भर्खरै :

सक्वको म राजदास – ३४

रात अँध्यारो भो । रेलको डिब्बाभित्र झल्लमल्ल बत्ती बल्न थाल्यो । अन्ना पेट्रोभ्नाको छोरी उठिन् । बुढो पनि उठ्यो र तल झ¥यो आफ्नो बेडबाट । हामी चारैजना फेरि रेल डिब्बाभित्रको क्याविनको टेबुल वरिपरि जम्मा भयौँ ।
“दबाई चे पो ऊझीनाच ¤” अन्नाको मुखतिर हेरेर भिक्टरले भने । “पहिले मुख धोएर आउनू” अन्नाले भनिन् । मारिया पनि रेल डिब्बाभित्रको बाथरुममा गएर मुख धुन गइन् । मारिया र भिक्टर मुख धुन जाउञ्जेल अन्ना पेट्रोभ्नाले आफ्नो बेडमुनि रहेका झोलाहरूबाट डिनरको लागि खानेकुरा निकालिन् । आफ्नो कपालमा बाँधी राखेको रेशमी स्कार्फ फुकालेर आफ्नो व्यागभित्र राखिन् र मलाई उक्त स्कार्फ देखाएर भनिन्, “तपार्इँलाई जहिले नि सम्झिरहन्छु म ।” “हुन्छ, अन्ना म पनि बिर्सिन्न, तपाईँसँग यसरी भेटेर कुरा गरेको ।”
मारिया र भिक्टर दुवै जना फ्रेस भएर आए । डिनर तयार भो । टेबुलभरि खानेकुरा । सबै रसियन होममेड खानेकुरा थियो । त्यहाँ ब्रेड, वटर, सलामी, अण्डा (उमालेको), चिकेन एउटा रोस्ट गरेको सिङ्गो । अनि काँक्रो र गोलभँेडाका अचार मारिनेटेड । रुसमा काँक्रो र गोलभेँडा धेरै फल्छ । गोलभँेडा ठुलठुला नै हुन्छन् र गुलियो मीठो हुन्छ ।
रसियनहरू गोलभेँडा प्रायः काँचै खान्छन् । उनीहरु त्यसै टोकेर खान्छन्, काँचो गोलभेँडा र काँक्रो अथवा टुक्रा टुक्रा गरेर काटेर स्लाड बनाएर खान्छन् । गोलभँेडा र काँक्रोको स्लाड बनाउँदा अलिकति सन्फ्लावर तेल र नुन अनि खस्रो गरी मिसिएको मरिचको धुलो राखिन्छ । यो भो साधारण स्लाड गोलभँेडा काँक्रोको । अर्को एउटा विश्व प्रख्यात रसियन स्लाड छ । हरेक देशका ठुलठुला होटेल रेष्टुराँहरूमा पाइन्छ । रसियन स्लाड रसियन भोडका जतिकै प्रख्यात छ । ‘रसियन स्लाड’ बनाउन प्रयोग हुने मुख्य पदार्थहरू ः
१) उसिनेको आलु र गाजर,
२) उसिनेको अण्डा
३) मिओनेस
४) बीत रुट (चुकन्दर)
५) मारिनेटेड ठुलो केराउ र
६) सलामी
उसिनेको आलु, अण्डा अनि ‘मालो च्छनाया’ भन्ने नरम र मोटो सलामी सानो टुक्रा गरेर चपिङ्ग बोर्डमा काटिन्छन् । रसियनहरू भान्सामा मासु, आलु, तरकारी, चीज, गोलभँेडा, काँक्रो, बन्डा आदि सबथोक काट्नलाई चक्कु प्रयोग गर्छन्, आलु टाँस्न पनि चक्कु नै प्रयोग गर्छन् । हामीकहाँ जस्तो चुलेसी, खुकुरी, चुपी आदि प्रयोग गर्दैनन् । सबै थोक चपिङ्ग बोर्डमा राखेर चक्कुले काट्छन् ।
चारकुने गरी सानो–सानो आकारमा काटेका आलु, अण्डा र उसिनेको गाजर अनि चुकन्दरको साथै ‘मालोच्छनाया’ सलामी सबै एउटा ठूलो काँचको भाँडोमा राखेर मिसाउँछन् र अलि अलि नुन र पिसेको खस्रो मरिचको धुलो हाल्छन् । पिरो चीज केही राखिंदैन । रसियन स्लाड अलि गुलियो नै हुन्छ । पिरो भनेको त्यही पिसेर राखेको मरिच टोक्दाखेरि हो ।
सबै चीज राम्ररी मिसाएपछि मायोनेस (क्रीमजस्तो दुग्धजन्य बाक्लो) पदार्थ जुन दहीजस्तो हुन्छ हालिन्छ । फेरि हल्का तरीकाले एउटा काठको पन्यँुजस्तो ठूलो चम्चाले मिसाइन्छ । ‘रसियन’ स्लाद तयार हुन्छ । अनि त्यसमा अचारजस्तो मारिनेट गरिएको ठुलो केराउ र काँक्रो हालिन्छ । यसरी बनाइएको ‘रसियन स्लाड’ धेरै मीठो र पौष्टिक पनि हुन्छ । यो परिकार रुसमा मात्र होइन युरोप, अमेरिका र अन्य थुप्रै देशहरूमा प्रायः सबैले मनपराउँछन् । कुनै पनि चाडपर्व र भोजमा रुसी खानामा ‘रसियन स्लाड’ जहिले पनि जहाँ पनि हुन्छ । टेबुलभरि रुसी–खाना राखेपछि भिक्टरले निकाले आफ्नो ब्यागबाट एउटा नयाँ बोटल ‘रसिस्काया’ भोडका । एउटा स्टान्डर्ड बोटलमा ७५० मिलिलिटर भोड्का हुन्छ । तिनजना रुसीहरूले एक–एक ग्लास गरेर एक एक मिनेटमा सिध्याइदिन्छन् – एक बोटल रुसी भोडका । नर्मल भोड्कामा अल्कोहोलको मात्रा ४० प्रतिशत हुन्छ । भिक्टरले दुई ग्लास भोडका भर्दै मलाई एक ग्लास हातमा थम्याइदिए र अन्नालाई भने, “अन्ना तिमी खान्छौ ?”
“नाइँ म खान्न ¤” हामी चिया अर्डर गर्छौँ । मारिया र मेरो लागि भनेर अन्नाले रेलको परिचारिकालाई बोलाइन् र दुई ग्लास चिया अर्डर गरिन् । धेरै मीठो थियो रुसी खाना रेलको क्याविनभित्र एक प्रकारको पिर्कानुकजस्तै । अन्ना र भिक्टरको पारिवारिक समस्याले गर्दा बिहानको खाना जति मलाई मीठो र स्वादिलो भएको थियो । रातिको खाना त्यसो भएन । यसबारेमा कुरा उठाउनु पनि कुनै मनासिव थिएन त्यसबेला । त्यसकारण हामी चारैजना खाना खाँदै अलि अलि सामान्य कुरा गर्दै एक घण्टा जति समय बितायौँ । त्यसपछि हामीलाई फेरि सुत्नुप¥यो । आफूलाई केही कुरा पढ्नु परे बेडमा पर्सनल बत्ती राखिएको हुन्छ । रातिको यात्रामा रेलमा सबैजना आ–आफ्ना बेडमा सुत्छन् ।
अन्ना र मारिया तलको दुइटा बेडमा सुत्न बसिन्, भिक्टर र म माथिल्ला बेडहरूमा गयौँ र सबैजना सुत्यौँ । अन्नालाई थाहा थिएन निद्रा आयो कि आएन । तर, म धेरै बेर सुत्न सकिनँ । दिनभरिको कुरा यति धेरै थियो कि त्यो मेरो मन मस्तिष्कले सजिलै पचाउन सकेन । सुतेको बहाना गरी म त्यसै पल्टिरहेँ । तर, कुन बेला सुत्यो मलाई यादै भएन । जब अन्नाले “राज उठ्नुस्, हामी मस्को नजीक आइपुग्यौँ” भनेर मलाई हल्का हातले घच्घच्याएर उठाइन् म झल्यास्सँ ब्युँझिएँ ।

One response to “सक्वको म राजदास – ३४”

  1. Ramila Shrestha says:

    Glad to read real stories.

Leave a Reply

Your email address will not be published. Required fields are marked *