पुग्यो होइन ? स्वार्थी जनप्रतिनिधिहरू ¤”
आफ्नै बस्तीमा कोरोना सङ्क्रमित फेला परेपछि ः
“होइन यी जनप्रतिनिधिहरू कहाँ गए ? हामीलाई आपत् पर्दा सहयोग गर्न आउनु पर्दैन ?”
“हाम्रो बस्ती सील गरिएको छ । हामीलाई दाल, चामल, तरकारी चाहियो । विपदमा काम लागोस् भनेर त उनीहरूलाई चुनावमा जिताएको ।”
“हामी जनप्रतिनिधिहरू हिजो पनि जनताकै हितमा रातदिन खटिरहेका थियौँ, आज पनि आपूm र परिवार नभनी लागिरहेकै छौँ । जनताप्रति उत्तरदायित्वबोध गरिरहेकै छौँ । अहिले पनि समस्या परेको ठाउँमा पुगेकै छौँ । तैपनि यति सारो गाली किन गर्छन् ? जनप्रतिनिधि भएर गल्ती पो गरियो कि क्या हो ?” यसअघि २ पटक स्थानीय निर्वाचनमा विजयी भएर जनताको सेवा गरेका अग्रजसँग तीतो अनुभव पोख्दा उहाँले विनम्रतापूर्वक सम्झाउनुभयो, “हेर बाबु, हामीले गल्ती गर्नुहुँदैन । जनताको सेवा गर्दा कतिले स्यावासी दिन्छन्, कतिले गाली गर्छन् । गाली गर्नेहरू पनि कतिले नबुझेर अरूको कुरा सुनी गाली गर्छन्, कतिले खुट्टा तान्ने प्रयास गर्छन् । जनताको पक्षमा काम गर्दा इष्र्या गर्नेहरू पनि धेरै हुन्छन् है ।”
एक घुट्को चिया पिउँदै उहाँले आप्mनो भनाइलाई निरन्तरता दिनुभयो, “आत्तिनु पर्दैन ।” आदरणीय दाइले हामीलाई बारम्बार भन्नुहुन्छ नि, “शत्रुले प्रशंसा गरे भने र आफन्तले गाली गरे भने आत्मसमीक्षा गरी कहाँ गल्ती छ भनी खोज्नू र सच्याउनू ।” यही नै हाम्रो मूल मन्त्र हो । नबिराउनू नडराउनू ।”
अग्रजको सान्त्वनाले थप ऊर्जा मिल्यो । भन्नेहरू भन्दै गर्छन्, यो ज्यान सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *